• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालब्रिटेन डटकमको १७ औ वार्षिकोत्सव सम्पन्न

  •  
  • २०८१ भाद्र २०, बिहीबार ०७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    लण्डन । बेलायतस्थित नेपाली समुदायको विशेष उपस्थितिमा लन्डनमा नेपालब्रिटेन डट कमले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको छ । नेपाली दूतावास लन्डन, विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, व्यवसायी र स्टकल्यान्ड, वेल्स, मिडल्यान्ड, लिभरपुल लगायतका क्षेत्रबाट जम्मा भएका तीन सय जनाको उपस्थितिमा १७ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

    एक समारोहको उद्घाटनमा स्पेल्टन काउन्सिलका मेयर मेड ब्रुक्स्, गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदी, नेपाली दूतावास लन्डनका प्रतिनिधि रामबाबु नेपाल र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संयुक्त रुपमा पानसमा बत्ती बालेका थिए । सो अवसरमा १७ औँ वार्षिकोत्सवको केक पनि काटिएको थियो । आइतबार लन्डनस्थित स्ट्यावेल कम्युनिटी हलमा आयोजितमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले मिडिया स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने सैद्धान्तिक विषय भए पनि समाजका गतिविधिहरुकै उपज मिडियामा आउने समाचारहरु हुने बताए । उनले सामाजिक सञ्जाल आएपछि परम्परागत मिडियाहरुलाई चुनौती थपिएको धारणा राखे। सांसद सुवेदीले पछिल्लो समयमा सामाजिक मिडियको प्रभावले मिडियाको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालब्रिटेन डट कमले गैरआवासीय नेपालीहरुको आवाज उठाउन निकै ठूलो भूमिका निर्वाह गरेको बताए । उनले विदेशमा रहेका नेपालीहरुको समाचारलाई तत्कालै पस्किन नेपालब्रिटेन डट कम सफल रहेको बताए । उनले नेपालको समृद्धिमा जोडिन गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै आफ्नो आम्दानीको कम्तीमा १० प्रतिशत लगानी नेपालमा लैजान आग्रह गरे । उनले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा लैजानुपर्ने विचार व्यक्त गरे ।

    नेपालब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्षहरु डा. हेमराज शर्मा, रामशरण सिमखडा, रोजिना प्रधान राई, सचिव टीका गुरुङ, मेयर जित रानाभाट, नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङ, ओएनएफका अध्यक्ष टुंगा भुषाल, प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटा, नेपाल प्रेस युनियन यूकेको अध्यक्ष विपिन निरौला, पत्रकार खगेन्द्र नेपाली एनआरएनएका सल्लाहकार सूर्य गुरुङ लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा फेलथामस्थित रिभर एकेडेमीमा अध्यनरत १३ वर्षीया टिया आचार्यले नेपालमा आफूले परोपकारी काम गरेको भिडियो डकुमेन्ट्री प्रस्तुत गरेकी थिइन् । उनले नेपालमा आफूले एनिमल राइट र गरिब तथा जेन्दार विद्यार्थीहरुको लागि सहयोग गर्न चाहेको बताएकी थिइन् । उनले गत वर्ष नेपालब्रिटेन डट कमको वार्षिकोत्सवमा संकलित रकमबाट नेपालमा गरेको परोपकारी कार्यको जानकारी पनि गराएकी थिइन् । कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रमा कार्यरत १० चर्चित नेपालीको नाम सार्वजनिक गरी सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेमा जित रानाभाट (मेयर अफ ग्रिनविच), प्रोफेसर डा तेजेन्द्र फेराली, समाजसेवी शेरबहादुर सुनार, कलम गुरुङ (व्यवसायी), मोहन कार्की (समाजसेवी), राजन खकुरेल (युवा समाजसेवी), नारायण फुयाल (समाजसेवी), धन तामाङ (कफी लाटे स्पेसलिस्ट), गोमा पौडेल (पहिलो महिला सेफ) र स्नेहा शाक्य श्रेष्ठ (युवा तथा महिला ब्यारिस्टर) रहेका छन् ।

    Post Views: 111
    प्रकाशित मिति: २०८१ भाद्र २०, बिहीबार ०७:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.