• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पद्मश्री साहित्य पुरस्कार गौतम, पद्मश्री साधना सम्मान चामलिङ र पद्मश्री गौरव पुरस्कार माथेमालाई

  •  
  • २०८१ भाद्र २५, मंगलवार ११:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले प्रा. कृष्ण गौतमको ‘अद्वैत’ उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति जारी गर्दै यो वर्षको पद्मश्री साहित्य पुरस्कार ‘अद्वैत’ उपन्यासलाई प्रदान गरिएको घोषणा गरेका हुन् । मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा गहन विचार प्रस्तुत गरिएकाे ‘अद्वैत’ अत्यन्तै परिष्कृत र बोधगम्य भाषाशैलीमा लेखिएको छ। प्रतिष्ठानले वि.सं २०८० सालमा प्रकाशित प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ र संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरेको थियो ।

    पद्मश्री साहित्य पुरस्कारका लागि छानिएका उपन्यासकार गाैतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता हुन् । उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। त्यस्तै, प्रतिष्ठानले नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा निरन्तर लागिपरेका पवनकुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको छ । चामलिङ २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री थिए। विज्ञप्ति अनुसार समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्राडा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ । यी पुरस्कारको राशि जनही रु. ३ लाख तथा सम्मान पत्र रहेको छ । साहित्य क्षेत्रमा लाग्न्ेका लागि यी दुई पुरस्कार प्रतिष्ठित मानिन्छ ।

    Post Views: 111
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार ११:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.