• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतीय प्रधानमन्त्रि मोदीसंग आईतबार प्रधानमन्त्रि ओलीको न्यूयोर्कमा वार्ता हुंदै

  •  
  • २०८१ आश्विन ६, आईतवार ०४:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्युयोर्कमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ७९ औं संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आएको मौकामा द्विपक्षीय भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा नेपालका प्रधानमन्त्री ओली न्युयोर्कमा शुक्रबार राति उत्रनु केही घन्टाअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार गरेको सन्देश दिएको बताइएको छ ।
    परराष्ट्र स्रोतका अनुसार लामो समयदेखि साइडलाइनमा भेटवार्ताको लागि गृहकार्य भए पनि भारतीय पक्षबाट दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने सक्ने सन्देश शुक्रबार प्राप्त भएको हो । स्थानीय समयअनुसार भोली आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ । ्रचौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ । भारतीय पक्षले प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा शुरु गरेको चुच्चे नक्साका कारण केहि धुमिल भएको कुटनीति यस पटक प्रधानमन्त्रि हुँदासम्म सुधार हुन सकेको छैन ।

    मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य शुरु गरेको छ । दुई प्रधानमन्त्रीबीच भेटवार्ता गराउनको लागि नेपाली पक्षले विभिन्न तहबाट पहल गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवादेखि न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरिएको थियो । प्रधानमन्त्री ओलीले साइडलाइन भेटवार्ताको लागि मन्त्री राणालाई नै निर्देशन दिएर मन्त्रालयलाई काम गर्न भनेका थिए । परराष्ट्रमन्त्रि राणाले यस भेटघाटका लागि निकै कसरत गरेकी थिईन ।
    भदौ २५ बाट महासभा सुरु भइसकेको छ । महासभाको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्ने छ । नेपालको २२ सदस्य प्रतिनिधमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली न्युयोर्क पुगिसकेका छन् । यसपटक असोज ७ र ८ मा भने राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रम छ । त्यसमा पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको लागि शुक्रबारबाट भने समिट अफ द फ्युचरको एक्सन डे सुरु भइसकेको छ । भारतका प्रधानमन्त्री मोदी भने समिट अफ द फ्युचर कार्यक्रममा सहभागी भएर सम्बोधन गर्नको लागि मात्र न्युयोर्क आउन लागेका हुन् ।

    मोदी शुक्रबार अमेरिकाको विल्मिङटनमा चार मुलुकहरुको संगठन क्वाडमा अमेरिका, भारत, जापान र अस्ट्रेलियाको बैठकमा सहभागी हुन आइसकेका छन् । ्रओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै विदेश यात्रा थालेका थिए । तर तेस्रोपटक भने उनी तीन महिनामात्र प्रधानमन्त्री रहे र कुनै पनि मुलुकको भ्रमण गरेनन् । ओली २०७२ सालमा पहिलो पटक, २०७४ सालमा दोस्रो र २०७८ सालमा तेस्रोपटक प्रधानमन्त्री भएका थिए । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको विदेश भ्रमण न्युयोर्कमा हुने महासभाबाट हुने भएको छ ।

    ओली यसपटक प्रधानमन्त्री भएपछि भारतीय पक्षबाट हालसम्म औपचारिक भ्रमणको लागि कुनै पनि निमन्त्रण आएको छैन । तर ओलीले भने परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको क्रममा मोदीलाई नेपाल भ्रमणको औपचारिक रुपमा निमन्त्रणा पठाएका थिए । चुच्चे नक्सामा असन्तुष्टि जनाई रहेका भारतीइ पक्ष तत्काल ओलीलाई भारत बोलाउने पक्षमा नरहेको बताईन्छ । भारतीइ पक्षले चुच्चे नक्सा एक सय रुपियाको नोटमा छापिएपछि थप संवेदनशील भन्दै आएको छ ।

    Post Views: 198
    प्रकाशित मिति: २०८१ आश्विन ६, आईतवार ०४:४४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.