• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सभापति पक्राउ पर्ने डरले फर्किन लागे चिन भ्रमण गएका स्वर्णीम वाग्लेको टोली, पक्राउ गरे प्रतिपाद गर्न रविको निर्देशन

  •  
  • २०८१ आश्विन ६, आईतवार २२:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका छन् । आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् । ‘।। ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने । त्यसको लगत्तै लामीछानेले विदेश भ्रमणमा गएका उपसभापति स्वर्णीम वाग्लेलगायत टोलीलाई फिर्ता बोलाएको छ । उनले कार्यकर्तालाई हारगुहार गर्दै आफुलाई पक्राउ गरिए प्रतिपाद गर्न भनेका छन ।

    चीन भ्रमणमा रहेका रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापतिमाथि षड्यन्त्र हुने लक्षण देखिएकाले आकस्मिक रूपमा फर्किन लागेको बताएका छन्।

    ‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखियो, त्यसैले तत्काल फर्किन लागेका छौं,’ भ्रमण टोलीको नेतृत्व गरेका उपसभापति वाग्लेलाई उद्धृत गर्दै रास्वपा सचिवालयले भनेको छ।

    टोली सोमबारै काठमाडौं आइपुग्ने सचिवालयले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा वाग्लेसहित १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरात चीनतर्फ उडेको थियो। पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फिर्ता बोलाएको हो।

    चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका हुन्। यस क्रममा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तर्क्रिया गर्ने कार्यक्रम थियो।

    भ्रमण टोलीमा उपसभापति वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ छन्।

    यसबीच काठमाडौं उपत्यकामा रहेका नेता-कार्यकर्ता अहिले रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा भेला भएका छन्। बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले आइतबार राति नै ह्वाट्स एपमा सन्देश पठाउँदै केन्द्रीय कार्यालय आउन निर्देशन दिएका थिए। छविलाल जोशी पक्राउ परेपछि उनीहरू सभापति लामिछानेबारे चासो राख्दै केन्द्रीय पार्टी कार्यालयमा भेला भएका हुन्।

    Post Views: 175
    प्रकाशित मिति: २०८१ आश्विन ६, आईतवार २२:५३
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ३. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ४. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • ५. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ५. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.