• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यालिफोनियामा महावाणिज्य दुतावास र टेक्सासमा अवैतनिक वाणिज्यदुत नियूक्तिको अन्तिम गृहकार्य

  •  
  • २०८१ आश्विन ८, मंगलवार ०६:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालीको बाक्लो जनघनत्व रहेको क्यालिफोनियामा महावाणिज्यदुतावास खोल्ने र टेक्सासमा वाणिज्यदुत नियूक्ति गर्ने तयारी अन्तिम चरणमा पुगेको समाचार छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

    सो राज्यमा करिब एक लाख नेपाली छन्। हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क र वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली संघ, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरिएको थियो । महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरुले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन्।

    प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने आश्वासन दिए। क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ।
    त्यसैगरी परराष्ट्र मन्त्री डा आरजु राणाले क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको प्रकृया अघि बढाईएको बताएकी छन् । सोमवार न्यूयोर्कमा नेपाली समुदायका अगुवाहरुसंगको भेटमा नेपालीहरुको बाक्लो उपस्थिति रहेका क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको प्रकृया अघि बढाईएको परराष्ट्र मन्त्री डा। आरजु राणाले जानकारी दिएकी हुन् । त्यस्तै परराष्ट्र मन्त्री डा राणाले टेक्ससमा पनि छिट्टै कन्सुलेट अफिस स्थापना गर्ने प्रतिबद्धता गरेकी छन् । डा. प्रकाश शरण महत परराष्ट्र मन्त्री क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको पहल शुरु गरिएको थियो ।

    केहि समय अघि काँग्रेस महामन्त्रि गगन थापाले पनि अमेरिका भ्रमणका सन्दर्भमा क्यालिफोनिया महावाणिज्यदुतावास र टेक्सासमा वाणिज्य दुत नियूक्ति गर्न आवश्यक रहेको भन्दै पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्यालिफोनियामा खोलिने महावाणिज्यदुतावास नेपाल सरकारको मातहतमा सन्चालन हुनेछ । उता टेक्सासमा भने अवैतनिक वाणिज्यदुत नियूक्तिको तयारी भैरहेको परराष्ट्र श्रोतले जनायो । टेक्सासबाट सामाजिक अभियान्ता तथा व्यपारिक पृष्टभुमिका मोहन ज्ञवालीको नाम महावाणिज्य दुतका लागि परराष्ट्र मन्त्रालयमा पुगेको बताइएको छ ।

    Post Views: 80
    प्रकाशित मिति: २०८१ आश्विन ८, मंगलवार ०६:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.