• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

८ महिनामा १३ हजार विधार्थीले असाईलम मागेपछि क्यानडाद्धारा फेरी विधार्थी भिषामा १० प्रतिशत कटौति

  •  
  • २०८१ आश्विन ९, बुधबार ०८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    गएको ८ महिनामा १३ हजार विधार्थीले असाईलम माग गरेपछि क्यानडा सरकारद्धारा फेरी विधार्थी भिषामा १० प्रतिशत कटौति घोषणा गरेको छ । विधार्थीहरुका लागि आकर्षक गन्तव्य मानिएको क्यानडाले फेरी विधार्थी भिषामा थप १० प्रतिशत कटौति गर्ने निर्णय गरेको छ । यस अघि पनि क्यानडाले २५ प्रतिशत विधार्थी भिषा कटौति गर्ने निर्णय गरेको थियो । समग्रमा यो बर्ष मात्रै ३५ प्रतिशत विधार्थी भिषा कटौति गरिएको छ । गएको ८ महिनामा १३ हजार भन्दा बढी सक्रिय विदेशी विधार्थीले अध्धयन छोडेर शराणार्थी आवेदन दिएपछि सरकारले विधार्थी भिषामा कडाई गरेको बताइएको छ । त्यो अवधिमा क्यानडामा एक लाख १९ हजारले एसाईलमको आवेदन दिएकोमा कलेज पढी रहेका १३ हजार भन्दा बढीले बलेज छाडेर एसाईलम आवेदन दिएको उल्लेख छ । विधार्थी भिषमा कटौति गर्दै प्रधानमन्त्रि टुडोले भनेका छन हामी शरण माग्नेलाई शरण दिन तयार छौं तर भिषाको दुरुपयोग गर्दै शरण माग्दा विधार्थी भिषाको दुरुपयोग भएको दावी उनले गरेका छन । क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेपछि क्यानडाको पढाई निकै कठिन बन्ने निश्चित छ ।

    क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो । मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप १० प्रतिशतले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा कटौती गरिने घोषणा गरे । उनले सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘हामीले यस वर्ष ३५ प्रतिशत कम अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा जारी गर्दछौं र अर्को वर्ष त्यो संख्या थप १० प्रतिशतले घट्दैछ ।’

    उनले आप्रवासी क्यानडाको अर्थतन्त्रका लागि फाइदाजनक भए पनि खराब व्यक्तिहरुले प्रणालीको दुरुपयोग गर्दै विद्यार्थीको रुपमा फाइदा लिने गरेकाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसामा थप कटौती गर्न लागिएको स्पष्ट पारेका छन् । टसडोको यो कदमलाई आगामी निर्वाचनका लागि केन्द्रित भएको पनि भनिएको छ ।

    क्यानडाले सन् २०२४ का लागि करिब ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मात्र स्टुडेन्ट भिसा जारी गर्ने निर्णय गरेको थियो । क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको थियो ।
    विगत केहि समयदेखि क्यानडामा विदेशी विद्यार्थीको संख्या उल्लेख्य बढ्दा क्यानडामा आवास, यातायात, रोजगारी लगायतका सेवाहरूमा समस्या देखिएका छन् । जसका कारण क्यानडा सरकारले नीतिगत परिवर्तन गर्दै आएको छ । अन्तर्राष्ट्रिय विद्यार्थी भिसा कटौती गर्ने क्यानडा सरकारको निर्णयले एसियन सहित नेपाली विद्यार्थी समेत प्रभावित हुनेछन् । यस अघि पनि क्यानडामा ग्रयाजुएसन भएका ७० हजार विधार्थीले क्यानडा छोडेनु पर्ने भन्दै आन्दोलन गर्दै आई रहेका छन ।

    Post Views: 130
    प्रकाशित मिति: २०८१ आश्विन ९, बुधबार ०८:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.