• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प र ह्यारिसबीच तीव्र प्रतिस्पर्धा

  •  
  • २०८१ आश्विन १०, बिहीबार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा राष्ट्रपतीय चुनाव आउन ६ सातामात्र बाँकी रहेको भए पनि मुख्य दुईमध्ये कुन उम्मेदवारले बाजी मार्छन् भन्ने अझै अनुमान गर्न कठिन देखिएको छ । पछिल्ला चुनावी सर्वेक्षणहरूले रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने देखाएका छन् ।

    दुवै उम्मेदवारहरू एकअर्काविरूद्ध निकै आक्रामक देखिएका भए पनि अमेरिकी मतदाताहरूले उनीहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक लगायतका घरेलु मामिलाका साथै विदेश नीतिबारे अघि सारेका एजेण्डाको समीक्षा गरिरहेको देखिएको छ ।

    एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनाव जित्न त्यति सहज भने देखिएको छैन ।

    सन् २०१६ को राष्ट्रपतीय चुनावमा त्यसबेला निकै लोकप्रिय रहेकी उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित भएकी थिइन् । अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो । तर यसपटक महिलालाई शीर्ष नेतृत्वमा स्थापित गराउन अमेरिकी समाज सहजै तयार होला ? अझै द्विविधा कायम रहेको धारणा चुनावी सर्वेक्षणले देखाएका छन् ।

    पछिल्लो पटक फाइभ थर्टीएटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आकलन गरिएको छ । अर्थात् दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ । गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफूलाई निकै मजबूत उम्मेदवारका रूपमा प्रस्तुत गर्न सफल देखिए पनि मतदाताले उनलाई खुलेर समर्थन गरेका छैनन् ।

    राष्ट्रव्यापी मतसर्वेक्षणमा दुई उम्मेदवार अघिपछि देखिए पनि राष्ट्रपतिको चयन भने इलेक्टोरल कलेजका आधारमा हुने गर्दछ । निर्वाचित हुन पपुलर मत मात्र धेरै ल्याएर पुग्दैन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज मतमध्ये कम्तीमा २७० स्थान जित्नुपर्छ । अमेरिकाका ५० वटा राज्यबाट जनसंख्याका आधारमा इलेक्टोरल कलेजको संख्या निर्धारण हुन्छ । जसका कारण धेरै जनसंख्या र इलेक्टोरल कलेज भएका राज्यहरूमा दुवै उम्मेदवारले प्रचार कार्य तीव्र पारेका छन् ।

    डेमोक्रेट वा रिपब्लिकनका परम्परागत समर्थक बढी भएका राज्यहरूको आधारमा दुवै उम्मेदवारबीच इलेक्टोरल कलेजको स‌ंख्या लगभग बराबर छ । तर इलेक्टोरल कलेज स‍ंख्या ठूलो भएका केही राज्यको परिणाम कुन उम्मेदवारतर्फ सोझिन्छ भन्ने एकिन भइसकेको छैन । तीव्र प्रतिस्पर्धा भएका ‘स्वीङ’ वा ‘ब्याटलग्राउन्ड’ स्टेटमा दुवै उम्मेदवारबीच कडा टक्कर रहेको सर्वेक्षणले देखाएका छन् ।

    यसपटक ब्याटलग्राउन्ड स्टेटका रूपमा चित्रित गरिएका मध्ये नेभादा (६ इलेक्टोरल कलेज मत), पेन्सिलभानिया (१९), विस्कन्सिन (१०) र मिसिगन (१५) राज्यमा कमला ह्यारिस १ वा २ प्रतिशत मतान्तरले अघि रहेकी एबिसी न्यूजको पछिल्लो सर्वेक्षणले देखाएको छ । उता, नर्थ क्यारोलाइना (१६), एरिजोना (११) र जर्जिया (१६) मा डोनाल्ड ट्रम्प अत्यन्त झिनो मतान्तरले अघि देखिएका छन् ।

    यूगभ, आरएमजी रिसर्च, हार्ट रिसर्च, फ्लोरिडा युनिभर्सिटी लगायतले गरेका अधिकांश मत सर्वेक्षणमा डेमोक्रेट उम्मेदवार ह्यारिसले झिनो मतान्तरले चुनाव जित्ने देखाएका छन् । तर पछिल्लो पटक न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सर्वेक्षणले भने डोनाल्ड ट्रम्प १ प्रतिशत मतान्तरसहित राष्ट्रपतिमा विजयी हुने देखाएको छ ।

    ‘अमेरिका फर्स्ट’, ‘मेक अमेरिका ग्रेट अगेन’ जस्ता नारा अघि सारेका ट्रम्पले पूर्वी क्षेत्रका तीन राज्य– पेन्सिलभानिया, नर्थ क्यारोलाइना र जर्जियामा विजयी भएको खण्डमा राष्ट्रपति बन्ने निश्चित देखिएको अमेरिकी अखबार ‘पोलिटिको’ का स्तम्भकार जोनाथन मार्टिनले उल्लेख गरेका छन् ।

    दुवै उम्मेदवारबीच व्यक्तिगत लाञ्छनायुक्त घोचपेच भए पनि आमरूपमा दुवै उम्मेदवारले केही जल्दाबल्दा विषयलाई सम्बोधन गर्न चाहेको देखिन्छ । खासगरी ट्रम्पले अमेरिकाभित्र बढ्दो आप्रवासन समस्यालाई निरुत्साहित गर्ने, अवैध आप्रवासीलाई उनीहरूकै देश फर्काउने, दक्षिणी सीमामा पर्खाल लगाउने, इन्धनको मूल्य घटाउने, विदेशी सामानमा कर बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने बताएका छन् । देशभित्र आप्रवासीको संख्या ठूलो मात्रामा बढ्नुमा डेमोक्रेट पार्टीको खराब नीति मुख्य रूपमा जिम्मेवार रहेको ट्रम्पको दाबी छ । उनले इजरायल–हमास र रुस–युक्रेन युद्धलाई तत्काल समाधान गर्ने बताएका छन् ।

    राष्ट्रपतीय बहसका क्रममा डेमोक्रेटिक उम्मेदवार ह्यारिसले भने गाजामा जारी युद्ध रोक्न बाइडेन प्रशासनले भरमग्दुर प्रयास गरिरहेको तथा युक्रेनको स्वतन्त्रतालाई अक्षुण्ण राख्न अमेरिकाले आर्थिक, सैनिक र राजनीतिक सहयोग जारी राख्ने बताएकी थिइन् । यद्यपि यी दुवै मामिलामा खासै प्रगति गर्न नसकेको भन्दै बाइडेन–ह्यारिस प्रशासनको आलोचना भइरहेको छ ।

    अर्कातर्फ, अमेरिकामा बढ्दो बेरोजगारी र मूल्यवृद्धि नियन्त्रणमा ल्याउन दुवै उम्मेदवारबीच दबाब बढ्दो छ । अमेरिकी जनताले दुवै उम्मेदवारलाई यही विषयमा प्रष्ट जवाफ मागिरहेका छन् । तर यसमा अनौठा, अविश्वसनीय जवाफ सुनेर आमजनता र अमेरिकी बौद्धिक समुदाय नै अन्योलमा रहेको न्यूजविकले लेखेको छ ।

    कमनवेल्थ फाउन्डेसनका प्रमुख कार्यकारी एन्ड्रु लेविसले न्यूजविकमा लेखेका छन्, ‘केही वर्षदेखि पेन्सिलभानियामा जीवन धान्ने खर्च नियन्त्रणबाहिर पुगेको छ । हरेक सामग्रीको मूल्य तीव्र गतिमा बढेको छ । आफूले रोजेजस्तो घर किन्न सक्ने अवस्था छैन । तलब, ज्याला बढे पनि दैनिक जीवन गुजाराका लागि अत्यावश्यक खाद्यान्नलगायत सामग्रीको मूल्य अकासिएको छ ।’

    ह्यारिसले भने पेन्सिलभानियाका चुनावी सभामा सम्बोधन गर्दै इन्धनलगायतका वस्तुको मूल्यवृद्धि नियन्त्रणमा ल्याउने र सर्वसाधारणको जीवन सहज बनाउने प्रतिबद्धता जनाएकी छन् । तर यी प्रतिबद्धतामा खासै विश्वस्त हुन सकिने अवस्था नदेखिएको लेविसको भनाइ छ । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउन ट्रम्पलाई पनि फलामको च्यूरा चपाएसरह रहेको लेविसको धारणा छ । RSS

    Post Views: 161
    प्रकाशित मिति: २०८१ आश्विन १०, बिहीबार ०९:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.