• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प र ह्यारिसबीच तीव्र प्रतिस्पर्धा

  •  
  • २०८१ आश्विन १०, बिहीबार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा राष्ट्रपतीय चुनाव आउन ६ सातामात्र बाँकी रहेको भए पनि मुख्य दुईमध्ये कुन उम्मेदवारले बाजी मार्छन् भन्ने अझै अनुमान गर्न कठिन देखिएको छ । पछिल्ला चुनावी सर्वेक्षणहरूले रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने देखाएका छन् ।

    दुवै उम्मेदवारहरू एकअर्काविरूद्ध निकै आक्रामक देखिएका भए पनि अमेरिकी मतदाताहरूले उनीहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक लगायतका घरेलु मामिलाका साथै विदेश नीतिबारे अघि सारेका एजेण्डाको समीक्षा गरिरहेको देखिएको छ ।

    एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनाव जित्न त्यति सहज भने देखिएको छैन ।

    सन् २०१६ को राष्ट्रपतीय चुनावमा त्यसबेला निकै लोकप्रिय रहेकी उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित भएकी थिइन् । अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो । तर यसपटक महिलालाई शीर्ष नेतृत्वमा स्थापित गराउन अमेरिकी समाज सहजै तयार होला ? अझै द्विविधा कायम रहेको धारणा चुनावी सर्वेक्षणले देखाएका छन् ।

    पछिल्लो पटक फाइभ थर्टीएटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आकलन गरिएको छ । अर्थात् दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ । गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफूलाई निकै मजबूत उम्मेदवारका रूपमा प्रस्तुत गर्न सफल देखिए पनि मतदाताले उनलाई खुलेर समर्थन गरेका छैनन् ।

    राष्ट्रव्यापी मतसर्वेक्षणमा दुई उम्मेदवार अघिपछि देखिए पनि राष्ट्रपतिको चयन भने इलेक्टोरल कलेजका आधारमा हुने गर्दछ । निर्वाचित हुन पपुलर मत मात्र धेरै ल्याएर पुग्दैन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज मतमध्ये कम्तीमा २७० स्थान जित्नुपर्छ । अमेरिकाका ५० वटा राज्यबाट जनसंख्याका आधारमा इलेक्टोरल कलेजको संख्या निर्धारण हुन्छ । जसका कारण धेरै जनसंख्या र इलेक्टोरल कलेज भएका राज्यहरूमा दुवै उम्मेदवारले प्रचार कार्य तीव्र पारेका छन् ।

    डेमोक्रेट वा रिपब्लिकनका परम्परागत समर्थक बढी भएका राज्यहरूको आधारमा दुवै उम्मेदवारबीच इलेक्टोरल कलेजको स‌ंख्या लगभग बराबर छ । तर इलेक्टोरल कलेज स‍ंख्या ठूलो भएका केही राज्यको परिणाम कुन उम्मेदवारतर्फ सोझिन्छ भन्ने एकिन भइसकेको छैन । तीव्र प्रतिस्पर्धा भएका ‘स्वीङ’ वा ‘ब्याटलग्राउन्ड’ स्टेटमा दुवै उम्मेदवारबीच कडा टक्कर रहेको सर्वेक्षणले देखाएका छन् ।

    यसपटक ब्याटलग्राउन्ड स्टेटका रूपमा चित्रित गरिएका मध्ये नेभादा (६ इलेक्टोरल कलेज मत), पेन्सिलभानिया (१९), विस्कन्सिन (१०) र मिसिगन (१५) राज्यमा कमला ह्यारिस १ वा २ प्रतिशत मतान्तरले अघि रहेकी एबिसी न्यूजको पछिल्लो सर्वेक्षणले देखाएको छ । उता, नर्थ क्यारोलाइना (१६), एरिजोना (११) र जर्जिया (१६) मा डोनाल्ड ट्रम्प अत्यन्त झिनो मतान्तरले अघि देखिएका छन् ।

    यूगभ, आरएमजी रिसर्च, हार्ट रिसर्च, फ्लोरिडा युनिभर्सिटी लगायतले गरेका अधिकांश मत सर्वेक्षणमा डेमोक्रेट उम्मेदवार ह्यारिसले झिनो मतान्तरले चुनाव जित्ने देखाएका छन् । तर पछिल्लो पटक न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सर्वेक्षणले भने डोनाल्ड ट्रम्प १ प्रतिशत मतान्तरसहित राष्ट्रपतिमा विजयी हुने देखाएको छ ।

    ‘अमेरिका फर्स्ट’, ‘मेक अमेरिका ग्रेट अगेन’ जस्ता नारा अघि सारेका ट्रम्पले पूर्वी क्षेत्रका तीन राज्य– पेन्सिलभानिया, नर्थ क्यारोलाइना र जर्जियामा विजयी भएको खण्डमा राष्ट्रपति बन्ने निश्चित देखिएको अमेरिकी अखबार ‘पोलिटिको’ का स्तम्भकार जोनाथन मार्टिनले उल्लेख गरेका छन् ।

    दुवै उम्मेदवारबीच व्यक्तिगत लाञ्छनायुक्त घोचपेच भए पनि आमरूपमा दुवै उम्मेदवारले केही जल्दाबल्दा विषयलाई सम्बोधन गर्न चाहेको देखिन्छ । खासगरी ट्रम्पले अमेरिकाभित्र बढ्दो आप्रवासन समस्यालाई निरुत्साहित गर्ने, अवैध आप्रवासीलाई उनीहरूकै देश फर्काउने, दक्षिणी सीमामा पर्खाल लगाउने, इन्धनको मूल्य घटाउने, विदेशी सामानमा कर बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने बताएका छन् । देशभित्र आप्रवासीको संख्या ठूलो मात्रामा बढ्नुमा डेमोक्रेट पार्टीको खराब नीति मुख्य रूपमा जिम्मेवार रहेको ट्रम्पको दाबी छ । उनले इजरायल–हमास र रुस–युक्रेन युद्धलाई तत्काल समाधान गर्ने बताएका छन् ।

    राष्ट्रपतीय बहसका क्रममा डेमोक्रेटिक उम्मेदवार ह्यारिसले भने गाजामा जारी युद्ध रोक्न बाइडेन प्रशासनले भरमग्दुर प्रयास गरिरहेको तथा युक्रेनको स्वतन्त्रतालाई अक्षुण्ण राख्न अमेरिकाले आर्थिक, सैनिक र राजनीतिक सहयोग जारी राख्ने बताएकी थिइन् । यद्यपि यी दुवै मामिलामा खासै प्रगति गर्न नसकेको भन्दै बाइडेन–ह्यारिस प्रशासनको आलोचना भइरहेको छ ।

    अर्कातर्फ, अमेरिकामा बढ्दो बेरोजगारी र मूल्यवृद्धि नियन्त्रणमा ल्याउन दुवै उम्मेदवारबीच दबाब बढ्दो छ । अमेरिकी जनताले दुवै उम्मेदवारलाई यही विषयमा प्रष्ट जवाफ मागिरहेका छन् । तर यसमा अनौठा, अविश्वसनीय जवाफ सुनेर आमजनता र अमेरिकी बौद्धिक समुदाय नै अन्योलमा रहेको न्यूजविकले लेखेको छ ।

    कमनवेल्थ फाउन्डेसनका प्रमुख कार्यकारी एन्ड्रु लेविसले न्यूजविकमा लेखेका छन्, ‘केही वर्षदेखि पेन्सिलभानियामा जीवन धान्ने खर्च नियन्त्रणबाहिर पुगेको छ । हरेक सामग्रीको मूल्य तीव्र गतिमा बढेको छ । आफूले रोजेजस्तो घर किन्न सक्ने अवस्था छैन । तलब, ज्याला बढे पनि दैनिक जीवन गुजाराका लागि अत्यावश्यक खाद्यान्नलगायत सामग्रीको मूल्य अकासिएको छ ।’

    ह्यारिसले भने पेन्सिलभानियाका चुनावी सभामा सम्बोधन गर्दै इन्धनलगायतका वस्तुको मूल्यवृद्धि नियन्त्रणमा ल्याउने र सर्वसाधारणको जीवन सहज बनाउने प्रतिबद्धता जनाएकी छन् । तर यी प्रतिबद्धतामा खासै विश्वस्त हुन सकिने अवस्था नदेखिएको लेविसको भनाइ छ । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउन ट्रम्पलाई पनि फलामको च्यूरा चपाएसरह रहेको लेविसको धारणा छ । RSS

    Post Views: 244
    प्रकाशित मिति: २०८१ आश्विन १०, बिहीबार ०९:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.