• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

लगातारको बर्षाले १३ जना बेपत्ता, मुग्लिन नारायणघाट सडक अवरुद्ध, देशभरबाट क्षतिको विवरण आउन बाँकी

  •  
  • २०८१ आश्विन १२, शनिबार ०८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लगातारको वर्षापछि नारायणघाट(मुग्लिन सडक खण्डको ९ किलोमा सडक भासिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार सडक दुई फिट भासिएको छ। सडक भासिएर बग्ने क्रम जारी रहेको र सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश ३(०१(०२४ च ३०५६ नम्बरको बलेरो जिप फसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उक्त गाडीमा चालक र यात्रु छैनन्।
    देशभर भएका घटनाको क्षति र विवरण प्राप्त हुन बाँकी भए पनि दर्जन मानिस बेपत्ता भएको र अवौको क्षति भएको प्रारम्भीक अनुमान छ । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो । पनौती नगरपालिका–११, वडासदस्य गीता थापाका अनुसार पहिलोले ३ घरमा पूर्ण क्षति पु¥याएको थियो । २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्न सके पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्कविहीन भएको हो । ‘पहिरो झर्न रोकिएको छैन ।

    त्यस्तै काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुई दिनदेखिको अविरल झरीले देशका अधिकांश नदीमा जल सतह बढेको छ।

    जल तथा मौसम विज्ञान विभागले अहिले बिहान गरेको अद्यावधिक विवरणअनुसार सुनकोशी नदीले खुर्कोटमा सतर्कताको तह पार परेको छ। खुर्कोट बसपार्क लगायत केही घरहरूमा पानी पस्न थालिसकेको छ। सुनकोसी नदीको जल सतह ९।९५७ मिटर पुगेको छ।

    नारायणी नदीको सहायक नदी रिउ खोलाले पनि सतर्कता पार परेको छ। रिउको जल सतह ३।८५४ मिटर पुगेको छ।

    हनुमन्ते खोलाले पनि जगातीमा सकर्तता पार परेको छ। हनुमन्तेको अहिलेको जल सतह १३१०।२४४ मिटर पुगेको छ।

    हुनुमन्तेले नै कौशलटार पनि डुबानमा पार्न थालिसकेको छ। त्यहाँ हनुमन्तेको जल सतह १२९३।३४३ मिटर छ।

    बागमती नदीले गौरीघाटका जल सतह पार गरेको छ। त्यहाँ बागमतीको पानीको सतह २।८५१ मिटर पुगेको छ।

    बागमती नदीले खोकनामा पनि खतराको तह पार गरेको छ। त्यहाँ पनि बागमती नदीको सतह २।७२८ मिटिर पुगेको छ।

    सुनसरीको दुहबीमा बूढीखोलाले सतर्कताको तह पार गरेको छर बूढीखोलाको अहिलेको पानीको सतह ८६।२९४ पुगेको छ।

    पूर्वी राप्तीले पनि खतराको तह पार गरेको छ। रजैयामा राप्तीको जल सतहक ४।२३० मिटर पुगेको छ।

    हम्पाचौरमा सुनकोशी नदीको जल सतह १३।४९४ मिटर पुगेर खतारको तह पार गरेको विभागले जनाएको छ।

    कर्मैयामा बागमती नदीले खतराको पार गरेको विभागले बताएको छ। त्यहाँ बागमती नदीको जल सतहक ७।५४८ मिटर छ।

    झरुवारासीमा कोड्कु नदीले डुबान थालेको छ। त्यहाँ कोड्कुको जल सतहक १३३४।९४८ मिटर छ।

    लालबकैयाले पनि जल सतह पार गरेको छ। बालकुमारीमा मनोहराले डुबान सुरु गरिसकेको विभागले जनाएको छ।

    सप्तकोसी नदीले चतरामा खतराको तह पार गरेको छ। चतरामा सप्तकोसी नदीको सतह ७।३३३३ मिटर छ।

    मुलघाट, त्रिवेणीमा तमोर नदीले पन जल सतह पार गरेको छ। मूलघाटमा ७।१३१ र त्रिवेणीमा तमोर नदीको जलसतहक ११।८७७ मिटर पुगेको छ।

    सिम्लेमा पनि तमोरले जल सतह पार गरेको छ। त्यहाँ तमोर नदीको जल सतह १२।१९२ मिटर पुगिसकेको छ। महेशपुरमा पर्सा खोलाले सतर्कताको तह पार गरेको छ।

    देवघाटमा नारायणी नदीले खतराको तह पार गरेको छ। नारायणी नदीको जल सतह अहिले १०।८२३ मिटर पुगेको छ।

    यी नदीको तटीय क्षेत्र अत्यन्त जोखिममा रहेकाले सुरक्षित स्थानमा जान प्रशासनले अपिल गरिरहेको छ।

    Post Views: 133
    प्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार ०८:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.