• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बाढी, पहिरो र डुबानमा मर्नेका सङ्ख्या एक सय ७०, अझै ४२ बेपत्ता

  •  
  • २०८१ आश्विन १३, आईतवार ०४:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ। त्यस्तै ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्। एक सय ११ जना घाइते भएका छन्।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचनामार्फत दिएको जानकारी अनुसार बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद प्रभावितको उद्धार गरिएको छ।

    काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुर लगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।बाढी, पहिरो प्रभावितलाई खाद्यान्न लगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी बताए।

    अपडेट

     

    पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ ।

    यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो ।

    सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिनुभयो । अरु ३६ जना घाइते भएका छन् ।

    उहाँका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो ।

    बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक , काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् ।

    उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

    यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् । त्यसैगरी प्रहरीका अनुसार कोशीबाट ८५३, मधेश प्रदेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, बागमतीबाट ४९४ जनाको उद्धार गरिएको छ । रासस

    Post Views: 97
    प्रकाशित मिति: २०८१ आश्विन १३, आईतवार ०४:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.