• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

देशभरका युवाद्धारा राष्ट्रिय युवा संसद घोषणा

  •  
  • २०८१ आश्विन १६, बुधबार ०६:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देशभित्र र विदेशमा छरिएका युवालाई राष्ट्र निर्माणमा संलग्न गराउने उद्देश्यले ‘राष्ट्रिय युवा संसद’ अभियान घोषणा गरिएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा मं‍गलबार एक समारोहबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा ग्लोबल युथ पार्लियामेन्टले अभियान घोषणा गरेको हो । युवाहरूलाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्वदायी भूमिकामा संलग्न गराउनका लागि अभियान घोषणा गरिएको ग्लोबल युथ पार्लियामेन्टले जनाएको छ । दुई वर्षसम्म तयारीका रुपमा चल्ने अभियानअन्तर्गत नेपालका १६५ वटै निर्वाचन क्षेत्रबाट १ र १ जना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङमार्फत् दुई वर्षका लागि चयन गरिने जनाइएको छ । निर्वाचित हुने युवा सांसदको घोषणाा २०८२ साल बैशाख १ गते गरिनेछ ।

    अभियान घोषणा कार्यक्रममा पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले देशमा मनपरीतन्त्र हाबी भएको र खुलेआम चरम भष्ट्रचार मौलाएको बताईन् । नमर्दासम्म पद नछाड्ने, पदसहित नै आर्यघाट पुग्ने प्रवृत्ति लोकतन्त्र हो अब युवाले नेतृत्व लिनुपर्दछ । तर सबै युवालाई प्रलोभन बाँड्न आउछन्, होशियार रहनुहोला ।

    महानायक राजेश हमालले युवाले आफूमा भएको उर्जा कसरी प्रयोग गर्ने भन्नेमा सदैव सचेत हुनुपर्ने र आफ्नो धरातलीय यथार्थबारे पनि जानकार हुनुपर्ने बताए । ‘युवाले आफ्नो वास्तविकता के हो चुनौती के हो कस्तो किसिमको दलदलमा हामी फसेका छौं भन्ने मनन नगर्ने हो भने तपाईहरु कसरी दलदलबाट उम्कनुहुन्छ ? त्यसैले युवा पुस्ता सचेत बन्दै देशलाई हाक्ने सामथ्र्य राख्नुपर्छ ,’ हमालले भने ।

    वरिष्ठ पत्रकार एवं साहित्यकार नवराज लम्सालले मुलुकका धेरै मान्छेहरु विभिन्न खाले अन्यौलमा देखिएको बताए । ुप्रत्येक मान्छे कसरी सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने भनेर मात्र सोचेको हुन्छ, तर सांसद मन्त्री र प्रधानमन्त्री भएपछि के गर्ने ? भनेर कसैले सोच्दैन्, त्यसैले आजका युवामा भिजन हुनु आवश्यक छ,ु उनले भने । बैकर्स मनोज ज्ञवालीले पुराना नेताहरूले धेरै संघर्ष गरेर नेपाललाई यहाँसम्म ल्याएका भए पनि अब युवा पुस्ताले देश हाक्नुपर्ने बेला आएकाले युवाहरू तात्नुपर्ने बताए । राजनीतिक अस्थीरता र देशमा धेरै दल हुँदा पनि देशको विकासको गति लिन सम्भव नभएको ज्ञवालीको भनाई छ ।

    ुग्लोबल युथ पार्लियामेन्टुका अध्यक्ष दिवाकर अर्यालले देशमा अनेकन राजनीतिक परिवर्तन आए पनि नागरिकलाई आर्थिक रुपमा सम्पन्न गराउने काम नभएको बताए । मुलुक आर्थिक संकटले जर्जर बन्यो । निराशाको भट्टीमा जलेका युवा पाखुरी खाडीका मुलुकहरुमा श्रम बेच्न बाध्य भए भने विचार बोक्न सक्ने युवारू उच्चशिक्षाका नाममा युरोप, अमेरिका, अस्ट्रेलियातिर भासिन विवश भए,ु अर्यालले भने, अनेकन व्यवस्था परिवर्तनले पनि बदल्न नसकेको देश र नागरिकको अवस्था फेर्न बल र विचार भएका युवा एक ठाउँमा जोडिनुको विकल्प छैन ।

    कार्यक्रममा अभियन्ता निगम हुमागाईंले गरीब देशका जनताले तिरेको संसारकै महँगो करबाट दलका आसेपासे र बिचौलिया वर्ग पोसिएकाले सिंहदरबार, बालुवाटारसहितका शक्ति केन्द्रलाई खबरदारी गर्न अभियान निकै महत्वपूर्ण हुने बताए । अभियान्ता सरोज बानियाँले राष्ट्रिय युवा संसद युवाको सक्रिय सहभागितालाई राष्ट्रिय नीति निर्माणमा जोड दिनुका साथै देशभरका युवालाई एकै ठाउँमा ल्याएर उनीहरूको आवाज राजनीतिक र सामाजिक निर्णय प्रक्रियामा समावेश गराउन सफल हुने बताए ।

    Post Views: 137
    प्रकाशित मिति: २०८१ आश्विन १६, बुधबार ०६:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.