• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका हिडेका ११ नेपाली मेक्सिकन प्रहरीको गोली लागेर घाईते अवस्थामा थुनामा

  •  
  • २०८१ आश्विन १९, शनिबार ०९:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अबैध बाटो हुँदै अमेरिका जान हिडेका ११ जना नेपाली मेक्सिकन प्रहरी कारबाहीमा गोली लागेर घाईते भएका छन । घाईते रहेका ११ जना प्रहरी हिरासतमा रहेका छन । सोही घटनामा अन्य देशमा ६ जनाको घटनास्थलमा नै निधन भएको प्रहरीले जनाएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रमा मेक्सिकन सेनाले गोली प्रहार गरेको घटनामा गाडीमा ११ जना नेपाली नागरिक सवार रहेको र उनिहरु सामान्य घाईते अवस्थामा उनीहरू हाल मेक्सिकोको अध्यागमनको हिरासतमा रहेको अमेरिकास्थित नेपाली दुतावासले जारी गरेको सूचनामा जनाइएको छ । सो विज्ञप्तिमा जनाइए अनुसार सोही घटनामा कोही पनि नेपाली हताहती नभएको जानकारी दिएको छ ।

    उक्त घटनामा परेर विभिन्न देशका ६ जनाको मृत्यु भएको थियो ।  घटनामा ११ जना नेपाली सामान्य घाइते भएको उनीहरू हाल मेक्सिकोको अध्यागमनको हिरासतमा रहेको छ । त्यस गाडीमा विभिन्न देशका ३३ आप्रवासी यात्रारत रहेका थिए । मेक्सिकोको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार गत मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब २५ माइल ९४ किमि० उत्तरमा घटना भएको थियो । ‘मेक्सिकोको रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार आप्रवासीहरू इजिप्ट, नेपाल, क्युवा, भारत र पाकिस्तानबाट आएका थिए । मृत्यु हुनेहरू कुन राष्ट्रका हुन् भनेर जानकारी दिइएको छैन,’ बिबिसीको अनलाइन संस्करणमा उल्लेख छ । नेपालीहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

    मेक्सिकोसँगको कूटनीतिक मामिला हेर्ने अमेरिकास्थित नेपाली राजदूतावासले नेपालीको मृत्यु भएको भन्ने हल्लापछि सम्बन्धित निकायमा औपचारिकरूपमा बुझेको थियो । तीव्र गतिमा गुडिरहेको गाडीलाई मेक्सिकन सेनाले रोक्न खोजेको तर आप्रवासीको गाडी नरोकिएपछि गोली चलाइएको थियो। गोली प्रहार गर्ने सैनिकहरू निलम्बनमा परेका छन् । मेक्सिकोबाट अवैध रूपमा आप्रवासीहरू अमेरिका प्रवेश गर्ने गरेका छन् । यसलाई रोक्न अमेरिकाले दबाब दिँदै आएको छ । गोली लागेका चारजनाको घटनास्थलमै र थप दुईजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घाईते भएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

    नेपालबाट अमेरिका जान ब्राजिल हुँदै लामो रुट प्रयोग हुने गरेको छ । विभिन्न बाटो हुँदै सुरुमा ब्राजिल पुग्ने गरेका नेपाली त्यसपछि पेरु, कोलम्बिया, पनामा, ग्वाटेमाला हुँदै मेक्सिको पुग्ने गरेका छन् । त्यसपछि उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेका छन् । अमेरिकास्थित नेपाली दुतावासले उनिहरुको अवस्थाको बारेमा खोजतालास गरिैको बताइएको छ । अमेरिकास्थित दुतावास श्रोतले भन्यो कसैको निधन भएको जानकारी छैन तर घाईतेहरुको अवस्था सामान्य रहेको छ हिरासतमा रहेकोले सबै अवस्ता बताउन मिल्दैन । ती नेपालीहरु कुन जिल्ला वा गाउँको बताइएको छैन

    Post Views: 233
    प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार ०९:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)
    अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन
    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • २. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    • ३. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    • ४. सिएनएन सहित ३ मिडियालाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोक्यो अदालतले

    • ५. राष्ट्रसंघ महासभामा नेपालका परराष्ट्रमन्त्रि शिशिर खनालले के के भने ?

    चर्चित
    • १. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • २. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ३. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ४. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    • ५. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.