• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  •  
  • २०८१ आश्विन २३, बुधबार ०५:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए

    सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा पुगेका थिए । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो । मन्त्रीहरू सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रको अवलोकन गरेर चौतारा पुगेका थिए ।

    मन्त्रीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए ।

    सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए ।

    सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पुर्‍याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ ।

    RSS

    Post Views: 214
    प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार ०५:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने
    अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने
    आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश
    Advertisement
    ताजा अपडेट
    • १. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • २. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ३. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ४. संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

    • ५. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.