• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पलाई जिताउन संसारकै धनी एलन मक्सको “दिनको १ मिलियन डलर” अभियान

  •  
  • २०८१ कार्तिक ५, सोमबार ०८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपतिय निर्वाचन नजिकिंदै जाँदा राष्ट्रपतिका उम्मेदवारद्धय कमला ह्यारिस र डोनाल्ड ट्रम्प दुवै जना निकै संघर्षका साथ अन्तिम प्रचार प्रसार अभियान गरिरहेका छन । उनिहरुले अन्तिम प्रचार प्रसार गरिहंदा अर्लि भोटिड निकै उत्साहका साथ भई रहेको छ । यो उत्साहलाई विगतको भन्दा निकै महत्वपुर्ण भन्दै सन्चार माध्यमले जनाई रहेको छ । यहि बेला दुवै उम्म्ेदवारले चुनावी अभियानलाई बीट मार्ने समय आउनै लाग्दा ट्रम्पका अन्धभक्त सर्पोटर संसारकै धनि व्यक्ति एलन मक्सले एउटा नयाँ घोषणा गरे । उनले हरेक दिन आफ्नो संविधानलाई समर्थन गर्ने अनलाइन याचिकामा हस्ताक्षर गर्ने एक जनालाई १० लाख डलर दिने घोषणा गरेका अर्बपति उद्यमी एलन मस्कले शनिबार एक जनालाई सो रकमको चेक दिएपछि उनि चर्चाको शिखरमा छन । उनको सिधा प्रस्ताव छ ट्रम्पलाई सहयोग गनुपर्ने छ ।

    ‘संविधानको पहिलो र दोस्रो संशोधनले अभिव्यक्ति स्वतन्त्रता र हतियार राख्ने अधिकार प्रत्याभूति गर्छ। तल हस्ताक्षर गरेर म पहिलो र दोस्रो संशोधनलाई समर्थन गर्ने वाचा गर्छु,’ आगामी अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन आफ्नो सारा शक्ति लगाइरहेका मस्कको अनलाइन याचिकामा लेखिएको छ।

    संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको सबै अमेरिकीले समर्थन गरे पनि हतियार राख्ने अधिकारको समर्थन रिपब्लिकनहरूले धेरै गर्छन्। चुनावको करिब दुई हप्ता अघि पेन्सिल्भेनिया राज्यमा उनले पूर्व राष्ट्रपति ट्रम्पको समर्थनमा आयोजना गरेको एक कार्यक्रममा जोन ड्रेहर नाम गरेका व्यक्तिलाई उनको याचिकामा हस्ताक्षर गरेबापत १० लाख डलरको चेक दिएका छन् भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।

    ‘खैर, जोनलाई केही थाहा थिएन। त्यसैले तपाइलाई स्वागत छ,’ चेक हस्तान्तरण गर्दै मस्कले भने। वर्तमान उप(राष्ट्रपति र डेमोक्र्याटिक पार्टीकी राष्ट्रपतीय उम्मेदवार कमला ह्यारिसले आगामी निर्वाचन जिते यो अन्तिम निर्वाचन हुने भनेर सो कार्यक्रममा उनले भनेका छन्। ह्यारिसले जिते अमेरिका देश नै नरहने हो वा उनले चुनाव नगराइ तानाशाही व्यवस्था चलाएर वा अरू कुनै कारणले यो अन्तिम निर्वाचन हुने हो भन्ने चाहीँ मस्कले खुलाएनन्।

    मस्कले आगामी निर्वाचनमा ट्रम्पलाई समर्थन मात्रै गरेका छैनन्। उनले किनेको पहिले ट्विटर भनिने सामाजिक संजाल एक्सलाई ट्रम्पलाई चुनावमा फाइदा हुनेगरी चलाइरहेका छन्। विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले अहिलेसम्म ट्रम्पलाई चुनाव प्रचारको लागि ७५ मिलियन डलर दिइसकेका छन्।

    पछिल्ला दिनमा उनी दुई दलबीच कडा प्रतिस्पर्धा हुने अमेरिकाका थोरै मात्रै राज्यमध्येको एक पेन्सिल्भेनियामा लगातार ट्रम्पको समर्थनमा आयोजित कार्यक्रममा भाग लिइरहेका छन्। अमेरिकामा अरू देशमा जस्तो लोकप्रिय मतका आधारमा राष्ट्रपतीय निर्वाचन हुने भए ट्रम्पले हार्ने लगभग निश्चित जस्तैछ। तर त्यहाँ इलेक्टोरल कलेजका आधारमा निर्वाचन हुन्छ। प्रायजसो सबै राज्यमा कुन दलले जित्छ भन्ने निश्चितजस्तै हुन्छ। प्रतिस्पर्धा हुने केही साना राज्यको परिणामले कसले जित्छ भन्ने निर्धारण गर्छ। त्यसैले मस्क पेन्सिल्भेनियामा खटिरहेका छन्। हरेक दिन एक जनालाई १० लाख डलर दिने घोषणा गरेर ट्रम्पलाई चुनावमा फाइदा पुर्‍याउन खोजिरहेका छन्।

    Post Views: 167
    प्रकाशित मिति: २०८१ कार्तिक ५, सोमबार ०८:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.