• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

३० लाख अमेरिकी नागरिक जो विदेशबाट मतदान गर्छन

  •  
  • २०८१ कार्तिक १७, शनिबार ०८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल

    अमेरिकी राष्ट्रपतिय निर्वाचन चली रहँदा अमेरिकाको मतदानको लागि योग्य रहेकामध्ये करिब ३० लाख अमेरिकीहरू स्थायी वा अस्थायी रूपमा देशबाहिर बसिरहेको तथ्यांक छ । उनिहरुले आफ्नो मतदानको अधिकार नछोड्दासम्म संसारको जुनसुकै कुनामा भएपनि मतदान गर्न पाउनेछन । स्मरणीय कुरा त कति पटक स्पेस अर्थात चन्द्रमामा रहेकाहरुले पनि मतदान गरेको ईतिहास छ । ति मतदाताले कसरी अमेरिकी निर्वाचनमा भाग लेलान भन्ने प्रश्न हुन सक्दछ ।

    ती ३० लाख मानिसहरूमा सेनामा काम गरिरहेका व्यक्तिदेखि अमेरिकी कूटनीतिज्ञ, तिनका परिवार र अध्ययन वा व्यापारका लागि देशबाहिर रहेका व्यक्ति पर्छन् । ति अमेरिकनहरुले हरेक देश जहाँ दुतावास, महावाणिज्य दुतावास, मिसन, आर्मी बेस क्याम्प सबै स्थानहरुमा मतदानको व्यवस्था मिलाएको हुन्छ । त्यसैगरी मतदाताले आफ्नो ठीक ठेगाना उपलब्ध गराएको खण्डमा सीमित देशहरुमा सम्बन्धित व्यीक्तको नाममा मतपत्र नै पठाएपछि मतदान गरेर निश्चित समयभित्र पुग्ने गरी हुलाकबाट पठाउने व्यवस्था पनि रहेको छ ।

    सन् २०२० को राष्ट्रपति निर्वाचनमा खसेको १६ करोड १० लाख मतमध्ये नौ लाख मत मात्रै देशबाहिर रहेका नागरिकहरूबाट खसेको थियो । तर निकै कम मत अन्तरको प्रतिस्पर्धा हुने अवस्थामा भने देशबाहिर रहेका मतदाताहरू निर्णायक हुन सक्ने त्यसले प्रष्ट देखाएको छ ।

     


    सन् २००० मा जर्ज डब्ल्यू बुशले एल गोरलाई पराजित गरेको भए पनि गोरले देशभरिबाट पाएको मत बुशकोभन्दा झन्डै पाँच लाख बढी थियो । उक्त निर्वाचनमा सबैभन्दा तीव्र प्रतिस्पर्धा फ्लोरिडा राज्यमा देखिएको थियो । कैयौँ चरणको पुनः मतगणना र कानुनी कारबाहीपछि अमेरिकाको सर्वोच्च अदालतले यो राज्यमा राष्ट्रपति बुस निर्वाचित भएको घोषणा ग¥यो । उनी मात्रै ५ सय ३७ मत पाएर निर्वाचित भए । यस्तो बेला भने विदेशमा रहेका मतदाताको मत महत्वपुर्ण हुन सक्दछ ।

    सन् २००० को अमेरिकी निर्वाचनमा विदेशबाट हुलाकमार्फत् पठाइएका भोट निर्णायक भएको ईतिहास पनि छ । सन् २०२० मा अहिलेका राष्ट्रपति जो बाइडनले पनि जर्जिया र एरिजोना राज्यमा निकै कम मत अन्तरले जित हासिल गरेका थिए । डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार रहेका बाइडनले एरिजोनामा १० हजार ४ सय ५७ र जोर्जामा ११ हजार ७ सय १९ मत बढी ल्याएर रिपब्लिकनको परम्परागत गढ मानिएका दुवै राज्यमा जित हासिल गरेका थिए ।

    ती प्रत्येक राज्यमा प्रवासी अमेरिकीहरूको १८ हजार भन्दा धेरै मत खसेको अमेरिकी प्रवासी मतदाताहरूलाई मतदानमा सहभागी हुन सहजीकरण गर्दै आएको डेमोक्र्याटिक पार्टी निकट संस्थाले जनाएको छ । अमेरिकी नागरिकहरू क्यानडा, मेक्सिको, यूके, यूरोप र इजरेलसहितका देशमा उल्लेख्य सख्यामा रहेका छन् । त्यस्ता राज्यमा सामाजिक सञ्जालमार्फत् प्रचार र मतदाताहरूबीच सञ्जाल बनाउन सम्बन्धित देशहरुमा पनि मत माग्ने र प्रचारप्रसार गरेको हुन्छ । सन् २०२४ मा अमेरिकाको डेमोक्र्याटिक पार्टीले ३ लाख अमेरिकी डलर खर्च गरेको समाचारहरुमा जनाएको छ । अमेरिकी जो परम्परावादी सैनिकहरू जे जति विदेशमा छन उनिहरुले प्राय परम्परागत रूपमा रिपब्लिकन पार्टीलाई मत दिने गरेको जानकारहरू बताउँछन् ।यसो त अमेरिका निर्वाचन विवादरहित हुन्न । देश बाहिरबाट गरिने मतदान अमेरिकामा यसअघि नै विवादको विषय बनिसकेको छ । रिपब्लिकन पार्टीले तीन वटा राज्यमा यसलाई रोक्न माग गर्दै मुद्दा दर्ता गरेको थियो ।

    नर्थ क्यारलाइना र मिशिगनमा मतदाताहरूका आफन्त भएकै आधारमा स्वयं मतदाता कहिल्यै बसोबास नगरेको राज्यमा उनीहरूलाई मतदानको अधिकार दिने वा नदिने विषय विवादको केन्द्र बनेको छ । दुवै मुद्दा न्यायाधीशले खारेज गरे पनि रिपब्लिकनहरूले त्यसविरूद्ध पुनरावेदन गर्ने बताएका छन् । पेन्सिल्भेनियामा प्रशासनले विदेशबाट मतदान गर्नेहरूको परिचयपत्र र योग्यताबारे पर्याप्त जाँच नभएको विषयमा मुद्दा परेको छ । डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूहले यो विषयलाई लिएर विभाजन र भ्रामक सूचनाको बिउ रोप्न खोजेको आरोप रिपब्लिकनहरूमाथि लगाएको छ ।

    Post Views: 189
    प्रकाशित मिति: २०८१ कार्तिक १७, शनिबार ०८:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन
    मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?
    Advertisement
    ताजा अपडेट
    • १. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • २. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    • ३. मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.