• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपतीय उम्मेदवारलाई अनुमोदन नगर्ने भनेपछि घटे वासिङटन पोस्टका साढे २ लाख सबस्क्राइबर

  •  
  • २०८१ कार्तिक १७, शनिबार १०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    द वासिङटन पोस्टले अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारलाई अनुमोदन नगर्ने फैसला गरेपछि दुई लाख ५० हजार सबस्क्राइबर घटेका छन्।

    अमेरिकामा प्रायः जसो पत्रिकाले हरेक राष्ट्रपतीय निर्वाचनमा कुनै न कुनै उम्मेदवारलाई अनुमोदन गर्छन्। पोस्ट आफैले पनि सन् १९७६ मा डेमोक्रेटिक पार्टीका जिमी कार्टरलाई अनुमोदन गरेपछि सन् १९८८ बाहेक हरेक चुनावमा कोही न कोहीलाई अनुमोदन गरेको थियो।

    सबभन्दा धेरै पाठक भएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले पनि यो वर्ष डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई अनुमोदन गरेको छ।

    पोस्टले पनि उनैलाई अनुमोदन गर्ने अपेक्षा थियो। पोस्टको सम्पादकीय लाइन निर्धारण गर्ने र विचार पृष्ठ हेर्ने सम्पादकीय बोर्डले ह्यारिसाई अनुमोदन गरेको लेख लेखिसकेपछि पोस्टका मालिक जेफ बेजोसले गत हप्ता यसपालि कसैलाई अनुमोदन नगर्ने निर्णय गरेका थिए।

    अरू धेरै व्यवसाय गर्ने अमेजनका संस्थापक बेजोसले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई खुसी पार्न वा उनी रिसाउलान् भनेर डराएर यस्तो निर्णय गरेको भनेर सम्पादकीय बोर्डका सदस्य लगायत कर्मचारी र पूर्व कर्मचारीहरूले व्यापक विरोध गरेका छन्।

    अमेरिकाको सरकारी संस्था नासासँग ३.४ अर्ब डलरको करार भएको बेजोसको कम्पनी ब्लु ओरिजिनका प्रमुख कार्यकारी डेभ लिम्पले ट्रम्पसँग भेट गरेकै दिन बेजोसले अनुमोदन नगर्ने निर्णय गरेका थिए।

    त्यसैले ट्रम्पले चुनाव जितेमा आफ्ना अरू व्यवसायमाथि रिस पोख्न उनले नोक्सान पुर्‍याउलान् भनेर डराएर बेजोसले त्यस्तो निर्णय लिएको भनेर विरोध भइरहेको छ। अन्तरिक्षको होडमा बेजोसका प्रतिद्वन्द्वी र स्पेस-एक्स कम्पनीका मालिक एलन मस्कले सारा शक्ति लगाएर ट्रम्पलाई जिताउन लागेकाले पनि बेजोसलाई दबाब परेको हुन सक्छ।

    ट्रम्पले पहिले नै चुनाव जिते सरकारको प्रभावकारिता बढाउन मस्कलाई आफ्नो मन्त्रिमण्डलमा राख्ने घोषणा गरिसकेका छन्। मस्कको कार कम्पनी टेस्लाले अमेरिकी सरकारको विद्युतीय गाडी प्रवर्द्धन गर्ने नीति अनुसार अनुदानमा अर्बौं डलर पाइरहेको छ।  उनको अन्तरिक्ष सम्बन्धी कम्पनी स्पेस-एक्सले पनि नासा लगायत सरकारी संस्थासँग अर्बौं डलरको करार गरेको छ। ट्रम्पले जिते मस्कको कम्पनी स्पेस-एक्स कम्पनीले अन्तरिक्ष होडमा धेरै पछाडि पार्लान् भनेर डराएर बेजोसले ह्यारिसलाई अनुमोदन नगरेका हुन सक्छन्।

    उनको निर्णयको व्यापक विरोध भएपछि पोस्टमै एउटा लेख लेख्दै उनले सो निर्णयको बचाउ गरेका छन्। पत्रिकाले अनुमोदन गर्दैमा प्रभावित भएर कसैले पनि सो उम्मेदवारलाई भोट नहाल्ने जिकिर गर्दै, बरू एउटा उम्मेदवारलाई अनुमोदन गर्दा पत्रिकाको निष्पक्ष छविमा प्रश्न उठ्ने बताएका छन्। साथै ब्लु ओरिजिनका प्रमुख कार्यकारी डेभ लिम्पको ट्रम्पसँग भेट एक्कासि तय भएको दाबी गर्दै आफूलाई सो बैठकबारे केही थाहा नभएको र अनुमोदन नगर्ने निर्णय आफूले पहिल्यै लिइसकेको बताएका छन्।

    उनले बचाउ गरे पनि डेमोक्रेटिक पार्टीका समर्थक र ट्रम्पको अराजक व्यवहार र राजनीतिका कारण आजित भएका धेरै तटस्थ पाठकले समेत पोस्टको सबस्क्रिप्सन छाडेका छन्। बेजोसको निर्णयपछि दुई लाखभन्दा बढीले सबस्क्रिप्सन छाडेको भनेर अमेरिकाको नेस्नल पब्लिक रेडियोले सोमबार जनाएको छ। पोस्टका करिब २५ लाख सबस्क्राइबर रहेको मानिएकामा १० प्रतिशत जतिले बेजोसको निर्णयपछि छाडेको भनेर एक्सियस अनलाइनले पनि लेखेको छ। द लस एन्जलस टाइम्सका मालिकले पनि ह्यारिसलाई अनुमोदन गर्न रोकेकाले हालै सम्पादकीय बोर्डका प्रमुखले राजीनामा दिएका थिए।

    Post Views: 190
    प्रकाशित मिति: २०८१ कार्तिक १७, शनिबार १०:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.