• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका निर्वाचन सम्पन्न, केहि राज्यको मत परिणाम आउन शुरु, सबैको आँखा ब्याटलग्राउण्ड राज्यतिर, भोली दिउँसोसम्म परिणाम आउने

  •  
  • २०८१ कार्तिक २१, बुधबार ०६:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा राष्ट्रपति चुनाव सकिएको छ । सामान्य वाद विवाद र पुन मतगणना गर्नुपर्ने छिटफुट बाहेक चुनाव शान्तिपुर्ण भएको छ । अहिले विश्व समुदायको ध्यान अमेरिकाको निर्वाचनको नतिजामा छ । चुनावी परिणाम कुर्न अमेरिकनहरुको बढी ध्यान भएको ७ वटा राज्यको नतिजाबाट कसले जित्दछ थाहा हुनेछ । तर चुनावको अन्तिम परिणाम आज राती नै नआउन सक्छ । तर भोली बिहानसम्म कसले जित्न सक्छ भन्ने लगभग निश्चित हुनेछ । केहि राज्यहरु मतगणना शुरु भएर केहि परिणाम आउन शुरु भएको छ । एरिजोना, जर्जिया, मिचिगन, नर्थक्यारोलिना, एरिजोना, नाभाडा, विन्सन्सन राज्यकोमतका आधारमा कसले बाजी मार्ने छ स्पष्ट हुनेछ ।

    सर्वेक्षणहरुमा देखिएजस्तो कडा प्रतिपस्पर्धा भएको खण्डमा विजेताको परिणाम कुर्न एक दिन अर्को दिन लाग्न सक्दछ । परिणम आउन हुलाकबाट आउने मत गन्न ढिला भएमा लम्बिन पनि सक्दछ अन्यथा बुधबार दिउँसो सम्म आई सक्नेछ । यसपाला पनि चुनावमा महामारीको कारण हुलाकमार्फत मतपत्र पठाएर मतदान गर्नेहरुको संख्या निकै ठूलो रहेको देखिएको छ ।

    ब्याटलग्राउण्ड राज्य भनिएको जर्जियामा मतदान ७ बजे समाप्त भएको छ । यहाँ धेरै मानिसहरूले अग्रिम मतदान गर्छन् भने हुलाकमार्फत मतपत्र पठाएर मतदान गर्ने संख्या कम छ । जसका कारण यहाँ गणनालाई छिटो बनाउँछ ।

    तल्लो सदनको पनि निर्वाचन भएको हो । अमेरिकामा माथिल्लो सदन सिनेट र तल्लो सदन कांग्रेस म्यान(संसदीय)को निर्वाचन पनि सम्पन्न भयो । स्थानीय तहमा राष्ट्रपतिको संगै तल्लो सदन र ३४ वटा सिनेटमा र ११ राज्यमा गर्भनरको पनि निर्वाचन भएको छ ।

    दुई सदनमध्ये सिनेटमा एक सय जना र माथिल्लो सदनमा ४ सय ३५ जनाको निर्वाचन हुनेगरेको छ । यतिखेर प्रश्न किन सिनेटको ३५ जना मात्रै भन्ने तर काँग्रेस म्यानको पदावधि २ बर्षको हुन्छ भने सिनेटरको ६ बर्षको पदावधि हुने गरेको छ । सिनेटरको जहाँ खाली भयो त्यहि मात्रै चुनाव गर्ने चलन हुन्छ । त्यसैले सिनेटको चुनाव नियमित रुपमा भन्दा पदावधि सकिएको वा मृत्यू भएर खाली भएको स्थानमा मात्रै हुने गर्दछ ।

     

    Post Views: 141
    प्रकाशित मिति: २०८१ कार्तिक २१, बुधबार ०६:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.