• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कानुनमन्त्री “लीला”को मानव तस्कर धन्दाको नालीबेली !

  •  
  • २०८१ कार्तिक २७, मंगलवार १०:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा ईमिग्रेसन वकिलहरुबीच एउटा कोड भाषा चल्ने रहेछः उडेर, गुडेर, कि पिछुवा कसरी आएको ? भिषा लगाएर आएकाहरु उडेर आएका । गुडेर भनेको हिडेर वा तल्लोबाटो बाट आएको र पछि लागेर भनेको नेताको पछि लागेर, वा कुनै पनि राजनीतिक वा कर्मचारीको नेतृत्वबाट ल्याएर यहि छोडेर जानेलाई पछि लागेर आएका भनिदो रहेछ । नेपालबाट राजनीतिक होस वा कर्मचारी नेतृत्वले बेला बखत गरी रहने यस्ता काम मानव तस्करी नयाँ भने होईन । प्रधानमन्त्रिको भ्रमणका बेला होस वा मन्त्रिका वा विभिन्न सभा सम्मेलनका नाममा हुने यस्ता मानव तस्करी विकसित देशमा लैजाने छोड्ने यस्ता धन्दा पुरानै हुन अहिले बढ्न थालेका मात्र हुन । सयौ यस्ता घटनामा २,४ वटा बाहिर आउँछन बाँकी गुपचुप बनाईन्छ ।

    लीलाबल्लभ अधिकारी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री । मन्त्री अधिकारी कात्तिक १३ मा सुटुक्क जापान उड्छन् । जापान त पुग्छन् तर, विमानस्थलबाटै नेपाल फर्काइन्छन । जापानको अध्यागमनमा ४८ घण्टा बसेर बल्लतल्ल नेपाल आइपुगेका अधिकारीको मन्त्री पदसमेत गुम्छ र प्रहरी हिरासतमा पुग्छन‘ । मानव तस्करीको गम्भीर आरोपमा अधिकारीमाथि अनुसन्धान सुरु भएको छ ।

    मन्त्रिको यात्रा नै शंकास्पद

    कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको जापान यात्राबारे एक दिन अघिसम्म उनी र उनलाई लैजाने केही व्यक्तिलाई बाहेक अरु कसैलाई थाहा थिएन । २०८१ कात्तिक १२ गते अधिकारी विराटनगरबाट संघीय राजधानी काठमाडौं आइसकेका थिए । आफ्नो यात्राबारे उनले १२ गते दिउँसो मात्रै मुख्यमन्त्री हिक्मत कार्कीलाई टेलिफोनमा जानकारी गराए । कार्कीले प्रक्रिया पुर्याएर मात्र जान निर्देशन दिए तर, उनी प्रक्रिया पूरा गर्न लागेनन् । प्रक्रिया के छ ?
    आर्ट काउन्सिल टोकियोले आयोजना गरेको कल्चर एट होममा सहभागी हुन भन्दै कात्तिक १३ गते काठमाडौंबाट उडेका मन्त्री अधिकारीको ट्रान्जिट हङकङ थियो । हङकङमा तीन जना थपिए । अब चार जना भए । चारै जना जापानका लागि उडे । जब जापान पुगे, उनीहरु चारै जना अध्यागमनमा समातिए । जापान पुलिसले ४८ घण्टासम्मको केरकारपछि चारै जनालाई नेपाल फर्काइदियो, अर्थात डिपोर्ट गरिदियो । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रीलाई यसरी कुनै पनि देशले डिपोर्ट गरिदिएको सम्भवतः यो पहिलो घटना हो । १७ कात्तिकमा काठमाडौं अवतरण गरेका यी चारमध्ये तीन जनालाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्यो भने अधिकारी मन्त्रीको परिचय पत्र देखाउँदै बाहिरिए ।

    मानव तस्करको गिरोहसँग मिलेर सुटुक्क जापान पुगेका अधिकारी जब जापानी अध्यागमनको हिरासतमा परे, त्यसपछि हारगुहार गर्न थालेका थिए । उनले त्यहीँबाट दुई डीआईजी चन्द्रकुबेर खापुङ र राजन अधिकारीलाई म्यासेज पठाएर सहयोगका लागि आग्रह गरे । उम्किन सकिन्छ कि भन्ने उनलाई लागेको हुनसक्छ, तर, उनले सोचेजस्तो भएन । मन्त्री अधिकारी जब फर्किए, आलोचना यति भयो कि, उनले थेग्नै सकेनन् । २१ कात्तिकमा मन्त्री पदबाट राजीनामा दिए । एमाले नेता अधिकारीले पार्टीमा रहेका सबै जिम्मेवारीबाट राजीनामा दिए । यसरी राजीनामा दिएपछि त उम्किन्छु भनेका थिए होलान्, तर, प्रहरीले २५ कात्तिकमा उनलाई विराटनगरस्थित घरबाटै पक्राउ गर्यो र काठमाडौं ल्यायो ।

    मन्त्रिले संगै को को जापान लगेका थिए ?

    मन्त्री अधिकारी प्रक्रिया नपुर्याई जापान हानिएको कारण र पृष्ठभुमि उनको खराब नियत थियो । जुनसुकै तहका सरकारका पदाधिकारी हुन् वा कर्मचारी, विदेश भ्रमण गर्न मात्रै होइन, विदेशीहरुसँग भेटघाटका लागि पनि प्रक्रिया पूरा गर्नुपर्छ । जुन प्रदेश तथा स्थानीय तहको परराष्ट्र तथा कूटनीतिक मामिलासम्बन्धी निर्देशिका २०७५ मा स्पष्ट तोकिएको छ । यो निर्देशिकाको दफा ६ को खण्ड दुईमा भनिएको छ– प्रदेशका कर्मचारी र पदाधिकारीको हकमा विदेश भ्रमण गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने छ । अनि खण्ड ३ मा भनिएको छ– खण्ड २ बमोजिम सहमतिका लागि पराष्ट्र मन्त्रालयमा लेखि पठाउँदा प्रदेश मन्त्रिपरिषदको निर्णयसहित पठाउनुपर्ने छ । स्वयं ऐन, कानूनको वकालत गर्ने मन्त्री अधिकारीले यी कुनै पनि प्रक्रिया पूरा गरेनन् । प्रक्रिया पूरा गरेको भए उनले कूटनीतिक राहदानी पाउँथे ।

    उनले न सरकारी प्रक्रिया पूरा गरे न रातो पासपोर्ट नै लिए । हरियो पासपोर्टमै १५ दिनको भिसा लगाएर जापान गएका अधिकारीमाथि सरकारी प्रक्रिया पूरा नगरेको आरोप त छँदै छ, यो भन्दा पनि दुई ठूला आरोप लागेको छ– सरकारी कागजात किर्ते र मानव तस्करी गरेको । अहिले प्रहरीले यी दुवै आरोपमा छानबिन गरिरहेको छ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ ले, के गर्दा मानव बेचबिखन तथा ओसारपसार हुन्छ अनि के सजाय हुन्छ भनेर व्याख्या गरेको छ । यही ऐनको दफा चार अनुसार ‘किन्ने बेच्ने उद्देश्यले आर्थिक लाभ लिएर अनधिकृत व्यक्तिलाई जापान लैजान खोजेको’ आरोप उनीमाथि छ । नेपालमा मानव बेचबिखन तथा ओसारपसारलाई जघन्य अपराध मानिन्छ र यो कसुर ठहर भएमा अधिकारीले कम्तीमा १० वर्ष जेल बस्नुपर्ने हुन्छ । त्यसमाथि उनी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पच्चीस प्रतिशत सजाय थप हुनसक्छ । अब उनीप्रति यो कसुर कसरी आकर्षित हुन्छ त ?

    खोटाङका दाबा शेर्पा र जनक राई अनि रसुवाका कञ्चन देवकोटा मन्त्री अधिकारीसँगै जापान पुगे । जापान अध्यागमनको हिरासतमा पनि उनीहरु सँगै थिए र उनीहरु चारै जनालाई सँगै नेपाल फर्काइयो । जापानले डिपोर्ट गर्नेमा अर्की एक महिलासमेत रहेको बताइए पनि ती महिला यो टिममा रहे, नरहेको अझै खुलेको छैन । शेर्पा, राई र देवकोटा विमानस्थलमै समातिए । यी तीन जनाको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई पनि पक्राउ गर्यो । गम्भीर कुरा त के छ भने, दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली कार्ड अर्थात परिचय पत्र नै बरामद गरेको छ । जनक राई र कञ्चन देवकोटासँग कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायकस्तरका कर्मचारीको परिचय पत्र थियो, जसमा मन्त्री अधिकारीकै हस्ताक्षर छ । राई र देवकोटा मन्त्री र मन्त्रालयसँग सम्बन्धित व्यक्ति हुँदै होइनन्, अब उनीहरुसँग रहेको परिचय पत्र सक्कली हो वा नक्कली भनेर पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । जापानको अध्यागमन टेकेर फर्केका ३ र उनीहरुको बयानका आधारमा पक्राउ परेका ३ सहित ६ जनासँग प्रहरीले अहिले बयान लिइरहेको छ । प्रहरीका अनुसार उनीहरुले प्रारम्भिक बयानमै जापान जानकै लागि जनही १३ लाख रुपैयाँसम्म बुझाएका छन् । पैसा तिरेकैले उनीहरुले मन्त्रालयको परिचय पत्र पाए, जापानको भिसा पाए । बयानमा उनीहरुले भनेका छन्, पैसा महेश पाण्डेलाई बुझाएको हो । महेशले पनि पैसा लिएको स्वीकारिसकेका छन् । महेशले पैसा उठाउने, मोरङकै गोपाल गौतमलाई बुझाउने अनि गोपालले मन्त्रीसँग सेटिङ मिलाउने, प्रहरीको प्रारम्भिक अनु्सन्धानमा खुलेको तथ्य यही हो ।

    उनी कसरी गिरोहको चंगुलमा परे भन्ने चाहिँ सबैको चासोको विषय हो । प्रहरीको अनुसन्धान र स्वयम् अधिकारीकै भनाइमा पनि उनलाई जापान पुर्याउने योजनाका सुत्रधार हुन्न– मोरङ रतुवामाई ९ का योगराज भनिने गोपाल गौतम । अधिकारीले पत्रकार सम्मेलनमा गौतमको नाम नलिई चिनेजानेकै व्यक्तिले जापान जाने अफर गरेको बताएका थिए । गौतम काठमाडौंमा बस्छन्, ठेक्कापट्टा गर्छन् अनि सिंहदरबारभित्र पहुँच विस्तार गर्छन् । उनले नै टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा जान अधिकारीलाई प्रस्ताव गरेका थिए । अधिकारीले हुन्छ भनिदिए, आफ्नो पासपोर्ट पनि गौतमलाई नै दिए । भिसाको चाँजोपाँजो उनले नै मिलाइदिए । जापान उड्नुअघि कात्तिक १२ गते पनि अधिकारी, गौतम र र पाण्डेबीच भेट भएको थियो । धादिङका महेश पाण्डेले त टोकियोमा हुने कार्यक्रमको नेपालतर्फको अर्गनाइजर आफैं भएको बताएका थिए । जब यो प्रकरण सार्वजनिक भयो, उनै गौतम सम्पर्कविहीन भए ।

    पैसाका लागि के के गर्थे अधिकारी ?

    मानव तस्करी जस्तो गम्भीर आरोपमा पक्राउ पर्ने लीलाबल्लभ अधिकारी को हुन्, धेरैको चासो हुनसक्छ । मोरङ २ को प्रदेशसभा क्षेत्र नम्बर २ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित अधिकारी विवादमा आएको यो पहिलो पटक होइन, अनि तस्करकै पक्षमा देखिएको पनि पहिलो होइन । उनी विराटनगरका स्थापित कानुन व्यवसायी हुन् । अघिल्लो पटक प्रदेशसभा सदस्य रहेकै बेला उनले २०७५ सालमा ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अभियुक्तहरूको पक्षमा बहस गरेका थिए । यो विषयमा प्रदेशसभामै प्रश्न उठ्यो । सुनकाण्डमा अभियूक्तहरुको पक्षमा बहस गरेर आफ्नो मर्यादा बिर्सेको आरोप पनि लाग्यो । यही आरोपमा तत्कालीन मुख्यमन्त्री एवम् एमाले प्रदेशसभा संसदीय दलका नेता शेरधन राईले अधिकारीसँग स्पष्टीकरण नै सोधे । करिव एक वर्ष उनले प्रदेशसभामा बोल्ने समय पनि पाएनन् । प्रदेशसभाको पहिलो कार्यकालमै अधिकारीले विराटनगरमै घर हुँदा पनि प्रदेशसभाबाट घर भाडा लिएको विषय सार्वजनिक भएको थियो । तिनै अधिकारी अहिले त किर्ते र मानव तस्करीको आरोपमा मुछिएका छन् ।

    वैदेशिक रोजगारी नेपालीको रहर होइन, बाध्यता हो । दैनिक दुई हजारभन्दा बढी नेपाली रोजगारीकै लागि विदेशिन्छन् । योसँगै अध्ययन, राम्रो अवसर र धेरै कमाइका लागि विदेश, त्यसमा पनि युरोप, अमेरिका, जापान, कोरिया, अस्ट्रेलिया जान खोज्ने नेपालीको संख्या उत्तिकै छ । हो, यसैमा खेलिरहेका छन्, मानव तस्करहरुले । लाखौं रुपैयाँ लिएर तल्लो बाटो भन्दै युरोप अमेरिका पुर्याउँछन् । कतिको त नपुग्दै इहलीला समाप्त भइसक्छ । मानव तस्करले यतिसम्म गरेका छन् कि नेपाली युवाहरुलाई युक्रेनसँग लड्न रुसी सेनामा समेत पुर्याएका छन् । रुसी सेनामा कति नेपाली मारिए ? त्यहाँ अझै कति छन् ? यसको यकिन तथ्यांक सरकारसँगै छैन । रुसले जे भन्छ, सरकारले त्यही पत्याएको छ । यतिसम्म छ कि, मानव तस्करको गिरोहमा राजनीतिक दलका नेता, मन्त्री, सांसद र सरकारी कर्मचारी पनि संलग्न भएको पाइएको छ । एक वर्षअघि मात्रै प्रहरीले अध्यागमनका ९ कर्मचारीलाई मानव तस्करीको आरोपमा पक्राउ गरेको थियो ।

    गरिब हुनु नेपालीको कमजोरी होइन, नेपालीलाई गरिबीबाट निकाल्न नसक्नु राज्यको कमजोरी हो, राजनीतिक दलहरुको कमजोरी हो, अनि नेताहरुको कमजोरी हो । आर्थिक र भौतिक विकासमा छिमेकी देशहरु कहाँबाट कहाँ पुगिसके । हाम्रो गति र मति सुध्रेकै छैन । नागरिकले राज्यबाट पाउनुपर्ने सुविधा पाउन सकेका छैनन् । निशुल्क सेवाका लागिसमेत घूस खुवाउनुपर्ने बाध्यता छ । रोजगारी सिर्जना त चुनावको नारा मात्रै बनेको छ । चुनावका बेला मतदाता खोज्ने, चुनावपछि सत्ता र भत्तामा मात्रै रमाउने नेताहरुको चरित्रका कारण नेपालीहरु तस्करको फन्दामा पर्नु परेको हो, बेचिनु परेको हो । यो भन्दा दुर्दशा अरु के हुन्छ र ?

    from  टफटक एक्सप्लेनरबाट संम्पादित अंश

    Post Views: 176
    प्रकाशित मिति: २०८१ कार्तिक २७, मंगलवार १०:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.