साउदी अरबमा लामो समयदेखि विभिन्न कारण अबैध बसोवास गरेका र अपराधिक गतिविधिमा संलग्न भएको भन्दै ७१ जना नेपालीलाई देश निकालाको सुचना जारी गरेको छ । साउदी अरबले आफ्नो भाषामा त्यसलाई बहिर्गमन भिसा भनेका छन । त्यसरी बहिगमन भिषा जारी गरेपछि ति व्यक्तिहरुले ६० दिनभित्र साउदी अरेबिया छोड्नु पर्ने हुन्छ । निर्धारित समयमा फिर्ता नभए कानुनी कारबाही हुने व्यवस्था छ । त्यसमा पक्राउ गर्ने , थुनामा राख्ने, वा डिर्पोट गर्नेसम्मका हुने जनाइएको छ ।

नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले नेपालीको बहिर्गमन भिसा जारी गरेको बताइएको छ । जसबाट उनीहरू सहजै रूपमा स्वदेश फिर्ता हुने बाटो खुलेको हो । बहिर्गमन भिसाको बारेमा नेपाली दूतावास रियादले नेपाली कामदारको लागि सूचना जारी गदै बहिर्गमन एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ भने बहिर्गमन भिसा पाएकाले स्वदेश फिर्ताको लागि हवाई टिकट स्वयंले व्यवस्था गर्नु बताईन्छ । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन अफिससँग रहेकाले दूतावासले एक्जिट भिसाको लागि प्रोसेस मात्रै गरिदिने बताइएको छ । यस अघि पनि जेठ १४ गतेका दिन अलपत्र परेका नेपालीहरूका लागि भन्दै साउदी सरकारले १ सय ७६ जना नेपाली कालागि बहिर्गमन भिसा जारी गरेको थियो । साउदीमा ५ लाख भन्दा बढी नेपाल रहेको अनुमान छ ।




