नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् । नेपाल क्यानडाको कुटनीतिक सम्बन्ध स्थापना भएको सन् १९६५ मा हो । कूटनीतिक सम्बन्ध स्थापनाको वरपर संभवत नेपालमा दुतावास स्थापना गर्ने संभावना बढेर गएको छ । त्यसको तयारी तिव्र गतिमा भईरहेको परराष्ट्र मन्त्रालय श्रोतले बतायो ।
क्यानडा सरकारले नेपालमा दुतावास आवश्यक रहेको महशुस गरेको छ । परराष्ट्र मन्त्रालयसम्बद्ध श्रोतका अनुसार गत सेप्टेम्बरमा परराष्ट्रमन्त्रि आरजु राणा देउवाले क्यानडा भ्रमण गरेर नेपालमा दुतावास खोल्न पहल गरेपछि सकारात्मक भएको र त्यसको तयारी दु्रत गतिमा अगाडी बढेको बताईन्छ । परराष्ट्रमन्त्रि राणाले क्यानडाका विदेशमन्त्रि मेलानी जोलीसंग सेप्टेम्बर १९ मा भेट गरी नेपालमा सानो आकारको भएपनि दुतावास आवश्यक भएको आग्रहलाई निकै सकारात्मक रुपमा स्वीकार गरिएको थियो । पहिलेदेखि नै नेपालमा दुतावास चाहिने विषयमा विभिन्न तवरबाट कुराहरु उठे पनि परराष्ट्रमन्त्रि राणाको भेटपछि ठोस आकार पाउने संभावना बढेर गएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा र क्यानडाली विदेशमन्त्री मेलानी जोलीबीच ओटावामा भएको द्विपक्षीय भेटवार्तामा राखेको प्रस्तावपछि क्यानेडेली सरकार नेपालमा दुतावास सकारात्मक भएको हो श्रोतको दावी छ । क्यानेडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा सेप्टेम्बरमा क्यानाडा पुगेको बेला नेपालमा क्यानडाको दुतावास राख्न आवश्यक भएको स्प्ष्ट पारेकी थिईन । ‘अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थी बढी रहेको, बषेनी ५ हजारभन्दा बढी पर्यटकहरु नेपाल भ्रमण गर्न थालेको, त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको सन्र्दभ जोड्दै परराष्ट्रमन्त्रि राणाले क्यानाडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ भनी समकक्षि जोलीसंग अनुरोध गरेकी थिईन । परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानाडाली दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिएकी थिइन् ।

भेटघाटका क्रममा द्विपक्षीय सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । विदेशमन्त्रि जोलीले नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानाडाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिईन ।
क्यानडा सन् १९५२ देखि कोलम्बो योजनामा सामेल भएदेखि नै नेपालको विकास साझेदार रहदै आएको असल मित्र राष्ट्र हो । अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरुलाई क्यानडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ । आधिकारिक द्विपक्षीय सहायता क्यानाडाली अन्तर्राष्ट्रिय विकास एजेन्सीमार्फत १९७० मा सुरु भयो । क्यानाडाको सहयोगले मुख्यतया उड्डयन क्षेत्रलाई बलियो बनाउन योगदान पु¥याएको छ भने जलविद्युत, ऊर्जा, फोहोर पानी व्यवस्थापन, सिँचाइ, पूर्वाधार विकास, ग्रामीण विकास, यातायात, दूरसञ्चार, स्वास्थ्य, शिक्षा, भौगोलिक सर्वेक्षण, कृषि, गरिबी निवारण, खाद्य सुरक्षा र अन्य क्षेत्रमा क्यानडाको नेपालमा सहायता केन्द्रित छ । अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरुलाई क्यानडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ ।
क्यानडा र नेपालबीच दिगो, असाधारण र लामो समयदेखिको सम्बन्ध रहेको भए पनि द्विपक्षीय व्यापारमा पनि सामान्य रहेको छ । तर, दुई देशबीच व्यापार विस्तारको प्रचुर सम्भावना छ । क्यानडामा नेपाली उत्पादनका लागि उपलब्ध करमुक्त बजार पहुँच नेपाली निर्यातकर्ताहरूले उपयोग गर्न सक्नेछन् । द्विपक्षीय व्यापार प्रवद्र्धधनका लागि दुवै देशका व्यापार संगठन र उद्यमीहरूले महत्वपूर्ण कदम चालेका छन् । मे २०१३ मा, नेपाल उद्योग वाणिज्य महासंघ र इन्डो(क्यानेडियन बिजनेस चेम्बरले क्यानडा (नेपाल व्यापार कार्यकारी समितिको स्थापना गर्न व्यापार सम्बन्धलाई बढावा दिने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । गतिशील उद्यमीहरुको पहलमा क्यानडामा पनि क्यानडा–नेपाल बिजनेस काउन्सिल र फेडरेशन अफ क्यानडा–नेपाल च्याम्बर अफ कमर्स जस्ता संस्थाहरु गठन भएका छन् ।
नेपाल क्यानाडाली पर्यटकका लागि आकर्षक गन्तव्य पनि हो क्यानडाबाट बर्षेनी ४ हजार भन्दा बढी पर्यटक नेपा भ्रमणमा जाने गरेका छन । भौगोलिक दूरीका बावजुद क्यानडाबाट नेपाल आउने पर्यटकको संख्या सधैं बढ्दै गएको छ । सन २०२२ बाट भरात र क्यानडा विवाद शुरु भएदेखि नै नेपालमा पुन दुतावास खोल्न प्रयास भएको हो ।



