• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका र मेक्सिकोको सीमामा ४७ हजार अबैध आप्रबासी पक्राउ

  •  
  • २०८१ मंसिर २१, शुक्रबार ११:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जिते लगत्तै मेक्सिको र क्यानडा बोर्डरबाट अमेरिका छिर्ने अबैध आप्रवासीको सख्यामा कमी आएको अमेरिकी सिमा अधिकारीहरुले बताएका छन । नोभेम्बरमा मेक्सिको र क्यानडासँगको संयुक्त राज्य अमेरिकाको सिमाना पार गर्ने गैरकानुनी रूपमा पक्राउ परेका आप्रवासीको संख्या घटेको एक वरिष्ठ अमेरिकी सीमा अधिकारीले रोयटर्सलाई भनेको समाचार प्रकासित भएको छ । अघिल्लो महिनाको तुलनामा अमेरिकी सीमा गस्तीले नोभेम्बरमा अवैध रूपमा संयुक्त राज्य अमेरिका–मेक्सिको सीमा पार गर्ने लगभग ४७ हजार आप्रवासीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार, अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीले भने, यो संख्या अक्टोबरमा झण्डै ५७ हजारबाट घटेर ४७ हजारमा सीमित भएको हो । यो सख्या जुलाई २०२० पछिको सबैभन्दा कम मासिक कुल सख्या हो ।

    क्यानाडासँगको सिमानामा, करिब ७०० आप्रवासी अवैध रूपमा पार गर्दै गर्दा गत हप्ता पक्राउ परेका थिए, जुन अक्टोबरमा १,३०० भन्दा कम थियो । गत हप्ता एक ट्रुथ सोशल पोष्टमा, ट्रम्पले मेक्सिको र क्यानडाका सबै सामानहरूमा २५% शुल्क लगाउने वाचा गरेपछि दुवै देशका प्रमुखहरुले अबैध आप्रवासीलाई रोक्न राष्ट्रपति ट्रम्पसंग सहमति जनाएका छन । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले ट्यारिफले दुबै देशका लागि गम्भीर नतिजा ल्याउने भन्दै संभवभएसम्म अबैध आप्रवासी रोक्ने वचन दिएकी थिईन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत शुक्रबार ट्रम्पसँग उनको फ्लोरिडास्थित मार–ए–लागो निवासमा भेट गर्दै अबैध आप्रवासी घुसपैट रोक्ने प्रतिवद्धता जनाएका हुन । ट्रम्पको चेतावनीपछि मेक्सिको सीमामा आप्रवासीहरूको अमेरिकी गिरफ्तारीमा नाटकीय रूपमा गिरावट आएको समाचार माध्यमहरुले जनाएको छ ।

    त्यसपछि अध्यागमन प्रवर्तनलाई तीव्र पार्दै अमेरिका जाने बाटोमा लाखौं आप्रवासीहरूलाई रोकेको जनाइएको छ । मेक्सिकोमा १०० माइल (१६१ किलोमिटर) उत्तरमा अमेरिका हिडेका आप्रवासीका समुहहरु मेक्सिको सरकारले रोक्न थालेको अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीले बताएका छन ।

    Post Views: 148
    प्रकाशित मिति: २०८१ मंसिर २१, शुक्रबार ११:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.