• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा नेपाली विधार्थी उहिलेदेखि अहिलेसम्मः ३० बर्षमा २ लाख ३३ हजार

  •  
  • २०८१ मंसिर २४, सोमबार १०:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल

    अमेरिकामा रहेका नेपाली समुदाय अमेरिकामा बस्ने विश्वका अरु देशहरुको तुलनामा नेपाली समुदाय पनि ठुलोमध्ये एक हो । सबैभन्दा धेरै नेपाली समुदाय भारतमा छन् ३० लाखभन्दा बढी । भारतमा नेपाली बसाइसराईको लामो इतिहास छ । नेपाल र भारतबीच खुला सिमाना भएका कारण नेपाली र भारतीयहरूले स्वतन्त्र रूपमा सीमा पार गर्न सक्नेछन् । मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत, जापान, दक्षिण कोरिया, बहराइन र हङकङ जस्ता केही एसियाली देशहरूमा र केही गैर–एसियाली देशहरूमा पनि ठूलो संख्यामा नेपाली समुदाय ठुलो सख्यामा भेटिन्छन् । संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडा आदीमा पछिल्लो दशकहरुमा नेपाली समुदाय तिब्रतर रुपमा बढी रहेको तथ्यांकहरुले देखाउँछ ।

     


    अमेरिकी अध्यागमन तथ्याङ्कले नेपाललाई एसिया अन्य वर्गमा राखेको हुनाले कतिपय तथ्यांक भेटिन्न । सन् १९५० भन्दा पहिले कुनै नेपाली अमेरिकामा बसाइँ सरेका थिए वा थिएन् भन्ने तथ्यांकमा भेटिन्न । त्यतिखेरको अवस्थामा नेपाल सरकारकोे विदेश नीतिका कारण प्रतिवन्धका कारण संयुक्त राज्य अमेरिकासँगको कूटनीतिक सम्बन्धको अभाव कारण सन् १९४७ सम्म नेपालीहरू अमेरिका आउन सकेका थिएनन् । अमेरिकामा नेपालीहरुको अध्यागमनको अभिलेख सन् १९५६ बाट सुरु भएको अमेरिकी सरकारी तथ्यांकले देखाउँछ । त्यस वर्षमा एक जना मात्र नेपाली आप्रवासी अमेरिका आएको देखिन्छ । १९६८ देखि १९८६ सम्म, प्रत्येक वर्ष दस भन्दा कम नेपालीहरू अमेरिकामा आएको तथ्यांक छ । १९८३ देखि १९८६ सम्म, नेपाली आप्रवासीको वार्षिक संख्या १०० भन्दा कम थियो र विस्तारै नेपाल अमेरिका सम्बन्धमा कारण बढ्दै गएको देखिन्छ । करिब आधा शताब्दीमा मात्र ४७ सय ७८ नेपालीहरू अमेरिकामा आप्रवासीका रुपमा आएको देखिन्छ ।

     

    बिसौ शताब्तिपछि एक्काइसौं शताब्दीमा मात्रै नेपाली अध्यागमनले तीव्रता पाएको देखिन्छ । नेपाली आप्रवासीको संख्या सन् २००० अघिको अवधि (१९५६–१९९९) देखि २००० पछिको अवधि (२०००–२०२२) सम्म ३३ सय ९५ गुणा बढेको तथ्यांकमा देखिन्छ । विगत सात दशकमा कुल १ लाख ७२ हजार ९६ संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका देखिन्छ । पछिल्लो ३ बर्षमा कति बढे त्यो भने यहाँ उल्लेख छैन । यहि जन्मेका, विधार्थीका रुपमा आएर पछि आफ्नो परिवार नै यहि बसको र बसाई सरेकाहरुको तथ्यांक केलाउँदा अमेरिका नेपालीको संख्या ३ लाखभन्दा बढी रहेको बताईन्छ । जब अमेरिका विधार्थीहरु पढ्न आउन थाले त्यसपछि अमेरिका बसाई सर्ने नेपालीको सख्या पनि दोब्बरका दरले बढेको तथ्यांकले बताउँछ ।

    अन्तर्राष्ट्रिय विद्यार्थीहरू आप्रवासी होइनन्, तर तिनीहरू अध्यागमनको महत्वपूर्ण स्रोत हुन् । किनभने धेरै विद्यार्थीहरूले अमेरिकामा रोजगारी पाएपछि आफ्नो गैरआप्रवासी स्थितिलाई आप्रवासीमा समायोजन गर्छन् । त्यसको प्रतिशत ८० भन्दा बढीमा गनिन्छ । त्यसमा पनि नेपाली विधार्थीहरु अमेरिका पढाई सकेर नेपाल फर्किएको कुनै तथ्यांक छैन । यसको मतलव त्यो एक प्रतिशतमा पनि छैन । अर्कोतर्फ अमेरिका अध्ययन गर्न आएकाहरु आफ्नो पढाई सकेपछि रोजगारी र अन्य माध्यमबाट यहि आधिकारिक रुपमा बसेका छन । यो विशेष गरी संयुक्त राज्य अमेरिकामा नेपाली विद्यार्थीहरूको लागि सत्य हो । अमेरिकी विश्वविद्यालयहरूमा भर्ना भएका नेपाली विद्यार्थीहरूको संख्या शैक्षिक वर्ष १९९५–१९९६ मा १२ सय १९ बाट २०२३–२०२४ मा १६ हजार ७ सय ४२ सम्मको उतारचढाव हेर्दा तथ्यांकले ११ गुणाले बढेको देखाएका छ ।

    ३० बर्षमा अमेरिका पढ्न आउने नेपाली विधार्थीहरु निकै ठुलो फड्को मारेको देखिन्छ । इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेशन र ओपन डोर्सका अनुसार सन् २०२४ मा अमेरिकी उच्च शिक्षामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्याका आधारमा नेपाल १० औं अग्रणी देशको सुचिमा परेको छ । सन् १९९५–१९९६ देखि २०२३–२०२४ सम्म संयुक्त राज्य अमेरिकामा नेपाली विद्यार्थीको कुल संख्या २ लाख ३३ हजार ७ सय १७ पुगेको छ । ओपन डोरको ७५ बर्षको तथ्यांकमा अमेरिकामा अहिलेको अन्तर्राष्ट्रिय विधार्थी सख्या हालसम्मकै उच्च र विश्वमा सबैभन्दा धेरै विधार्थी भित्र्याउने देश बनेको छ । यो सख्या सन २०२३ को तुलनामा ७ प्रतिशत बढेर ११ लाख २६ हजार ६९० पुगेको हो । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्र्तराष्ट्रिय विधार्थीलाई पढाई सकेपछि ग्रीनकार्ड दिने बाटोमा लैजाने प्रस्तावले अर्को बर्ष अझै बढ्ने देखिन्छ । अबैध आप्रवासीलाई रोकेर विधार्थीलाई ग्रिनकार्डको बाटोमा लगी दक्ष जनशक्तिलाई अमेरिका भित्र्याउने ट्रम्पको उदेश्य देखिन्छ । यो कार्यान्वयनको चरणमा आउन भने समय लाग्ने छ ।

    Post Views: 273
    प्रकाशित मिति: २०८१ मंसिर २४, सोमबार १०:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.