• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका लैजान दलालले प्रयोग गर्ने रुटका देशहरुद्धारा नेपालीलाई भिसा दिन बन्द !

  •  
  • २०८१ पुष ७, आईतवार १२:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल,

    अमेरिका लैजान दलालहरुले प्रयोग गर्ने बाटोमा पर्ने केहि देशहरुले नेपाली नागरिकलाई दिंदै आएको अन अराइभल भिषा कतै बन्द त कतै कठिन बनाएको छ । मेक्सिको हुँदै अमेरिका आउने मुख्य बाटोको रुपमा दलालीले प्रयोग गर्ने कारण ईथोपिया, एल सल्भाडोर, घाना, तान्जानीय, जम्बिया, मोरक्को, ब्रुकिनाफासो, ग्वाटेमाला, पेरु, ब्राजिल, चिली, निकारागुवा, पानमा जस्ता देशहरुबाट मानव तस्करी गर्ने बाटो बनाउने गरेका कारण भिषामा कडाई गरेका हुन । पेरु र चिली पुगेका नेपालीहरु स्थलमार्ग हुँदै निकारागुवाबाट ग्वाटेमाला हुँदै मेक्सिको पुगेको बताईन्छ । यता अफ्रिकन मुलुक नाईजेरिया, केन्या पुगेका नेपालीहरु अमेरिका जाने बाटोको रुपमा प्रयोग गरेको आधारमा दर्जन भन्दा बढी नेपाली जेलमा रहेको बताईन्छ । कतिपय अवस्थामा अफ्रिकामा रहेका गैरआवासिय नेपालीहरुले त्यसरी जेलसम्म पुगेका नेपालीलाई नेपाल फर्काउन सहयोग गर्ने गरेका छन । विभिन्न बाटोबाट नाईजेरिया पुर्याइएका नेपालीलाई दलालले गाँउतिर लगेर एउटा घरमा राख्ने अनि अनुकुल नभएसम्म लुकाउने र अनुकुल समयमा त्यहाँबाट सर्ने गर्दै आएको नाईजेरिमा रहेका नेपाली समाजसेवी हिम्मत थापाले खबरमालालाई बताए । कुनै समय केहि नेपाली नाईजेरियाको जेलमा पनि थिए । थुप्रै पटक सहयोग गरेको कारण अहिले ती दलालहरुले हामीले थाहा नपाओस भन्नका लागि दुर्गम स्थानहरुमा लगेर राख्ने गर्दै आएका छन । गैरआवासिय नेपालीहरुको समुहले पटक पटक अफ्रिकी मुलुकमा पुगेका नेपालीलाई सहयोग गर्दै आएको पनि छ । जब ती दलालहरुले नेपालीले थाहा पाएमा सहयोग गरेर नेपाल फर्काउँछ भन्ने थाहा पाउछन उनिहरुले लोकेसन नै परिवर्तन गर्ने गरेको पाइएको छ ।


    पछिल्लो समय इथियोपियाले नेपालीलाई भिसा दिन बन्द गरेको छ । अफ्रिकी देश इथियोपियाले पनि नेपालीलाई भिसा दिन रोकेपछि नेपालले कुटनीतिक रुपमा आफ्नो अवस्था मापन गर्नुपर्ने बेला भएको आवाज उठ्न थालेको हो । शब्दकोषमा विश्वकै गरिब देश भनेर चिनिने इथियोपियाले पनि भिषा दिन छाडेपछि कारण जे खोजे पनि मानव तस्कर तथा दलालहरूले अमेरिका प्रवेशका लागि इथियोपियालाई प्रयोग गर्दै तल्लो बाटो’ भएर अमेरिका जाने सपना बोकेर नेपालीहरू पनि केही समय अघिसम्म यही देश छिर्ने गरेकाले यस्तो निर्णय लिन थालेको बताईन्छ ।

     


    आफ्नो देश ‘मानवतस्करी मार्ग’ बन्न थालेपछि युरोपेली युनियन र संयुक्त राष्ट्रसंघबाट सहयोगका लागि ‘डिल’ गर्न इथियोपियालाई अप्ठ्यारो परेपछि अहिले आफ्नो आप्रवासन नीतिमै कडाइ गरेको जनाएको छ । इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदुत सुशीलकुमार लम्सालका अनुसार नेपालीलाई सहजै ई–भिसा दिने इथियोपियाले केही महिनायता रोकेको बताए । तर कुनै औपचारिक निर्णय गरेर रोकेको आफ्नो जानकारीमा नभएको राजदुत लम्सालले बताए । दुतावासकोतर्फबाट भिषा सहज बनाउन आग्रह गरिएको छ । पर्यटन भिसामा इथियोपिया प्रवेश गर्ने नेपालीको संख्या वार्षिक हजारको हाराहारीमा हुन थालेपछि त्यहाँको सरकारले खोजवीन गरेर अमेरिका जाने बाटोको रुपमा प्रयोग गरेको आशंकामा अहिले भिसा नै दिन बन्द गरेको हो ।

    तल्लो बाटो अमेरिका हिँडेका नेपाली भिजिट भिसामा यूएई हुँदै इथियोपिया पुगेर त्यहाँ एजेन्टमार्फत ल्याटिन अमेरिका पस्ने गरेका छन । राजदूत लम्सालका अनुसार अवैधानिक रुपमा ईथोपिया बसेका सन् २०२३ मा ५–७ जना नेपाली जेलमै परेका थिए । २०२३ जनवरीमा भारतको जयपुर अन्तर्राष्ट्रिय विमास्थल प्रयोग गरी एजेन्टले इथियोपिया हुँदै दुबई लैजान लागेका १२ नेपाली महिलालाई नयाँ दिल्लीस्थित नेपाली दूतावासको आग्रहमा त्यहाँको प्रहरीले उद्धार गरेको समाचर प्रकासित भएको थियो ।
    त्यसैगरी ब्राजिलमा केहि महनिाअघि ठुलो सख्यामा नेपालीहरु एयरपोर्टमा पक्राउ परेपछि अहिले व्यापारिक प्रयोजन वा केहि पर्यटकीय हैसियतमा बाहेक नेपाली नागरिकले भिषा पाउन छाडेको छ । ब्राजिल पुगेपछि अमेरिका छिर्न कोलम्बीया, निकारागुवा हुँदै ग्वाटेमालाबाट मेक्सिको पुग्ने गरेका छन । जसको कारण यस अघि जति सहज रुपमा ब्राजिलले भिषा दिंदै आएको थियो त्यसको तुलनामा निकै कडाई हुन थालेको ब्राजिलका लागि नेपाली राजदुत निर्मल काफ्लेले बताएका छन । प्रायजसो दलालले अप्रिलकी मुलुकमा पुर्याएपछि फाईटमा ब्राजिल लैजाने गर्दछन । ब्राजिल पुगेपछि भने त्यहाँबाट मेक्सिको उडाएर लैजान नसके पनि गाडीबाट लैजाने गर्दछन । एकातिर अमेरिकाले मेक्सिको हुँदै आउने बाटोमा पर्ने हरेक देशहरुसंग कडाईको लागि विभिन्न तहमा सहमति गरेका कारण पानमा, कोलम्बिया, मक्सिको, निकारागुवा, ग्वाटेमाला जस्ता देशहरुले अबैध आप्रवासीले प्रयोग गर्ने बाटोहरु नष्ट गर्न थालेका छन ।

    अमेरिका जाने मुख्य द्धार मानिएको कोलम्बियाबाट पानमाको डारियन जंगल पार गर्ने क्रममा ठुलो सख्यामा आप्रवासीको मृत्यू हुने गरेको छ । पानामा सरकारले डारियन क्षेत्रमा धेरै मार्गहरू बन्द गरेको छ र अमेरिकाको आर्थिक सहयोगमा आप्रवासीहरूलाई चार्टर्ड उडानबाट फिर्ता पठाउन थालेपछि आवज जावत कम भएको जनाएको छ ।
    गत बर्ष मात्रै जंगलको बाटो हुँदै अमेरिकातर्फ गएका ५५ जना आप्रवासीकोे मृत्यु र १८० जना बालबालिका अलपत्र रुपमा छाडिएको भेटिएको पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले बताएका छन । साथै मृतकहरूमा वर्षायाममा नदी पार गर्ने क्रममा डुबेका थप १० जना पनि रहेका छन् । यसरी मुख्य रुपमा अफ्रिका होस वा ल्याटिन अमेरिकी मुलुक जताबाट भए पनि अमेरिका जाने क्रममा प्रयोग हुने बाटोका देशहरुसंग अमेरिकी सरकारले कडाईका लागि सहमति गर्दै आएका छन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डानोल्ड ट्रम्पले सत्तारोहण पुर्व नै ती देशहरुले अवैध आप्रवासी रोक्ने कार्यमा मद्दत गर्न आग्रह गरी सकेका छन । धेरै देशहरुले त्यसतर्फ काम पनि शुरु गरी सकेको जनाएका छन ।

    एकातिर कमजोर कुटनीति अर्कोतर्फ दलालमार्फत अमेरिका लैजाने क्रममा नेपालीहरु पक्राउ पर्न थालेपछि ति बाटोमा पर्ने देशहरुले नेपालीलाई सहजै दिंदै आएका भिषा प्रक्रियामा कडाई गर्न थालेको छ । त्यसो हुँदा जायज कामको लागि यात्रा गर्ने नेपालीहरुले पनि कठिनाई भोग्नु परेको ति देशहरुमा रहेका नेपाली कुटनीतिज्ञहरुले बताएका छन ।

    Post Views: 148
    प्रकाशित मिति: २०८१ पुष ७, आईतवार १२:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.