• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सादगी नेता भट्टराईको नाममा बन्दैछ म्युजियम भवन

  •  
  • २०८१ पुष ९, मंगलवार ०६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    २०६७ फागुन २० गते देह त्यागेका नेता भट्टराईले सादगी र निष्ठावान नेताको छाप छाडेका छन् । तिनै सादगी नेताको मृत्युपछि भने विराटनगरमा भवन बन्दैछ। सन्तनेताको सम्झनामा विराटनरगको कञ्चनबारीमा ६ तल्ले भव्‍य महल निर्माण भइरहेको हो।

    विराटनगर महानगरपालिका -४ कञ्चनबारी चोकबाट पश्चिम बस्ताखोला किनारमा सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले भवन निर्माण गरिरहेको हो । फाउन्डेशनका अध्यक्ष कांग्रेस नेता रमेशजंग रायमाझी हुन्।

    रायमाझीका अनुसार नयाँ पुस्तालाई कृष्णप्रसाद भट्टराईको योगदान पढाउने उद्देश्यले भवन निर्माण गरिएको हो । भवनमा हल, म्युजियम र गेष्टहाउस रहनेछन् ।

    ‘हिजो योगदान गरेकाहरुको नाममा इतिहास लेखिएका छन्, प्रतिष्ठान बनेका छन्, हामीले सन्तनेताको योगदानलाई जीवित राख्नका लागि काम गरिरहेका छौं,’उनले भने,‘ यहाँ सन्तनेताले प्रयोग गर्नु भएको सामग्री म्युजिएम बनाएर राख्छौं ।

    उनका अनुसार सन्तनेताका बारेमा तयार पारिएको डकुमेन्ट्री पनि भवनमा देखाइनेछ । यो भवन २०८२ को फागुनमा उद्घाटन गर्ने योजना रहेको रायमाझीले बताए । करिब  १ बिघा क्षेत्रफलमा निर्माण भइरहेको प्रतिष्ठानको सम्पूर्ण काम सकिंदा १५ करोड हाराहारी खर्च हुने उनले बताए ।

    ‘अहिले लगभग ७ करोडजति खर्च भइसकेको होला, ६ तलाको छत ढलाइ भइसक्यो, फिनिसिङ हुँदैछ,’ उनले भने,‘सरकारी लगत अनुसार हो भने ३५ करोड हाराहारी लाग्ला, तर हामी १५ करोडभित्र निर्माण सक्छौं।’

    यो संरचना निर्माणका लागि प्रदेश र संघीय सरकारले वार्षिक रुपमा बजेट विनियोजन गरिरहेका छन् । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १ करोड र संघीय सरकारले करिब ३ करोड विनियोजन गरेको उनले बताए ।

    सन्तनेता भट्टराईको आज १०१औं जन्मजयन्ती हो। विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट बाहिरिंदा एउटा ट्याङ्का, सुराही र छाता लिएर डेरामा फर्किएका थिए ।

    Post Views: 226
    प्रकाशित मिति: २०८१ पुष ९, मंगलवार ०६:५७
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ५. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.