• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुन:स्थापना गर्न माग

  •  
  • २०८१ पुष १०, बुधबार १०:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ –  काठमाडौंमा दुई दिनसम्म चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्थापना गर्न माग गरेको छ।

    नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोन  लगायत समग्र ॐकार धार्मिक संघसंस्थाहरु आयोजक रहेको सम्मेलनको संयोजन विश्व ॐकार  एकता महाभियानले गरेको थियो । सम्मेलनमा विश्व ॐकार एकता महाभियानका संयोजक डा. चिन्तामणि नाथ योगीले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागलाई विशेष प्रस्तावको रुपमा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सम्मेलनले ध्वनि  मतले पारित गरेको थियो ।

    चाबहिलमा २ दिनसम्म चलेको   सम्मेलनले सरकारसमक्ष  नेपालमा भएका मठ, मन्दिर, गुठी, गुम्बा लगायतका धार्मिक धरोहरहरु सम्बन्धित धार्मिक समुदायको व्यवस्थापन र नेतृत्वमा मात्र सञ्चालन गर्नु पर्ने,  ती क्षेत्रमा सनातन धर्म इतरका व्यक्ति र राजनीतिक नियुक्ति बन्द गर्नुपर्ने लगायतका १३ बुँदे मागहरु समेत राखेको छ ।

    एकादशी र औंसी जस्ता मुख्य तिथिपर्वहरुमा देशभित्र सबै किसिमका हिंसा बन्द गर्ने र मास–मदिरा पसल बन्द हुनुपर्ने, ॐकार परिवारको धार्मिक आस्थाका केन्द्रहरु आश्रम, मठमन्दिर, लगायतका सबै क्षेत्रलाई  करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने, स्थानीय कृषि प्रणाली र गौवंश संरक्षणका लागि सामुदायिक वनमा गौचरण क्षेत्र अनिवार्य छुट्याउनुपर्ने माग पनि सम्मेलनले राखेको छ ।

    यसैगरी सरकारी कामकाजमा नेपाली भाषा प्रयोग गर्नुपर्ने, सवारी साधन अनुमतिपत्र (लाइसेन्स), बैंकमा पैसा राख्दा दिने अभिलेख लगायत विदेशी भाषा र संवत्मा दिने कार्य गरिएकाले राष्ट्र बैंकबाटै सुधार गर्नुपर्ने, सरकारी कर्मचारी र सरकारको संरक्षणमा सन्चालित मठमन्दिर र कोष आदिमा कार्यरत कर्मचारी वा धार्मिक गुठी प्रतिनिधिले सम्बन्धित परम्परा अनुसारको स्वदेशी भेषभूषा अनिवार्य लगाउनुपर्ने माग सम्मेलनले राखेको छ ।

    सम्मेलनले नेपाल सरकार लगायत सम्बन्धित समुदायले सन्चालन गरेको मठमन्दिर, आश्रम, गुठी र गुम्बाको आम्दानी पाठशाला, गौशाला, यज्ञशाला, औषधालय, भोजनालय, पुस्तकालय जस्ता विषयमा मात्र खर्च गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ ।

    साथै सम्मेलनले अबदेखि हरेक वर्ष असोज ३ गते अन्न ग्रहण नगरी ‘व्रत आन्दोलन’को रुपमा मनाउने निर्णय गरेको  छ । सोही दिन नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो।   नेपाल धर्मसापेक्ष नभएसम्म असोज ३ गतेको दिन अन्न ग्रहण नगर्ने र व्रत आन्दोलनको रुपमा मनाउने निर्णय भएको बतायोजकहरुले जनाए ।

    नेपाल  हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको अल्पकालीन र दीर्घकालीन कार्यक्रम अघि बढाउन आवश्यक रकमका लागि सकेसम्म ठूलो अक्षयकोष स्थापना गर्ने, धार्मिक विवादहरुमा अन्तिम निर्णय दिन धर्माचार्यहरुको सहभागितामा धर्मसभा गठन गर्ने, ॐकार परिवारहरुको साझा आस्थाको केन्द्र विश्व सनातन हिन्दु महासभा गठन गर्ने लगायतका ९ बुँदे निर्णय सम्मेलनले गरेको छ ।

    सम्मेलनमा देशभरका २०० बढी ॐकार धार्मिक संघसंस्थाका गुरु तथा अगुवाहरु सहभागी थिए ।  सम्मेलनमा गलेश्वर पीठका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश डा. रमणानन्द गिरी, केदारेश्वर पीठका पीठाधीश डा. स्वामी चितघन चैतन्य, ब्यासाचार्य किशोर कुमार गौतम, पुष्पराज पुरुष, प्राचार्य भोलानाथ योगी  लगायत सहभागी थिए । कार्यक्रममा डा. चिन्तामणि नाथ योगी, मोहन लामा रुम्बा, आदि ज्ञान केन्द्रका सूर्य माखिम र डा. बासुदेवकृष्ण शास्त्रीले  कार्यपत्र प्रस्तुत गरेका थिए  ।

    Post Views: 154
    प्रकाशित मिति: २०८१ पुष १०, बुधबार १०:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.