• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सबा खर्ब लिएर २ लाख विधार्थी विदेश पढ्न गए

  •  
  • २०८१ पुष १२, शुक्रबार ०९:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुलुकमा देखिएको रजानीतिक अस्थिरता र बढ्दो निराशाका कारण युवा पुस्ताका अधिकाक्ष मानिसहरु आफ्नो भविश्यको चिन्ता गर्दै अध्ययन गर्न देश बाहिर जानेक्रम दिनप्रतिदिन बढेर गएको छ । दिनहुँ एयरपोर्टमा देखिने ताँती विधार्थी मात्रै होईनन, त्यसमा त्यो भन्दा ठुलो समुह कामका लागि विदेसिनेहरु पनि छ । यो ताँती हेर्दा लाग्छ देश विदेशतिरै गईरहेको छ ।

    आर्थिक वर्ष २०८०-८१ मा नेपालबाट विदेश अध्ययन गर्न जानेहरूले नेपालबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ लिएर गएको नेपाल राष्ट्र बैकको विवरणमा उल्लेख छ । त्यो अघिल्लो वर्षको भन्दा करिब एक चौथाइको वृद्धि हो । यो बृद्धि हुने क्रम विगत एक दशकदेखि निरन्तर उकालो लागि रहेको छ । पछिल्ला दुई वर्षमा त्यस्तो कारोबार एक खर्ब रुपैयाँभन्दा माथि रहेको केन्द्रीय ब्याङ्कको विवरणमा देखिन्छ । आर्थिक वर्ष २०८०-८१ मा १ लाख ८८ हजार ६६१ जना र आर्थिक वर्ष २०७९-८० मा १ लाख ९७ लाख ५२१ जनाले एनओसीको लागि मन्त्रालयमा निवेदन दिएको तथ्यांक छ ।

    वैदेशिक अध्ययनका लागि ठूलो रकम बिदेसिन थालेपछि विदेशी मुद्रा सञ्चितिमा दबाव पर्ने र मानवपुँजीको पलायनको चुनौती बढ्ने अर्थसम्बन्धी जानकारहरूले चेतावनी दिन थालेका छन । दैनिक औसतमा पाँच सय नेपालीहरूले विदेश जानका लागि ’नो अब्जेक्शन लेटर’ (एनओसी) लिने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
    पछिल्लो सरकारी विवरणमा धेरै विद्यार्थी जाने मुख्य देशमा क्रमशः अस्ट्रेलिया, जापान, यूके, क्यानडा, अमेरिका, दक्षिण कोरिया र भारत छन् । चालु आर्थिक वर्षका सुरुका पाँच महिनामा ७२ हजार ३१२ जनाले ’एनओसी’ लिएका छन् । आखिर यति धेरै विदेश किन जाँदैछन त भन्नेमा स्वदेशमा अध्ययन गरेर रोजगारीको सुनिश्चिता छैन भने अर्कोतर्फ पढेलेखेकाहरु पनि क्षमताको कदर नहुने चरम राजनीति र आफन्तबादका कारण बाध्यतामा विदेशसिएका छन । मुलुकमा देखिएको दण्डहिनता, आफन्तवाद, महंगी बढ्दो बेरोजगारी र चरम निरासालाई सरकारले सम्बोधन गर्न नसकेसम्म यो क्रम बढ्ने देखिन्छ । यो रकम हेर्दा रेमिट्यान्सबाट चलिरहेको देश त्यहि रेमिट्यान्स रकम आफ्ना छोरा छोरी रआफन्त पढाउन विदेश पुग्न थालेको हो ।

    Post Views: 205
    प्रकाशित मिति: २०८१ पुष १२, शुक्रबार ०९:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.