• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी न्यायलयमाथी त्रास, हिंसा र गलत सूचनाले न्यायिक स्वतन्त्रता जोखिममा:  प्रधानन्यायधिष जोन रोबटर्स

  •  
  • २०८१ पुष १८, बिहीबार ०३:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले हिंसा, त्रास, गलत सूचना र वैध अदालतका निर्णयहरूलाई अस्वीकार गर्ने धम्कीहरूले न्यायिक स्वतन्त्रतालाई गम्भीर खतरा पु¥याइरहेको बताएका छन । वर्षको अन्त्यमा प्रकाशित एक गम्भीर प्रतिवेदनमा, रोबट्र्सले अमेरिकाको बढ्दो ध्रुवीकृत राजनीतिक वातावरणमा न्यायाधीशहरूले सामना गरिरहेका धम्कीहरूको लामो सूचीप्रति चिन्ता व्यक्त गर्दै “यी चुनौतीहरूले कानूनी शासनलाई जोखिममा पारिरहेको छ ” बताएका छन ।
    रोबट्र्सले लेखेका छन्, “न्यायाधीशहरूले आफ्नो काम गर्ने क्रममा हिंसाको सामना गर्नु पर्ने कुनै स्थान हुनुहुन्न ।” उनले थप चार प्रकारका गैरकानूनी गतिविधिहरू उल्लेख गरेका छन्, जसले न्यायाधीशहरूको स्वतन्त्रतालाई खतरा पु¥याइरहेको छ । यी चार क्षेत्रहरूमा हिंसा, त्रास, गलत सूचना, कानूनी निर्णयहरूलाई उल्लङ्घन गर्ने धम्की, र न्यायलाय वा न्यायधिषहरुलाई धम्कीहरूको बढ्दो संख्या भनेर किटान गरिएको छ ।

    अमेरिकी मार्शल सेवाका तथ्यांक उद्धृत गर्दै रोबट्र्सले भनेका छन, “न्यायाधीशहरूविरुद्ध धम्की र शत्रुतापूर्ण सन्देशहरू पछिल्लो दशकमा तीन गुणाले वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा मात्रै संघीय न्यायाधीशहरूविरुद्ध १ हजार भन्दा बढी गम्भीर धम्कीहरू दर्ता भएका छन् । यसले गर्दा केही न्यायाधीशहरूलाई चौबीसै घण्टा सुरक्षा दिइएको छ भने कतिपय अवस्थामा सार्वजनिक कार्यक्रममा भाग लिन बुलेटप्रुफ ज्याकेट लगाउनुपर्ने अवस्था आएको प्रतिवेददनमा उल्लेख गरिएकोछ ।

    २००५ र २०२० मा संघीय न्यायाधीशका निकट आफन्तहरू हत्याको शिकार बनेका थिए । २०२२ र २०२३ मा विस्कन्सिन र मेरिल्याण्ड राज्यका न्यायाधीशहरूलाई उनीहरूको घरमै हत्या गरियो । यी सबै घटनाहरू न्यायाधीशहरूले कानूनी कार्य पूरा गरेपछि भएको आक्रमणका उदाहरण हुन् । रोबट्र्सले अनलाइनमा न्यायाधीशहरूको निजी जानकारी जस्तै घरको ठेगाना र फोन नम्बर सार्वजनिक गरिने “डक्सिङ” प्रवृत्तिको पनि आलोचना गरेका । यस्तो जानकारी सार्वजनिक हुँदा असन्तुष्ट व्यक्तिहरूले न्यायाधीशहरूलाई फोनमार्फत धम्की दिने वा तिनका घरसम्म पुग्ने घटना भएका छन् । यो विवरण २०२२ मा गर्भपातसम्बन्धी संवैधानिक अधिकार खारेज गर्ने फैसलापछि सर्वोच्च अदालतका न्यायाधीश ब्रेट काभानोको घर नजिक एक सशस्त्र व्यक्तिको गिरफ्तारीप्रति संकेत हो । रोबट्र्सले न्यायाधीशहरूको विरुद्धमा गरिएको राजनीतिक हस्तक्षेप र सार्वजनिक आलोचनाको पनि विरोध गरेका छन । यद्यपि उनले कुनै नाम लिएनन्, उनका भनाइलाई डोनाल्ड ट्रम्पको आलोचनाको रूपमा हेरिएको छ । ट्रम्पले आफूविरुद्धका विभिन्न मुद्दाहरूको सुनुवाइ गर्ने न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।

    हालैका सर्वेक्षणहरूले सर्वोच्च अदालत र न्याय प्रणालीप्रतिको सार्वजनिक विश्वास इतिहासकै न्यूनस्तरमा रहेको देखाएका छन् । यसमा विवादास्पद फैसला र न्यायाधीशहरूलाई घेरिरहेको नैतिक संकट मुख्य कारण मानिएको छ । यसका बाबजुद, रोबट्र्सले यी नैतिक संकटबारे आफ्नो प्रतिवेदनमा केही उल्लेख गरेनन् ।

    Post Views: 215
    प्रकाशित मिति: २०८१ पुष १८, बिहीबार ०३:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा
    पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस
    Advertisement
    ताजा अपडेट
    • १. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • २. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ३. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    • ४. मेटाको पहिलो एआई डाटा सेन्टर भारतमा खुल्ने

    • ५.  प्रिय भारतीय पर्यटक, संसार तपाईँको नृत्य गर्ने मञ्च होइन

    चर्चित
    • १. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • २. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • ३. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ४. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ५. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.