• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सर्वोच्चद्धारा राष्ट्रपति ट्रम्पको माग अस्वीकार, न्यूयोर्क अदालतको आदेश मान्नुपर्ने आदेश

  •  
  • २०८१ पुष २६, शुक्रबार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सर्वोच्च अदालतले बिहीबार डोनाल्ड ट्रम्पको गोप्य रकम लेनदेन प्रकरणमा आगामी सजाय ढिलो गर्न अस्वीकार गरेको छ । ट्रम्पले न्यूयोर्क अदालतहरूले सजाय स्थगित गर्न अस्वीकार गरेपछि अमेरिकी सर्वोच्च अदालतलाई सजाय रद्द गर्न आग्रह गर्दै ट्रम्प सर्वोच्च गएका थिए । तर सर्वोच्चले न्यूयोर्क अदालतको निर्णयलाई मान्नु पर्ने भन्दै ट्रम्पको मागलाई अस्वीकार गरेको छ । न्यायाधीश जुआन मर्चनले गत मे महिनामा ट्रम्पको मुद्दामा सुनुवाइ गरेका थिए र उनलाई २०१६ को राष्ट्रपति चुनावको नतिजा प्रभावित गर्न डिजाइन गरिएको आपराधिक गोप्य रकम योजनामा व्यवसायिक रेकर्डहरू गलत बनाएको भन्दै ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरेका थिए । ट्रम्पले उक्त चुनावमा डेमोक्र्याटकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै जित हासिल गरेका थिए ।

    सर्वोच्च अदालतका नौ न्यायाधीशहरूले बिहीबार पाँच–चार मतको निर्णयमा ट्रम्पको अन्तिम समयमा गरिएको सजाय रोक्ने निवेदन अस्वीकार गरे । शुक्रबार बिहान ९ः३० बजे न्यूयोर्क राज्यको म्यानहटन अदालतमा ट्रम्पको फैसतालका लागि पेशी तय गरिएको छ । सर्वोच्च अदालतका प्रमुख न्यायाधीश जोन रोबट्र्स र अर्की रूढÞिवादी न्यायाधीश एमी कोनी बारेटले अदालतका तीन उदार–झुकाव भएका न्यायाधीशहरू सोनिया सोतो मयोर, एलेना केगन, र केतान्जी ब्राउन ज्याक्सनसँग मिलेर ट्रम्पको निवेदन अस्वीकार गर्ने निर्णयमा समर्थन गरे ।

    ट्रम्पले उक्त मुद्दामा आफू निर्दोष रहेको दाबी गरेका थिए । अदालतले सुनेको बयान अनुसार, उनले वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यानियल्सलाई २०१६ को चुनावभन्दा केही समयअघि भुक्तानी गरेका थिए ताकि उनीहरूले ट्रम्पसँगको सम्बन्धबारे खुलासा नगर्ने वाचा गर्न सकून् । ट्रम्पले उक्त भुक्तानीलाई लुकाउने प्रयास गरेको आरोप लागेको थियो ।

    सर्वोच्च अदालतमा रूढÞिवादी न्यायाधीशहरूको प्रभुत्व छ, जसमा तीनजना न्यायाधीश ट्रम्पले आफ्नो पहिलो कार्यकालमा नियुक्त गरेका थिए । ट्रम्पको आपतकालीन निवेदन न्यूयोर्कबाट आपतकालीन अपिल सुन्ने न्यायाधीश सोतोमयोरलाई प्रस्तुत गरिएको थियो । आफ्नो निर्णय जारी गर्दै, बिहीबार साँझ अदालतले संक्षिप्त आदेशमा दुई कारण दिएको छ । सर्वाेच्च अदालतले दिएको आदेशमा भनेको छः “पहिलो, निर्वाचित राष्ट्रपति ट्रम्पको राज्य–अदालतमा भएको परीक्षणका कथित प्रमाणसम्बन्धी उल्लङ्घनलाई सामान्य अपिल प्रक्रियामा सम्बोधन गर्न सकिन्छ ।““दोस्रो, परीक्षण अदालतले ’सर्तबिहीन रिहाइ’ को सजाय दिने उद्देश्य राखेको अवस्थामा, सजायले निर्वाचित राष्ट्रपतिको जिम्मेवारीमा पर्ने भार तुलनात्मक रूपमा महत्वपूर्ण छैन ।“

    गत हप्ता न्यायाधीश मर्चनले ट्रम्पलाई जेल सजाय दिन इच्छुक नरहेको बताएका थिए, र सम्भावना छ कि उनलाई सर्तबिहीन रिहाइ दिइनेछ । यसको अर्थ, दोषी ठहर उनको रेकर्डमा रहिरहनेछ र उनी फौजदारी दोषीकै रूपमा रहनेछन् । तर, जेल, जरिवाना वा परिवीक्षा जस्ता सजायबाट जोगिनेछन् । न्यायाधीश क्लेरेन्स थोमस, सामुएल अलिटो, नील गोरसच र ब्रेट काभानाले ट्रम्पको निवेदन स्वीकृत गर्नुपर्नेमा समर्थन गरेका थिए । सर्वोच्च अदालतको गत जुलाई महिनाको अत्यन्त विवादास्पद निर्णयपछि, जसले पूर्व राष्ट्रपतिहरूलाई उनीहरूको आधिकारिक कार्यका लागि आपराधिक अभियोजनबाट व्यापक छूट दिएको थियो, यसको दायरा कानूनी व्याख्यामा खुला रहेको अवस्थामा, ट्रम्पले राष्ट्रपतिको प्रतिरक्षा सम्बन्धी प्रश्नहरू समाधान गर्न राज्य अदालतमा अपिल जारी राखेका छन् । म्यानहटन जिल्ला वकिल एल्भिन ब्रागको कार्यालयले अदालतमा दायर गरेको निवेदनमा तर्क गरेको छ कि ट्रम्पलाई सर्वोच्च अदालतको हस्तक्षेपको अधिकार छैन भनेका थिए । ट्रम्प अमेरिकी इतिहासमा अपराधको दोषी ठहरिएका एकमात्र कार्यरत वा पूर्व राष्ट्रपति हुन् । सर्वोच्च अदालतमा ट्रम्प पक्षको बहुमत छ भन्ने भ्रम पनि यहि निर्णयबाट टुटेको छ ।

    Post Views: 115
    प्रकाशित मिति: २०८१ पुष २६, शुक्रबार ०८:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. जेन जीका कारण सरकार तनावमाः सरकार जेनजी संझौता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.