• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एक वर्षमा विदेशबाट १५०६ नेपाली निष्कासित, नेपालबाट फर्काइए ४९७ विदेशी

  •  
  • २०८१ पुष २९, सोमबार ०६:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एक वर्षमा नेपालबाट ४९७ जना विदेशी निष्कासित हुँदा एक हजार ५०६ जना नेपाली विदेशबाट निष्कासनमा परेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२४ मा नेपालबाट निष्कासित हुनेभन्दा विदेशमा नेपाली निष्कासनमा पर्ने संख्या तीन गुणा धेरै छ ।

    नेपालबाट निष्कासित हुने धेरैजसो ओभर स्टेसम्बन्धी कसुरमा संलग्न छन् । ४५१ ओभर स्टे तथा ४६ जना अन्य अपराधमा संलग्न विदेशीलाई जरिवाना तिराएर उनीहरूलाई फर्काइएको विभागले जनाएको छ । नेपालमा अवैध बस्नेमा सबैभन्दा धेरै चिनियाँ, अमेरिकी, बंगलादेशी र पाकिस्तानी नागरिक छन् । एक वर्षमा १४७ चिनियाँ, अमेरिकी र बंगलादेशी ५४–५४, पाकिस्तानी ३५ र बेलायती २७ छन् । निष्कासनमा पर्ने अमेरिकी र बेलायतीमा धेरैजसो नेपाली मूलकै नागरिक छन् । अध्यागमन कानुनबारे जानकारी नहुँदा उनीहरू यस्तो कारबाहीमा पर्ने गरेका छन् ।

    अध्यागमन नियमावलीअनुसार नेपालमा एक वर्षमा पर्यटन भिसामा बढीमा पाँच महिना बस्न पाइन्छ । अमेरिकी नागरिक भने ६ महिना बस्न पाउँछन् । तर, त्यो अवधि पनि गुजारेर बस्नेलाई ओभर स्टेको कसुरमा अध्यागमनले जरिवाना गराई निश्चित अवधि नेपाल आउन नपाउने गरी निष्कासन गर्छ । यसरी ओभर स्टेमा बस्नेहरू धेरैजसो शंकास्पद गतिविधिमा हुने गर्दछन् । तर, अवैध रूपमा बसेका विदेशीमाथि निगरानी र अनुसन्धानको प्रणाली बलियो हुन नसक्दा नेपालमा विदेशीहरूको अवैध गतिविधि बढेको र त्यसबाट राष्ट्रिय सुरक्षामै चुनौती हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।

    पछिल्ला वर्ष पर्यटक भिसा र बिजनेस भिसाको दुरुपयोग गर्ने विदेशीमा चिनियाँहरू पहिलो स्थानमा छन् । सन् २०२४ मा निष्कासनमा परेकामध्ये १४१ जना ओभर स्टे तथा दुई सार्वजनिक सम्पत्तिविरुद्धको कसुरमा परेका थिए । त्यस्तै, जबर्जस्ती करणी कसुर, अभद्र व्यवहार, बालयौन दुरुपयोग र नेपाल राष्ट्र बैंक कसुरमा संलग्न एक–एकजना छन् । पर्यटक भिसामा आएर चिनियाँहरू सुन तस्करी, अनलाइन ठगीलगायत विभिन्न अवैध गतिविधिमा संलग्न रहँदै आएको प्रहरीका अनुसन्धानले समेत देखाउँदै आएका छन् ।

    विभागका अधिकृत विवेक बिडारीका अनुसार सन् २०२४ मा ६४ देशका नागरिक निष्कासनमा परेका छन् । युगान्डाका १४, अस्ट्रेलियाका १२, श्रीलंकाका ११, फ्रान्सका आठ, क्यानडा र जर्मनीका सात, रसियाका ६, जर्मनी, उज्वेकिस्तान र क्यामरुनका पाँच–पाँच तथा दक्षिण कोरियाका चारजना निष्कासनमा परेका छन् । नेपालले १२ बाहेक सबै देशका नागरिकलाई अनअराइभल भिसा दिने भएकाले पनि नेपालमा अवैध गतिविधिमा संलग्न विदेशीहरू आउने गरेको प्रहरी अधिकारी बताउँछन् । पर्यटकलाई मात्र लक्षित गरेर नेपालमा अध्यागमन नीति बनाउँदा सुरक्षामा जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ ।

    नेपालीहरू भने मध्यपूर्वी देश मलेसिया, अमेरिका, कोरिया तथा जापानबाट धेरे निष्कासनमा परेका छन् । अमेरिकी सरकारले अवैध रूपमा बस्नेलाई विशेष विमानमै नेपालसम्म ल्याएर छाड्ने गरेको छ ।

    पछिल्लो पाँच वर्षमा नेपालबाट दुई हजारभन्दा धेरै विदेशी निष्कासनमा परेका छन् । सन् २०२० मा ३३२, सन् २०२१ मा २१८, २०२२ मा ५७०, २०२३ मा ४५८ जना निष्कासनमा परेका थिए । यसरी पाँच वर्षमा दुई हजार ७५ जना विदेशी निष्कासनमा परेका छन् ।

    सन् २०२४ मा अध्यागमन कार्यालयले १२० जना विदेशीलाई अध्यागमन कार्यालयबाटै फर्काएको (इन्ट्री रिफ्युज) छ । विभागका अनुसार शंकास्पद राहदानीवाहक, शरणार्थी, इन्टरपोलको कालोसूचीमा रहेका, शंकास्पद भ्रमण भएका व्यक्तिहरूलाई विमानस्थलबाट फर्काइएको छ । केही देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन् । तर, उनीहरू भिसाविना नै आएकाले पनि अध्यागमनले फर्काएको छ ।   विदेश जान विमानस्थल पुगेका आठ हजार ५९९ नागरिकलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको छ । यो सन् २०२४ मा अध्यागमनले फर्काएको विवरण हो ।

    Post Views: 207
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार ०६:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.