• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्व चर्चित पत्रिका वाशिंगटन पोस्ट गंभीर आर्थिक संकटमा

  •  
  • २०८१ माघ ३, बिहीबार ०७:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वाशिंगटन पोस्टका चार सय भन्दा बढी कर्मचारीहरूले मालिक जेफ बेजोसलाई पत्र लेखेर अखबारको भविष्यबारे व्यापक चिन्ता गर्दै बेलैमा माग सम्बोधन नभए बहुसख्यक कर्मचारीहरुले पत्रिका छाड्ने चेतावनी दिएका छन । सार्वजनिक भएको पत्रमा मालिक बेजोसले पोष्टको कार्यलय नै नगई कर्मचारीको माग सम्बोधन गर्न आनाकानी गरिएको बताइएको छ । शीर्ष पत्रकार र संवाददाताहरूले हस्ताक्षर गरेका पत्रमा बेजोसलाई कार्यलय आउन र वाशिंगटन पोस्टको कार्यालयमा संस्थाको नेताहरूसँग व्यक्तिगत रूपमा भेट गर्न आग्रह गरिएको छ ।

    सार्वजनिक पत्रमा पत्रकारहरुले चिन्ता जाहेर गर्दै बेजोसको हालैको निर्णयसँग सम्बन्धित नरहेको दाबी गरेपनि पत्रकारहरुको चाहाना विपरित राष्ट्रपति चुनावमा तटस्थ बसेको बेलादेखि केहि दुरी उत्पन्न भएको बताइएको् छ । बेजोसले अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरूको समर्थन रोक्ने निर्णय गरेका थिए । वाशिंगटन पोस्टले आफ्नो समर्थन कसैलाई नगर्ने घोषणा गरेपछि सो निर्णयका कारण देखाउँदै २ लाख ५० हजार ग्राहकले पत्रिकाको संलग्नता तोडेका थिए । यो निर्णयले २०२४ मा अखबारले ४१ सय मिलियन डलर घाटा बेहोर्नु परेको मुख्य कारण भएको द वॉल स्ट्रीट जर्नलले जनाएको छ ।

    वाशिंगटन पोस्टको वेबसाइटका डिजिटल ग्राहकहरु प्नि व्यापक रुपमा घटेका छन् । विगतमा डेमोक्रयाट पनर्टीलाई समर्थन गर्ने पत्रिका यस बर्ष तटस्थ बसेको थियो । नोभेम्बर २०२० मा ११४ मिलियन ग्राहक रहेको संख्या नोभेम्बर २०२४ सम्ममा घटेर ५४ मिलियनमा पुगेको छ ।

    यो स्टाफको निवेदन त्यस्तो समयमा आएको हो, जब पोस्टले करिब १०० कर्मचारीलाई बर्खास्त गरेको थियो, जसले अखबारको आर्थिक समस्याहरूलाई संकेत गर्छ । यो कटौतीले प्रकाशनको स्टाफको लगभग ४प्रतिशत हिस्सा घटाएको हो । कम्पनीका प्रमुख कार्यकारी, विल लेविस, नोभेम्बर २०२३ मा आफ्नो पद सम्हालेयता स्टाफबीच वैमनस्यता बढेर गएको जनाइएको छ । जसका कारण राम्रा र लोकप्रिय पत्रकारहरुले पत्रिका छोडेका छन ।

    समाचार कक्षका शीर्ष सम्पादक स्याली बजबी, लेविसले समाचार कक्ष पुनर्गठन गर्ने निर्णय गरेपछि, जुनमा आफ्नो पदबाट राजिनामा दिनु पर्यो । लेविसले स्यालीको स्थानमा रोजेका सम्पादक रोबर्ट विनेटले स्टाफबाट व्यापक विरोध भएपछि आफ्नो नाम फिर्ता लिएका थिए । राष्ट्रपति पदका उम्मेदवारहरूको समर्थन नगर्ने निर्णयपछि धेरै सम्पादकीय लेखकहरूले राजीनामा दिए । पुलित्जर पुरस्कार विजेता कार्टुनिस्ट एन टेल्नेसले ट्रम्पलाई नमन गर्ने अर्बपतिहरूको चित्र छाप्न अस्वीकार गरेपछि अखबार छोडिन् ।

    Post Views: 180
    प्रकाशित मिति: २०८१ माघ ३, बिहीबार ०७:५८
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.