• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति बाईडनको अन्तिम सम्बोधनः अमेरिकाको सत्तामा मुठ्ठीभर धनाढ्यको उदय

  •  
  • २०८१ माघ ४, शुक्रबार ०८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम समयमा बिदाइ सम्बोधन गर्दै अमेरिकाको सत्तामा सीमित मुठ्ठीभर धनाढ्यको उदय भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नलिई अमेरिकी लोकतन्त्रमाथि चुनौती थपिएको बताउनले समाजका आधार स्तम्भलाई कमजोर बनाउन शक्तिशाली बलहरू सक्रिय रहेको भन्दै अमेरिकी नागरिकलाई लोकतन्त्रको रक्षा गर्न आग्रह पनि गरे ।

    राष्ट्रपतिको कार्यालय ओभल अफिसबाट उनले १५ मिनेट लामो सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले अमेरिकी लोकतन्त्रका लागि ठूला चुनौतीहरू रहेको उल्लेख गरे । ‘अमेरिकामा अत्यन्त धनी, शक्तिशाली र प्रभावशाली व्यक्तिले अमेरिकी लोकतन्त्रमा ‘ओलीगार्की’ पैदा गरेका छन्, जसले हाम्रो लोकतन्त्र, आधारभूत अधिकार र समान अवसरलाई धम्क्याइरहेको छ,’ उनले भने ।

    बाइडेनले दोस्रो कार्यकालका लागि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नलिई उनीमाथि कटाक्ष गरे । उनले राष्ट्रपतिलाई पदमा रहँदा गरेका अपराधहरूबाट उन्मुक्ति दिन नहुनेमा जोड दिएका थिए । ‘संविधानमा संशोधन गरी कुनै पनि राष्ट्रपतिलाई अपराधबाट उन्मुक्ति दिन नसकिने स्पष्ट पार्नुपर्ने समय आएको छ,’ उनले भने ।

    यो टिप्पणीले विशेषगरी २०२० को चुनाव परिणामलाई उल्ट्याउने ट्रम्पको प्रयाससँग जोडिएको सर्वोच्च अदालतको निर्णयतर्फ संकेत गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    बाइडेनले अति धनी व्यक्तिहरूको बढ्दो प्रभाव र प्रविधि क्षेत्रको भूमिकालाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरे । उनले सामाजिक सञ्जालमा झुटा जानकारी फैलाउने कार्यको कडा आलोचना गर्दै यस्ता प्रवृत्तिहरूले शक्ति र नाफाका लागि सत्यलाई दबाइरहेको आरोप लगाए ।

    बाइडेनले १९औं शताब्दीका रबर ब्यारन्स युगसँग अहिलेको समयको तुलना गर्दै समाजमा फेरि ठूला सुधार आवश्यक रहेको बताए । उनले आफ्नो सम्बोधनका क्रममा कर वृद्धि गरेर ‘डार्क मनी’ हटाउनुपर्ने आवश्यकता औंल्याए । साथै उनले स्वतन्त्र प्रेस, कंग्रेस र अदालतजस्ता संस्थाको सम्मान र संरक्षणमा जोड दिए ।

    बाइडेनले आफ्नो कार्यकालमा अमेरिकी पूर्वाधार सुधार, स्वास्थ्यसेवा सुदृढीकरण र उत्पादन वृद्धि जस्ता उपलब्धि भएको र यसलाई भविष्यमा सफलता प्रदान गर्ने आधारस्तम्भका रूपमा उल्लेख गरे । उनले इजरायल-हमासबीच युद्धविराम सम्झौतामा भएको ऐतिहासिक सहमतिलाई आफ्नो पछिल्लो महत्त्वपूर्ण उपलब्धि भनेर दाबी गरे । सम्बोधनका क्रममा बाइडेनले विद्यमान राजनीतिक प्रणालीबाट निराश भएका अमेरिकी नागरिकलाई लोकतन्त्रको पक्षमा सक्रिय हुन अपिल गरे । ‘राष्ट्रपतिको शक्ति असीमित र निरंकुश हुँदैन र हुनुहुँदैन,’  उनले भने ।

    सम्बोधनको अन्त्यमा बाइडेनले भने, ‘पचास वर्षको सार्वजनिक सेवापछि म अझै पनि यो राष्ट्रको आदर्शमा विश्वास गर्छु । अब लोकतन्त्रको रक्षा गर्ने पालो तपाईंको हो ।’ उनको बिदाइ सम्बोधन परम्पराभन्दा केही फरक देखिएको थियो । उनले अमेरिकी लोकतन्त्रमाथि मडारिइरहेका खतरा र चुनौतीलाई प्रस्ट रूपमा औंल्याए । यसअघिका राष्ट्रपतिहरूले आफ्नो उपलब्धिलाई मात्र मुख्य विषय बनाएर सम्बोधन गर्ने परम्परा थियो ।

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आगामी जनवरी २० मा अमेरिकी संसद् भवन (यूएस क्यापिटल)को पश्चिमी हलमा आयोजना हुने ६०औं राष्ट्रपतिको शपथ ग्रहण समारोहमा पदको शपथ लिनेछन् । त्यसै दिनदेखि ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रपतिका रूपमा दोस्रो कार्यकाल सम्हाल्नेछन् भने राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले बिदा लिनेछन् । सोही दिन ट्रम्प र नवनिर्वाचित उपराष्ट्रपति जेडी भ्यान्सको नेतृत्वलाई सत्ता हस्तान्तरण हुनेछ । ट्रम्प यसअघि २०१७ देखि २०२१ सम्म अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा कार्यरत थिए । २०२० मा पुनःनिर्वाचनको दौडमा जो बाइडेनसँग पराजित भएका ट्रम्पले २०२४ को चुनावमा पुनरागमन जीत हासिल गरेका हुन् ।

    Post Views: 177
    प्रकाशित मिति: २०८१ माघ ४, शुक्रबार ०८:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    Advertisement
    ताजा अपडेट
    • १. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • २. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ३. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • ४. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ५. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.