• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा विधार्थी काममा जान छोडेपछि ग्यास स्टेसन र रेष्टुरेन्टहरुमा कामदार अभाव !

  •  
  • २०८१ माघ १६, बुधबार ०६:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि जारी कार्यकारी आदेशको आधारमा अबैध आप्रवासीमाथी चलाएको धरपकड र पक्राउ अभियानका कारण विधार्थीहरु काममा जान छाडेका छन । पक्राउसंगै कागजात नभेटिएका र अपराधिक गतिविधिमा संलग्नहरु द्रुत गतिमा डिर्पोटेसन गर्न थालीएपछि डराएर विधार्थीहरु काममा जान छोडेका छन भने संचालकहरुले पनि केहि समय घरमै बस्न भन्दै विधार्थी र अन्य कामदारहलाई अनिश्चित समयका लागि विदा दिएका छन ।

    अमेरिकामा रहेका ग्यास स्टेसन र रेष्टुरेन्टहरुमा झण्डै ३० प्रतिशत कामदारहरु कागजात नभएका वा विधार्थीहरु काम गरी रहेको बताइन्छ । ट्रम्प प्रशासनले सेन्चुरी राज्य वा सिटीलाई पहिलो निसाना बनाएका छन । ती सन्चुरी सिटीहरुमा ट्रम्पको धरपकडलाई स्थानीय प्रशासनहरुले असहयोग गरिरहेको बताइएको छ । धरपकड तिव्र बनाएका कारण व्यापार सन्चालकहरुले जसरी यस अघि कागजात नभएका कामदारहरुलाई काममा लगाएका थिए उनिहरु काममा जान छोडेको र सन्चालहरुले नै बाध्यतावस केहि समय विदामा बस्न भन्दै कामदारहरुलाई अनिश्चित समयका लागि घर बस्न भनेका छन । जसबाट भारतीय, चाईनिज, नेपाली बंगाली, भियतनामिज, पाकिस्तानी मेक्सिकन, लगायत सन्चालक रहेका व्यापारहरुमा प्रत्यक्ष असर पर्न थालेको छ । कानुन व्यवसायीहरुले पनि यस्तो अवस्थामा विधार्थीहरुलाई आफ्नो स्टाटस जोगाउन सुझाव दिएका छन ।

    पछिल्लो समयमा आएको यो अवस्थाका बारेमा नेपाली समुदायका नेतृत्व तहका वा गैरआवासिय नेपाली संघका नेतृत्वहरु पनि यसै गर भन्न सक्ने अवस्थामा नरहेको बताइरहेका छन । कानुन व्यवसायीले भने झै यस्तो अवस्थामा जोखिम हुने स्थानहरुमा काम नगर्ने र आफ्नो स्टाटस जोगाउनु विकल्प छैन । अमेरिकामा २५ हजार भन्दा बढी विधार्थी विभिन्न तहमा अध्ययन गरी रहेका छन भने अपुष्ट तथ्यांक अनुसार ४० हजार भन्दा बढी कागजात नभएकाहरु छन । जोसंग कागजात उनिहरु यतिखेर सामाजिक सन्जालबाट गायब हुन थालेका छन । यतिखेर जहाँ जाँदा पनि आफ्नो परिचय खुल्ने कागजात साथमा राख्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन । साथै आफ्नो कानुन व्यवसायीहरुको सम्पर्क नम्बर राख्न पनि सुझाव दिएका छन ।

    न्यूयोर्क, टेक्सास, क्यालिफोनियामा रेष्टुरेन्ट र ग्यास स्टेसन सन्चालन गर्दै आएका नेपाली व्यापारीहरुले विधार्थीहरु काममा आउन छाडेका कारण कामदार अभाव भएको भन्दै व्यापर सन्चालन हुने समय नै परिवर्तन गर्नुपरेको बताएका छन । आईसीईले बोस्टन, सिकागो, न्यूयोर्क , टेक्सास, मेरिल्याण्ड, न्युजसी, क्यालिफोनियालगायत राज्यहरुबाट १० हजार भन्दा बढी पक्राउ गरिसकेको हुन सक्ने अमेरिकी सन्चार माध्यमहरुले जनाएका छन । ट्रम्प प्रशासनले कम्तिमा एक दिन १५ सय भन्दा बढी पक्राउ गर्नुपर्ने निर्देशन दिएको जनाएको छ ।

    यसरी पहिलो चरणमा पक्राउ परेकाहरु आपराधिक गतिविधिमा संलग्न ३ हजारभन्दा बढी अबैध आप्रवासी पक्राउ परेका छन । जसमा केहि रेड कर्नर नोटिस जारी भएकाहरुचोरी ठगी हत्या हिंसमाका संलग्न भएकाअहरु रहेको बताइन्छ । बढी जसो पक्राउ पर्नेहरु मेक्सिको, ग्वाटेमाला, एलसाल्भाडोर, भेनेजुयलालगायत देशबाट अमेरिकाहरु अपराधिमा संलग्न रहेका छन । केहि मानिसहरु अमेरिकाबाट २, ३ पटक डिर्पोट गरिएकाहरु पनि छन । उनिहरु डिपोर्ट गरे पनि फेरी अमेरिका फर्केर आएकाहरु रहेको बताइएको छ ।

    Post Views: 135
    प्रकाशित मिति: २०८१ माघ १६, बुधबार ०६:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.