• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विदेशी सहायता भुक्तानी रोक्ने ट्रम्पको निर्णयमा प्रधानन्याधीश जोनको अनुमोदन

  •  
  • २०८१ फाल्गुन १६, शुक्रबार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको सर्वोच्च अदालतले विदेशी सहायता भुक्तानीका विषयमा ट्रम्प प्रशासनका पक्षमा निर्णय गरेको छ । प्रधानन्याधीश जोन ग्लोभर रोबर्ट्स जुनियरले विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) अन्तर्गत पूरा भइसकेका कामको २ अर्ब अमेरिकी डलर तत्काल भुक्तान गर्न आवश्यक नरहेको आदेश दिएका हुन् ।

    यसअघि डिस्ट्रिक्ट अफ कोलम्बियाका न्यायाधीश आमिर अलीले पहिले पूरा भइसकेका कामबापतको २ अर्ब डलर बुधबार मध्यरातसम्ममा भुक्तानी दिन ट्रम्प प्रशासनलाई आदेश दिएका थिए । तर, त्यसविरुद्ध ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा आपत्कालीन अपिल दायर गरेको थियो । त्यसको सुनुवाइ गर्दै प्रधानन्यायाधीशले विदेशी सहायता भुक्तानीमा रोक लगाउने ट्रम्प प्रशासनको निर्णयको पक्षमा आदेश दिएका हुन् ।

    ट्रम्प प्रशासनले ‘संघीय न्यायाधीशले आफ्नो अधिकार अतिक्रमण गरेको र विदेशी सहायताबारे उपयुक्त निर्णय लिने राष्ट्रपतिको दायित्वमा हस्तक्षेप गरेको’ दाबीसहित अदालतमा अपिल गरेको थियो । त्यसको सुनुवाइ गर्दै प्रधानन्यायाधीशले भनेका छन्, ‘न्यायाधीशले आफ्नो अधिकार क्षेत्र बाहिर गएर फैसला गरेका छन् र विदेशी सहायतामाथि उचित निर्णय लिने राष्ट्रपतिको कर्तव्यमा हस्तक्षेप गरेका छन् ।’ प्रधानन्यायाधीशको निर्णय अस्थायी भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यकारी आदेशबारे परेका मुद्दामा ट्रम्प प्रशासनको पहिलो जित हो ।ट्रम्प प्रशासनका वकिलहरूले विदेश मन्त्रालय र यूएसएआईडीका करिब १० हजार सम्झौता तथा अनुदान अन्त्यका लागि काम गरिरहेको बताएका छन् । यूएसएआईडीको वैदेशिक सहायता सम्झौताको कम्ती ९० प्रतिशत र विश्वभरको समग्र अमेरिकी सहायतामा ५८ अर्बभन्दा बढी कटौती गर्ने बताएका छन् ।

    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले उक्त कटौतीलाई ट्रम्पको ‘अमेरिका फर्स्ट’ एजेन्डाको हिस्सा भएको बताएका छन् । अमेरिकी न्याय मन्त्रालयका वकिलहरूले राष्ट्रपतिसँग सम्झौताहरू निलम्बन गर्ने अधिकार रहेको तर त्यसबारे समीक्षा भएको जनाएका छन् ।

    हालसम्म गरिएको समीक्षाअनुसार यूएसएआईडीअन्तर्गतका करिब ५ हजार ८ सय अनुदान रद्द गरिएको र ५ सयभन्दा बढीलाई निरन्तरता दिने निर्णय भएको अधिकारीहरूले जनाएका छन् । त्यस्तै, विदेश मन्त्रालयअन्तर्गतका ४ हजार १ सय अनुदान रद्द गर्ने र करिब २ हजार ७ सयलाई निरन्तरता दिने जनाइएको छ ।

    ट्रम्प प्रशासनले विविधता, समता र समावेशिता (डीईआई) सम्बन्धी कार्यक्रमलाई मुख्य निसाना बनाएको छ । राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेको दोस्रो दिनमा डीईआई नीति खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

    Post Views: 157
    प्रकाशित मिति: २०८१ फाल्गुन १६, शुक्रबार ०८:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.