• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अस्ट्रेलियाले नेपाललाई ५० लाख डलर सहयोग गर्ने

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १२, शुक्रबार ०७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि अस्ट्रेलिया सरकारले नेपाललाई ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ।

    अस्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै स्थापित साझेदार संस्थामार्फत उपलब्ध गराउने गरी सहयोग रकम घोषणा गरेको हो।

    उक्त रकमबाट खाद्यान्न, आकस्मिक आश्रय, स्वच्छ खानेपानी तथा सरसफाइ लगायतका अत्यावश्यक सहयोग उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

    ५० लाखमध्ये अस्ट्रेलियन डलरमध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रममार्फत प्रदान गरिने विदेश मन्त्रालयले जनाएको छ।

    उक्त संस्थाले यसअघि नै प्रभावित क्षेत्रमा खाद्यान्न वितरण तथा नेपालको आपतकालीन प्रतिकार्यका लागि आवश्यक लजिस्टिक सहयोग सुरु गरिसकेको अस्ट्रेलिया सरकारले जनाएको छ।

    अर्को २० लाख डलर ‘अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिप’मार्फत अस्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई उपलब्ध गराइनेछ।

    यसबाट आपतकालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, चिकित्सकीय सहयोग तथा मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ।

    बाँकी १० लाख डलर ‘इमर्जेन्सी एक्सन एलायन्स’मार्फत स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासका लागि प्रदान गरिने मन्त्रालयले जनाएको छ।

    अस्ट्रेलिया सरकारले विपदमा प्रभावित नेपाली समुदायलाई सहयोग गर्न चाहने आफ्ना नागरिकलाई ‘इमर्जेन्सी एक्सन एलायन्स’मार्फत सहयोग गर्न आग्रहसमेत गरेको छ।

    बाढीमा अस्ट्रेलियाको ३९ नागरिक सम्पर्कविहीन रहेको विज्ञप्तीमा भनिएको छ।

    उनीहरुको खोजीका लागि नेपालस्थित अस्ट्रेलियन दूतावासबाट कर्मचारीसँगै क्राइसिस रेस्पोन्स टिम (सिआरटी)का सदस्य र क्षेत्रीय कन्सुलर पनि खटिएको विदेश मन्त्रालयले जनाएको छ।

    थप क्षेत्रीय तथा सिआरटी टोली परिचालनको तयारी भइरहेको र ४८ घन्टाभित्र तीन जना विशेषज्ञको टोली पठाउन  लागिएको जनाएको छ।

    Post Views: 2
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार ०७:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    ४१ पुल र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त
    भीषण बाढीबाट जनधनको क्षतिप्रति राष्ट्रसंघका महासचिवले गरे दुःख व्यक्त
    नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्छाैं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
    Advertisement
    ताजा अपडेट
    • १. ४१ पुल र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त

    • २. अस्ट्रेलियाले नेपाललाई ५० लाख डलर सहयोग गर्ने

    • ३. भीषण बाढीबाट जनधनको क्षतिप्रति राष्ट्रसंघका महासचिवले गरे दुःख व्यक्त

    • ४. नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्छाैं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

    • ५. भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म के के भयो ?

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • ४. ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ? फुट्यो भने फेरी के होला ?

    • ५. नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्छाैं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.