• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको लस एन्जलसमा सेना परिचालन, आन्दोलन चर्किए पनि अबैध आप्रवासी गिरफ्तारीमा संझौता नगर्ने

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ २९, बुधबार ००:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको लस एन्जलस शहरमा संघीय आप्रवासन अधिकारीहरूद्वारा गरिएको छापामारीपछि चर्किएको विरोध प्रदर्शनको जवाफस्वरूप राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दुई हजार नेसनल गार्ड खटाएको छ । राष्ट्रपति ट्रम्प आफ्नो कार्यबाट पछि नहट्ने भन्दै थप सेना परिचालन गरिएको छ । संघीय अधिकारीहरूले गत शुक्रबार शहरका विभिन्न स्थानमा छापा मारी कम्तीमा ४४ जनालाई पक्राउ गरेपछि प्रदर्शन सुरु भएको हो। विरोध प्रदर्शन शनिबारसम्म जारी रह्यो, जसमा सयौं प्रदर्शनकारीहरूले सडकमा नाराबाजी र आगजनी गरेपछि अवस्था नियन्त्रण बाहिर गएको छ । के गाडीहरुमा आगजनी भएका छन भने सरकार त्यसलाई बढ्न नदिन सेना परिचालन गरेको छ ।

    अमेरिकी सेनाको एक विशेष शाखाको रुपमा रहेको नेसनल गार्डको परिचालन विशेष अवस्थामा मात्रै गरिन्छ । नेसनल गार्ड नै खटाउनुपर्ने अवस्थापछि के लसएन्जलसमा हिंसा भड्किन सक्ने परिस्थिति बनेको हो भन्नेजस्ता प्रश्नहरु पनि उब्जिएका छन् । इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट ९आइसी० ले कागजातिविहीन आप्रवासीहरु बसेका क्षेत्रमा छापा मार्न सुरु गरेपछि स्थिति भड्किएको हो । आइसी संघीय सरकारको यस्तो निकाय हो जसले अवैध रुपमा बसेका आप्रवासीहरुको पहिचान र देश निकाला जस्ता कामहरु गर्ने गर्छ । राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि ट्रम्पले अवैध आप्रवासीहरुलाइ देश निकाला गर्ने अभियान नै सुरु गरेका थिए । बीबीसीले आइसीले एक लाख भन्दा धेरै ‘अवैध’ आप्रवासीहरुलाई पक्राउ गरिसकेको लेखेको छ । लसएन्जलसका कैयौ स्थानमा कागजातविहीन आप्रवासीहरु र आप्रवासनसम्बन्धी काम गर्ने सरकारी निकायका कर्मचारीबिच झडप भएका खबरहरु सार्वजिनक भएका थिए ।

    रक्षा सचिव पिट हेगसेथले हिंसा जारी रहेको खन्डमा ड्युटी सैनिक पनि परिचालन गरिने बताउँदै सैनिकहरु उच्च सतर्क अवस्थामा रहेको बताएका छन् । अलजजिराले केही स्थानमा प्रर्दशनकारीहरुले मेक्सिकोको झन्डा फरफराएको र उनीहरुले सुरक्षाकर्मीमाथी ढुंगा र बोतल प्रहार गरेको र कारमा आगो लगाएको उल्लेख गरेको छ । प्रदर्शनकारीहरु पक्राउ पर्ने क्रम सुरु भएपछि उनीहरु संघीय डिटेन्सन केन्द्र बाहिर जम्मा भएर नाराबाजी समेत गरेका थिए । केहीले भने आइसी बिरुद्द लेखिएका प्लेकार्डसमेत देखाएका थिए । ह्वाइट हाउसले भने नेशनल गार्ड परिचालन गर्नुपर्ने अवस्था आउनुमा हिंस्रक भीड जिम्मेवार रहेको बताउँदै आइसीका कर्मचारीमाथी आक्रमण भएको बताएको छ । ह्वाइट हाउसले आफूले चालेका कदमहरु अत्यन्तै जरुरी भएको बताउँदै गैरकानुनी रुपमा अमेरिकामा बसेका अपराधीहरुलाइ निस्तेज पार्न र बढ्दो हिंसाबाट अमेरिकी नागरिकहरुलाई सुरक्षित राख्न यो काम जरुरी रहेको बताएको छ । राष्ट्रपतिले नेसनल गार्ड परिचालन यसैका कारण गरेको पनि ह्वाइट हाउसले बताएको छ ।

    Post Views: 285
    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बुधबार ००:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?
    सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी
    कंगोमा नेपाल प्रवर्द्धन साँझ
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • २. सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी

    • ३. कंगोमा नेपाल प्रवर्द्धन साँझ

    • ४. अमेरिका ईरान युद्ध अन्त्य हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

    • ५. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ५. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.