• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

शुक्रबारदेखि भारतीय सामानमा २५ प्रतिशत भन्सार लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १६, बिहीबार ०३:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यो भन्सार दर शुक्रबारदेखि लागू हुनेछ। राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको र अमेरिकी सामानको आयातमा भारतले अनावश्यक बाधा पुर्‍याएको आरोप लगाउँदै आएका छन्। भारतले उच्च भन्सार लगाएका कारण भारतीय बजारमा अमेरिकी कम्पनीहरूले धेरै निर्यात गर्न नसकेको उनको आरोप छ। रूस–युक्रेन युद्ध चलिरहेका बेला भारतले रूसबाट ठूलो परिमाणमा ऊर्जा र सैन्य सामग्री खरिद गरेकामा पनि उनले भारतको आलोचना गरेका छन्।

    भारतमाथि घोषणा गरिएको २५ प्रतिशत भन्सार एसियाली मुलुकहरू इन्डोनेसिया, फिलिपिन्स र जापानमा लगाइएको २० प्रतिशत वा सोभन्दा कम दरको तुलनामा धेरै हो। यसले अमेरिकाले भारतप्रति कडा नीति अवलम्बन गर्न लागेको संकेत गर्छ। यो घोषणाले पछिल्ला वर्षहरूमा चीनबाट भारतमा आफ्ना कारखाना सारिरहेका अन्तर्राष्ट्रिय कम्पनीहरूलाई निराश पार्न सक्ने विश्लेषकहरूले जनाएका छन्।

    भारत हाल इलेक्ट्रोनिक्स, औषधि र विशेषगरी स्मार्टफोन उत्पादनको केन्द्र बनिरहेको छ। भारतले यो वर्ष पहिलो पटक चीनभन्दा बढी स्मार्टफोन उत्पादन गर्दैछ। यो नयाँ कर लामो समयसम्म रहेमा कम्पनीहरूले भारतको सट्टा अन्य एसियाली देशहरूमा लगानी सार्ने तर्फ सोच्न सक्नेछन्।

    पछिल्लो समय राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यानो सम्बन्ध छ। र, दुई देशबीच व्यापार सम्झौता हुन लागेको चर्चा पनि चलिरहेको थियो। यस्तो बेलामा राष्ट्रपति ट्रम्पले गरेको घोषणाले धेरैलाई आश्चर्यमा पारेको छ। अमेरिकाले भारतको कृषि र डेरी बजारमा पहुँच मागेको र भारतले त्यसलाई इन्कार गरेको जनाइएको छ। यो सम्भावित व्यापार युद्धले विश्वका दुई ठूला प्रजातान्त्रिक देशहरूबीचको व्यापारिक, सांस्कृतिक र रणनीतिक सम्बन्धको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको विश्लेषकहरूले बताएका छन्।

     

    Post Views: 193
    प्रकाशित मिति: २०८२ श्रावण १६, बिहीबार ०३:५८
    Advertisement
    संबन्धित शिर्षकहरु
    राहदानी छपाई प्रकरणमा परराष्ट्र मन्त्रालयकै ९ कर्मचारीबिरुद्ध अख्तियारद्धारा मुद्दा दायर
    लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान
    नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी
    Advertisement
    ताजा अपडेट
    • १. राहदानी छपाई प्रकरणमा परराष्ट्र मन्त्रालयकै ९ कर्मचारीबिरुद्ध अख्तियारद्धारा मुद्दा दायर

    • २. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ३. नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

    • ४. काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा

    • ५. राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ३. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.