• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाद्धारा ६७ देशमा नयाँ भन्सार दर लागु, कुन देशलाई कति प्रतिशत?

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २४, शुक्रबार ०७:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार देशहरूलाई लगाएको भन्सारको नयाँ दर लागु भएको छ। गत अगस्ट १ मा ट्रम्पले विभिन्न देशका लागि घोषणा गरेको नयाँ भन्सार दर आजदेखि लागू भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।  उनले तीन महिनाको बीचमा व्यापार सम्झौता भएका देशहरूमा सम्झौता अुनसार र हुन बाँकी देशहरूलाई नयाँ भन्सार दर तोकेका हुन्।

    ट्रम्पले कार्यकाल सम्हालेपछि लगाएको पारस्परिक भन्सार घोषणा गरेका थिए।  तर एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाएका थिए । त्यसबीच परस्पर छलफलबाट व्यापार सम्झौता गरी सहमतिअनुसारको भन्सार दर तोक्ने भनेका थिए।

    ट्रम्पले दिएको तीन महिनाको अवधि गत शुक्रबार सकिएको थियो।  यसबीचमा केही देशहरूसँग ट्रम्पले  व्यापार सम्झौता गरे पनि अधिकांश देशहरूसँग छलफलको माध्यमबाट सम्झौता हुन सकेन।  युरोपेली संघलाई १५ प्रतिशत,जापानलाई १५ प्रतिशत, बेलायतलाई १० प्रतिशत तथा दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स र इन्डोनेशियालाई १५ देखि १९ प्रतिशत भन्सार शुल्क लाग्ने यसअघि नै सहमति भएको छ।

    ट्रम्पले नयाँ घोषणा गरेको भन्सार दर १० प्रतिशतदेखि ५० प्रतिशतसम्म तोकिएको छ। सिएनएनका अनुसार ब्राजिललाई सबैभन्दा बढी ५० प्रतिशत भन्सार तोकेका छन्।

    त्यस्तै सिरियालाई ४१ प्रतिशत, लाओस र म्यानमारलाई ४०/४० प्रतिशत भन्सार तोकिएको छ।   ट्रम्पले क्यानडामाथिको भन्सार २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याएका छन्। बोलिभिया, इक्वेडर, आइसल्याण्ड र नाइजेरियालाई १५ प्रतिशत भन्सार तोकेका छन्। श्रीलंका र ताइवानलाई २० प्रतिशत भन्सार तोकेका छन्।

    भारतलाई २५ प्रतिशत भन्सार तोकिएको छ। ट्रम्पले रूसबाट तेल किनिरहे भारतमाथिको भन्सार बढाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन्।

    चीनलाई पनि  रूसी तेल खरिद गरिरहे एक सय प्रतिशतसम्म भन्सार लगाउने चेतावनी ट्रम्पले दिएका छन्।  ट्रम्पले पारस्परिक भन्सार घोषणा गर्दा चीनले पनि प्रतिवाद गरेपछि दुई देशबीच व्यापार युद्ध नै भएको थियो। त्यतिबेला अमेरिकाले चीनमाथि भन्सार दर १४५ प्रतिशतसम्म पुर्‍याउँदा चीनले पनि १२५ प्रतिशतसम्म पुर्‍याएको थियो।

    अहिले अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत भन्सार लगाउँदै आएका छन्। अगस्ट १२ मा त्यो समय सकिँदैछ। त्यसअघि नै दुई देशबीच छलफल गर्ने तयारी रहेको न्युयोर्क टाइम्सले लेखेको छ।

    Post Views: 199
    प्रकाशित मिति: २०८२ श्रावण २४, शुक्रबार ०७:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.