• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा बेरोजगारी दर र मुल्य बढेको तथ्यांक

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २०, शुक्रबार १८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    गर्मी समयमा अमेरिकी रोजगारी बजार बढ्नु पर्नेमा यसपाली उल्टो असर देखाउँदै घटेको देखिएको छ । अगस्ट महिनामा केवल २२ हजार नयाँ रोजगारी थपिएको छ, र व्यापारहरूले महसुस गरेका भन्सार शुल्कका प्रभावहरूका कारण श्रम बजारमा सुस्तीको क्रम जारी रहेको अध्धयनले उल्लेख गरेको छ ।

    अन्तिम रोजगारी प्रतिवेदनमा अझ खराब समाचार समेटिएको छ । पछिल्लो सर्वेक्षण अनुसार, अमेरिकाले जुन महिनामा १३,००० रोजगारी गुमाएको थियो । अगस्ट महिनाको बेरोजगारी दर ४.३% मा पुगेको छ, जुन २०२१ यता सबैभन्दा उच्च बेरोजगारी दर हो । श्रम बजारमा पनि आएको सुस्ती देखाएका छन् । अध्धयनमा भनिएको छ की प्रमुख अर्थशास्त्री नेला रिचर्डसनका अनुसार “वर्षको सुरुआतमा रोजगारी वृद्धि निकै बलियो थियो, तर त्यो लय अहिले अनिश्चितताले तहसनहस भएको छ । रोजगारी सुस्त हुनुका धेरै कारणहरू हुन सक्छन् – जस्तै श्रमिक अभाव, उपभोक्ताहरूको आशंका, र एआईबाट उत्पन्न व्यवधान।” भनिएको छ ।

    संघीय रिजर्भले पनि श्रम बजारको निगरानी गरिरहेको छ कि त्यसको आधारमा ब्याजदरमा परिवर्तन आवश्यक छ कि छैन । गत महिना वायोमिङको ज्याक्सन होलमा आयोजित सम्मेलनमा ँभम अध्यक्ष जेरोम पावेल ले आफ्नो भाषणमा संकेत दिएका थिए कि सेप्टेम्बर १७ को बैठकमा दर कटौती गर्ने सम्भावनातर्फ अधिकारीहरूले दावी गरेका छन ।

    संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ। जुन चालू वर्षको फागुन महिनापछिको सबैभन्दा उच्च स्तर हो। अमेरिकी आर्थिक विश्लेषण विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस्तो देखिएको हो।

    आधारभूत मूल्यवृद्धि भन्नाले खाद्यान्न र इन्धनजस्ता दैनिक रूपमा उतारचढाव हुने वस्तुहरूलाई हटाएर बाँकी वस्तु तथा सेवाहरूको मूल्यमा आएको परिवर्तनलाई जनाइन्छ। जुन महिनाको तुलनामा यो दर ०.३ प्रतिशतले वृद्धि भएको छ, जुन आर्थिक जानकारहरूको अनुमानसँग मेल खाएको बताइएको छ।

    स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मूल्यवृद्धिको गति अपेक्षाकृत मन्द देखिएकाले सेप्टेम्बर महिनामा ऋणको ब्याजदर घट्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

    संयुक्त राज्य अमेरिकामा आर्थिक अवस्था आकलन गर्ने मुख्य सूचकको रूपमा रहेको उपभोग व्यय मूल्य सूचकांकअनुसार अमेरिकामा बसोबास गर्ने नागरिकहरू वा तिनीहरूका तर्फबाट किनमेल गरिने वस्तु तथा सेवाहरूको मूल्य यही माध्यमबाट मापन गरिन्छ।

    Post Views: 173
    प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार १८:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.