नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गरिएको समाचार छ । तत्कालिन कार्यकारी निर्देशक घिसिडको ३ महिना कार्यकाल हुदा हटाएर ओली सरकारले हितेन्द्र देव शाक्यलाई नियूक्त गरिएको थियो ।

एक मन्त्रीले दिएको जानकारीअनुसार कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय भएको छ । यस विषयलाई केहिले पुरानो रिस फेरेको रुपमा लिएका छन भने निवर्तमान प्रधानमन्त्रि ओलीले गरेको नियूक्ति बदरको रुपमा पनि विष्लेशण गरिएको छ ।





