• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पोर्चुगलमा नागरिकता लिन अब १० बर्ष कुर्नुपर्ने कानुन

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक ११, सोमबार १९:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोर्चुगलमा बसेर नागरिकता लिन चाहनेहरुका लागि पछिल्लो सरकारी निर्णयले अब नागरिकता लिन १० बर्ष कुर्नुपर्ने भएको छ । गोल्डेन भिसा कार्यक्रम वा अन्य भिसा मार्गहरूमार्फत युरोपेली नागरिकता पाउन चाहने धेरै मानिसहरूका लागि यो ठूलो झट्का भनिएको छ । पोर्चुगाली सरकारको पछिल्लो निर्णय अनुसार अब नागरिकताको आवेदन दिनु अघि देशमा बस्नुपर्ने समय १० वर्ष पु¥याइएको हो ।

    पहिले, पोर्चुगलमा बसाइ बस्न इच्छुक आप्रवासीहरूका लागि अत्यन्त आकर्षक गन्तव्य मानिन्थ्यो, किनभने पहिले नागरिकताको लागि आवेदन दिन केवल पाँच वर्षको बसोबास पर्याप्त हुन्थ्यो । अब त्यो समय दोब्बर पारिएको छ । तर अब, युरोपेली संघ ईयूका नागरिकहरू र पुर्तगाली भाषा बोल्ने देशहरूको समुदाय (ब्राजिल, एङ्गोला, काबो भेर्दे, गिनी–बिसाउ, इक्वेटोरियल गिनी, मोजाम्बिक, साओ टोमे र प्रिन्सिपे, र टिमोर–लेस्टे) का नागरिकहरूको लागि यो समयावधि १० वर्ष होइन, ७ वर्षमा बढाइनेछ ।
    जसले नागरिकताका लागि आवेदन दिई सकेका थिए तिनका लागि पुराना नियमहरू लागू हुनेछन् । तर जसले अझै नागरिकताको प्रक्रिया सुरु गरेका छैनन्, तिनले नयाँ ७ वा १० वर्षको नियम पालना गर्नुपर्नेछ । यो नियम नेपाली वा अन्य एसियन देशका नागरिककता सवलामा १० बर्ष कुर्नुपर्नेछ ।

    नयाँ नियमअनुसार नागरिकताको समयरेखा पनि फेरिएको छ । जसमा समय गणना तबदेखि सुरु हुनेछ जब अधिकारीहरूले आवास अनुमति प्रदान गर्छन् । यस अघि आवेदन दिएकोे मितिबाट दिईन्थ्यो । वास्तवमा, यसले प्रक्रियामा थप दुईदेखि तीन वर्षसम्म समय बढाउनेछ, किनभने सामान्यतया पुर्तगालमा आवास अनुमति पाउन त्यति समय लाग्छ । त्यसैले अधिकांश विदेशीहरू, गोल्डेन भिसा लगानीकर्ताहरू, र डिजिटल नोमाड भिसामा आएका व्यक्तिहरूका लागि नागरिकता प्रक्रिया करिब ९ देखि १३ वर्ष लामो हुनेछ । नयाँ नियममा एक अनुकूल प्रावधान पनि छ जसमा पोर्चुगलमा कानूनी रूपमा बिताएको सबै समय (लगातार वा बीचमा रोकिएर) अब देशमा बसोबासको अवधि गणनामा समावेश गरिनेछ । यसबाट करिब १० हजार भन्दा बढी नेपाली जो नागरिकताको बाटोमा छन उनिहरुलाई पनि प्रभावित हुनेछन । प्रायजजसो पोर्चुगलमा नागरिकता लिएर यूरोपका अन्य देशहरुका बसोबासका लागि जाने गरेको तथ्यांकहरुले देखाएको छ ।

    पोर्चुगलले गोल्डेन भिसा कार्यक्रममार्फत करिब ९ अर्ब यूरोपियन लगानी आकर्षित गरेको जनाइएको छ जसमा आवेदनकर्ताहरूलाई यहाँको मौसम, राजनीतिक स्थिरता, जीवन–व्यय, र प्रभावकारी शिक्षा, यातायात तथा स्वास्थ्य संरचनाले आकर्षित गरेको थियो । २०१९ पछि, पोर्चुगलमा विदेशी जनसंख्या लगभग तीन गुणा बढेर १६ लाख पुगेको छ, जुन देशको कुल जनसंख्याको करिब १५ प्रतिशत हो । पोर्चुगल सरकारले नयाँ निर्णय गरेको यो विषय अक्टोबर २८ मा मतदान भएर कानुन कार्यन्वय शुरु हुनेछ ।

    Post Views: 329
    प्रकाशित मिति: २०८२ कार्तिक ११, सोमबार १९:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.