• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

  •  खबरमाला संवाददाता
  • २०८३ असार १०, बुधबार ०५:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लामो कुटनीतिक परम्परा तोडेर नयाँ बनाउने अभियानमा रहेको वर्तमान सरकारले आउँदो वर्ष तीन देशमा नेपाली दूतावासको नयाँ भवन बनाउने बजेट विनियनेजन गरेको छ । विगत लामो समयदेखि परराष्ट्र मन्त्रालयले दुतावासको लागि बजेट माग गर्दै आएको ती दुतावास बनाउन यस बर्षको बजेटमा रकम छुट्याइएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, अष्ट्रेलियाको क्यानबेरा, साउदी अरेबियाको रियाद र थाइल्यान्डको बैंककमा आर्थिक वर्ष सुरु भएलगत्तै भवन बन्ने क्रम सुरु हुनेछ ।

    नेपालको विदेशस्थित ३१ दूतावास, ३ स्थायी नियोग र १० महावाणिज्य दूतावास गरी कुल ४४ नियोग छन् । तीमध्ये ९ दूतावास कार्यालय र ११ राजदूत निवासमात्र आफ्नो स्वामित्वमा वा लिजमा भवन छन् । बाँकी भाडामा चलेका छन् । कतिपय स्थानमा जग्गा किनेर राखिए पनि भवन बनाउन बजेट अभाव भन्दै भाडामा बसी रहेका छन । सरकारले दूतावास र राजदूतको आवास बनाउन पाकिस्तानको इस्लामावाद, साउदी अरेबियाको रियाद, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर, ओमानको मस्कट, चीनको बेइजिङ, अष्ट्रेलियाको क्यानबेरामा जग्गा खरिद गरिसकेको छ । कतिपय ठाउँमा त जग्गा खरिद गरेको वर्षौं बित्दा पनि दूतावास तथा राजदूत निवास बनाउन सकेको थिएन । यसपालि सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेटमा तोकेरै तीन ठाउँमा दूतावास भवन निर्माण गर्न बजेट छुट्टयाएको हो ।

    अर्थ मन्त्रालयले प्रकाशित गरेको बजेट पुस्तकमा २०८३र८४ मा विदेशस्थित नेपाली नियोगहरूको लागि पुँजीगत बजेट ९७ करोड ६९ लाख रुपैयाँ उल्लेख छ । त्यसमध्ये भवन निर्माण गर्न ८५ करोड ८२ लाख रुपैयाँ छुट्टयाएको छ । नियोगका नाममा खरिद जग्गामा भवन नबनाएपछि संसद्को सार्वजनिक लेखा समितिले २०७७ मंसिर १४ गते निर्देशन दिएको थियो । समितले जग्गा खरिद भएका ठाउँमा भवन बनाउँदै नियोगका घरभाडा खर्च कटौती गर्न निर्देशन दिएपछि सरकार दवावमा परेको थियो ।
    अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीन वर्षमा सक्नुपर्ने थियो, तर, आठ वर्ष बित्दा पनि काम सुरु भएको छैन । सम्झौताअनुसार, दूतावास र आवश्यक अन्य भवन नबन्दा ९९ वर्षका लागि गरिएको लिज सम्झौता रद्द हुने खतरा बढेको थियो । अघिल्ला सरकारले आवश्यक बजेट विनियोजन नगर्दा समस्या सिर्जना भएका हुन् ।

    दूतावास र अन्य आवश्यक भवन नबन्दा नेपाली दूतावास भाडाकै घरमा छन् । राजदूत र अन्य कूटनीतिक कर्मचारी पनि भाडाकै घरमा बस्न बाध्य छन् ।२०७४ सालमा क्यानबेरामा जग्गा लिजमा खरिद भएको थियो । त्यस निम्ति ६ हजार १९८ वर्गमिटर जग्गा ९९ वर्षका लागि लिजमा लिने सम्झौता २०७४ चैत ७ गते भएको थियो । त्यतिबेला उक्त जग्गा १२ लाख अष्ट्रेलियन डलरमा खरिद भएको थियो । खरिद सम्झौताको बुँदा ३ ९ए० मा उक्त जग्गामा १८ महिनाभित्र भवनको काम सुरु गरी ३६ महिनाभित्र सक्नुपर्ने उल्लेख छ ।

    साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले २०७८ कात्तिकमा १ करोड ६४ लाख ८८ हजार साउदी रियाल ९करिब साढे ६० करोड रुपैयाँ० मा ३ हजार ६६४ वर्गमिटर जग्गा खरिद गरेको छ । जहाँ दूतावास र कूटनीतिक कर्मचारीको आवास तथा अफिसका निम्ति भवनका हो । खरिद सम्झौतामा ५ वर्षभित्रै भवन बनाइसक्नुपर्ने भए पनि बजेट अभावका कारण अलपत्र थियो यो बर्ष सरकारले यसपालि बजेट राखेको छ ।

    त्यसैगरी नेपालले २०७३ असारमा थाइल्यान्डको बैंककमा तीन घरसहितको पौने ४ रोपनी जग्गा खरिद गरेको थियो । ती भवनसहितको जग्गा नेपालले १५ करोड थाई भाट ९४५ करोड ७४ लाख रुपैयाँमा खरिद गरेको थियो । उक्त जग्गामा सरकारले आउँदो वर्ष भवन निर्माण गर्न लागेको छ । यसबाट के देखिन्छ भने सरकार केहि दुतावास बन्द गरे पनि भएकालाई सुविधासम्पन्न बनाउन चाहान्छ । विगतमा सरकारले अनावश्यक स्थानमा दुतावास स्थापना गर्दा राज्यलाई अनावश्यक व्ययभार थपिएको थियो । नयाँ सरकारले विभिन्न देशको वाणिज्य दुतावास, महावाणिज्य दुतको कार्यलय तथा दुतावास गरी दर्जन भन्दा बढी बन्द गर्ने निर्णय गरी सकेको छ । यसबाट राज्यलाई अनावश्यक भार कम हुने उल्लेख छ ।

    Post Views: 153
    प्रकाशित मिति: २०८३ असार १०, बुधबार ०५:०३
    Advertisement
    संबन्धित शिर्षकहरु
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    Advertisement
    ताजा अपडेट
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • ३. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    चर्चित
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.