• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर ३०, सोमबार ०५:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यानडामा चिकित्सक अभाव भएपछि क्यानडाको आप्रवासन, शरणार्थी तथा नागरिकता क्यानडा (आईआरसिसि)ले यहि डिसेम्बर ८ मा विदेशी दक्ष चिकित्सक कामदार भित्र्याउने योजना सार्वजनिक गरेको छ । त्यो पनि छोटो समयमै पिआर दिने योजनासहित । यसबाट नेपाल भारत लगायत विदेशीहरुका लागि योे सुनौलो अवसर हो । त्यस योजना अन्र्तगत डिसेम्बर ८ बजेट २०२५ अन्तर्गत उच्च दक्ष जनशक्तिमार्फत गम्भीर श्रम अभाव पूरा गर्ने प्रतिबद्धतालाई समर्थन गर्दै, आप्रवासन, शरणार्थी तथा नागरिकतामन्त्री माननीय लेना मेटलेज दीआब र स्वास्थ्य मन्त्रीकी संसदीय सचिव म्यागी चीले अन्तर्राष्ट्रिय चिकित्सकहरूका लागि स्थायी बसोबास प्राप्त गर्ने प्रक्रिया सरल बनाउँने घोषणामा सहभागी थिए । यसबाट क्यानडाको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने नयाँ उपाय भन्दै छोटो समयमा पिआर दिएर विदेशी चिकित्सक तथा स्वास्थकर्मी भित्र्याउने योजना सार्वजनिक गरेका हुन । त्यस कार्यक्रममार्फत त्यसरी छनौट भएका आप्रवासी स्वास्थ्यकमीहरुले वा चिकित्सकहरूले १४ दिनमै छिटो समयमा वर्क परमिट पाउने छन । वर्क परमिट पाएपछि स्थायी बसोबासको लागि योग्य हुने अनुमति दिनेछ। एक अध्ययन अनुसार क्यानडामा ५ जना बराबर १ डाक्टर रहेको तर पारिवारिक डाक्टर भने निकै अभाव रहेको तथ्यांक सार्वजनिक भएको छ । क्यानडाको जनसख्या अनुसार सन २०२८ सम्ममा ३९ हजार थप विदेशबाट डाक्टर ल्याउनुपर्ने रिसर्चले देखाएको छ ।

    आईआरसिसिले क्यानडामा काम गरिहेका विदेशी स्वास्थ्यकर्मीहरुलाई छिटौ पिआर दिने र विदेशबाट ल्याउनेहरुका हकमा पनि एक बर्ष क्यानडामा काम गरेको अनुभवपछि पिआरको बाटोमा लैजाने योजना समेटिएको छ । पछिल्ला तीन वर्षभित्र योग्य पेशामा कम्तीमा एक वर्षको क्यानडाली कार्य अनुभव भएका अन्तर्राष्ट्रिय चिकित्सकहरूका लागि नयाँ एक्सप्रेस एन्ट्री श्रेणी सिर्जना गर्ने उल्लेख छ। यी चिकित्सकहरू हाल अस्थायी हैसियतमा क्यानडामा काम गरिरहेका छन् । बिरामीहरूको सेवा गर्दै र क्यानडाको स्वास्थ्य प्रणालीमा योगदान पुर्‍याउँदै आएको भन्दै उनिहरुका लागि विशेष व्यवस्था गरिने उल्लेख छ । गम्भीर स्वास्थ्य जनशक्ति अभाव पूर्ति गर्न र क्यानडालीहरूका लागि भरपर्दो सेवा तथा स्थिर स्वास्थ्य प्रणाली सुनिश्चित गर्न, यी चिकित्सकहरूलाई क्यानडामा स्थायी बसोबासको स्पष्ट मार्ग प्रदान गरिँने (आईआरसिसि) मा उल्लेख छ । नयाँ एक्सप्रेस एन्ट्री श्रेणीका लागि आवेदन भने २०२६ को सुरुवातदेखि शुरु हुने (आईआरसिसि) ले जनाएको छ ।

    क्यानडा सरकारले प्रान्त र क्षेत्रहरूलाई इजाजतप्राप्त र रोजगार प्रस्ताव भएका चिकित्सकहरू नामांकन गर्न ५ हजार संघीय भर्ना स्थान छुट्याउने उल्लेख गरिएको छ । यी स्थानहरू वार्षिक प्रान्तीय नामांकन कार्यक्रमको कोटाभन्दा अतिरिक्त भएको उल्ल्ोख छ ।
    क्यानडा सरकारको यो अभियानले अन्तर्राष्ट्रिय प्रतिभा आकर्षणको रणनीतिलाई पनि आकर्षण गर्ने उल्लेख छ । जसको उद्देश्य अर्थतन्त्र र समुदायलाई अघि बढाउने रोजगारी र उद्योगहरूलाई सुदृढ बनाउनुका साथै आप्रवासन प्रणालीमा सन्तुलन र दीर्घकालीन दिगोपन पुनःस्थापित गर्नु हो भनिएको छ ।

    “क्यानडाको नयाँ सरकारको लक्ष्य शीर्ष विश्वव्यापी प्रतिभा आकर्षित गर्दै गम्भीर श्रम अभाव पूर्ति गरेर बलियो अर्थतन्त्र निर्माण गर्नु हो। यो समर्पित एक्सप्रेस एन्ट्री श्रेणी र प्रान्त तथा क्षेत्रहरूका लागि छुट्याइएका संघीय भर्ना स्थानहरूले अनुभवी चिकित्सकहरूलाई ल्याउन र टिकाइराख्न मद्दत गर्नेछन्, ताकि क्यानडाभरका मानिसहरूले आवश्यक स्वास्थ्य सेवा पाउन सकून्(आईआरसिसि)द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    क्यानडाकी स्वास्थ्यमन्त्रि म्यागी चीले बताए अनुसार “दक्ष स्वास्थ्य पेशेवरहरू आकर्षित गर्नु क्यानडाको स्वास्थ्य जनशक्ति अभाव समाधान गर्न अत्यावश्यक छ। हाम्रो स्वास्थ्य प्रणालीलाई आवश्यक विशेषज्ञता भएका योग्य चिकित्सकहरूको संख्या बढाउँदा देशभरका मानिसहरूले समयमै, उच्च गुणस्तरको सेवा पाउनेछन्। प्रान्त र क्षेत्रहरूसँग नजिकबाट सहकार्य गर्दै हामी जनशक्ति चुनौतीहरू समाधान गर्दै स्वास्थ्य प्रणालीलाई सुदृढ बनाइरहेका छौं, ताकि क्यानडालीहरूले आवश्यक परेको बेलामै सेवा पाउन सकून्।”

    क्यानडियन मेडिकल एसोसिएसनका अध्यक्ष डा मार्गोट बर्नेलले “अस्थायी भिसामा रहेका चिकित्सकहरूका लागि स्थायी बसोबासको मार्ग सिर्जना गर्दा स्वास्थ्य जनशक्ति बलियो बन्छ, स्टाफ अभाव क्रमशः घट्छ, र बिरामी सेवामा विविध अनुभव र दृष्टिकोणको लाभ पुग्छ भन्दै घोाषित कार्यक्रमलाई सन २०२६बाट पुर्णत लागु गर्ने बताएका छन ।

    आप्रवासनले क्यानडाको श्रमशक्ति वृद्धिको १०० प्रतिशत योगदान पुर्‍याउँने दावी गर्दै जसले प्रमुख क्षेत्रहरूमा श्रम अभाव समाधान गर्न मद्दत गर्नेछ । २०२४ मा करिब ५ दशमलव ७ मिलियन १७ प्रतिशत क्यानडाली वयस्क र करिब ७ लाख ६५ हजार अर्थात ११ प्रतिशत बालबालिका तथा युवाहरूसँग नियमित स्वास्थ्य सेवा प्रदायक थिएन। एक्सप्रेस एन्ट्री क्यानडाको प्रमुख आवेदन व्यवस्थापन प्रणाली हो, जसअन्तर्गत संघीय दक्ष कामदार कार्यक्रम, संघीय दक्ष ट्रेड कार्यक्रम, क्यानडियन अनुभव वर्ग तथा प्रान्तीय नामांकन कार्यक्रमको एक भागमार्फत स्थायी आप्रवासन गरिन्छ।

    यी कार्यमा लागि योग्य पेशाहरूमा सामान्य चिकित्सक तथा पारिवारिक चिकित्सक, शल्यचिकित्सा विशेषज्ञ, र क्लिनिकल तथा प्रयोगशाला चिकित्सा विशेषज्ञहरु पर्दछन। चिकित्सकहरूको विदेशी प्रमाणपत्र मान्यता र लाइसेन्सिङको जिम्मेवारी प्रत्येक प्रान्त र क्षेत्रको हुने उल्लेख छ । क्यानडा उत्कृष्ट प्रतिभा आकर्षित र कायम राख्न निरन्तर काम गरिरहेको क्यानाड सरकारले अमेकिामा भईरहेको आप्रवासन धरपकडलाई पनि मौकाको रुपमा प्रयोग गर्न खोजेको देखिन्छ । त्यस घोषणामा क्यानडामा पढेर ग्रायजुएट भएका स्नातकोत्तर विद्यार्थीहरूका लागि लक्षित उपायहरू सहित यस महत्त्वपूर्ण प्रयासको निरन्तरता भएको उल्लेख छ ।

    एक्सप्रेस प्रक्रियाका लागि तलको लिंकमा गएर सबै जानकारी लिन सकिन्छ ।  https://www.canada.ca/en/immigration-refugees-citizenship/services/immigrate-canada/express-entry/rounds-invitations/category-based-selection.html

    Post Views: 204
    प्रकाशित मिति: २०८२ मंसिर ३०, सोमबार ०५:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.