• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

  •  खबरमाला संवाददाता
  • २०८२ पुष १, मंगलवार ०६:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालको पछिल्लो राजनीतिक घटनाक्रम गत सेप्टेम्बर ८ तारिकको घटनासंग जोडेर क्यानाडा सरकारले आफ्ना नागरिकहरूलाई अत्यावश्यक कामबाहेक नेपाल यात्रा नगर्न सुझाव दिएको छ । यसबाट नेपालको पर्यटन क्षेत्रमा निकै ठुलो असर पर्ने देखिन्छ । आज डिसेम्बर १५ तारिकमा जारी विज्ञप्तिमा नागरिकहरूको सुरक्षासम्बन्धी जोखिमलाई ध्यानमा राख्दै यो सूचना जारी गरिएको जनाएको छ । अझै नेपालमा सुरक्षा चुनौति उस्तै रहेको क्यानडा सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    नेपाल यात्रा गर्ने व्यक्ति तथा उनीहरूका परिवारलाई पर्यटन, व्यवसाय, अध्ययन वा अन्य कुनै पनि प्रयोजनका लागि अत्यन्तै आवश्यक नभएसम्म यात्रा नगर्न सल्लाह दिइएको छ। नेपालमा विद्यमान सुरक्षा चुनौतीका कारण क्यानाडाली नागरिकहरूलाई नेपालमा आफ्नो बसाइ अवधि छोट्याउन पनि सुझाव दिइएको छ।

    हालको अशान्ति, हिंसा, कमजोर राजनीतिक अवस्था, कमजोर सुरक्षा स्थिति आदिका कारण नेपाल यात्रा नगर्न जानकारी दिइएको छ। साथै, नेपालमा क्यानाडा सरकारको सीमित वाणिज्य दूतावासीय सेवाका कारण त्यहाँ बस्नु जोखिमपूर्ण हुन सक्ने पनि बताइएको छ। सेप्टेम्बर ८, २०२५ मा नेपालमा भएका प्रदर्शन र झडपहरूमा सयौँ जना घाइते र मृतक भएका थिए। त्यसयता कहिलेकाहीँ हुने प्रदर्शन र विरोधका सन्दर्भमा, नागरिकहरूको थप सुरक्षाका लागि क्यानाडा सरकारले डिसेम्बर १५ मा—अर्थात् हिजो सोमबार, डिसेम्बर २९—अद्यावधिक सूचना जारी गरेको हो।

    पछिल्लो पटक आफ्नो नागरिकको गुनासोका आधारमा पकेट मार्ने र झोला खोस्ने जस्ता साना चोरीका घटनाहरु भएको विशेषगरी पर्यटकीय स्थलहरू, विमानस्थल, र भीडभाड भएका बसहरूमा सजकता अपनाउन भनिएको छ । काठमाडौँका कुपण्डोल, सानेपा र ठमेल जस्ता लोकप्रिय पर्यटकीय क्षेत्रमा हिँडडुल गर्दा विशेष सतर्कता अपनाउनुहोस्, किनकि यी क्षेत्रमा त्यस्ता घटना हुने गरिएको भन्दै सुरक्षित रहन आग्रह गरिएको छ । साथै होटलका कोठाबाट पनि चोरी हुने घटनाहरू देखिएको भन्दै
    सेप्टेम्बरदेखि नोभेम्बरसम्म रहने चाडपर्वको मौसममा चोरी, झोला खोस्ने, जेब काट्ने र घर–कोठा फोड्ने जस्ता अपराधहरू उल्लेखनीय रूपमा बढ्ने गरेका बताएका छन ।
    त्यसै गरी क्यानडा सरकारद्धारा जारी विज्ञप्तिमा खानामा मिसावट गरिएको खाना, पेय पदार्थ र अन्य वस्तुहरु माथी प्रश्न उठाइएको छ ।

    सुझावमा भनिएको छ आफ्नो खाना वा पेय पदार्थ कहिल्यै निगरानीबिना नछोड्नुहोस् वा अपरिचित व्यक्तिको जिम्मामा नदिनुहोस्। नयाँ चिनजानका व्यक्तिबाट खाजा, पेय पदार्थ, चुइङगम वा चुरोट स्वीकार नगर्नुहोस्, किनकि ती वस्तुहरूमा लागूपदार्थ मिसाइएको हुन सक्छ, जसले यौन दुर्व्यवहार वा लुटपाटको जोखिम बढाउन सक्छ भन्दै सजकता अपनाउन सुझाइएको छ ।

    नेपाल स्थिर लोकतन्त्रतर्फ अघि बढिरहे पनि राजनीतिक अवस्था अझै नाजुक छ, र कुनै पनि बेला तनाव बढ्न सक्छ भन्दै कहिलेकाहीँ विशेषगरी काठमाडौँमा साना स्तरका राजनीतिक उद्देश्यले गरिएका आक्रमणहरू हुने गरेका छन्। विगतमा विस्फोटक पदार्थ आइईडी प्रयोग गरिएका केही आक्रमणमा मानिसहरू घाइते वा मृत्यु भएका छन्। विदेशी नागरिकहरूलाई लक्षित गरिएको छैन, तर थप आक्रमणको सम्भावना कायमै छ भन्दै आशंका गरिएको छ ।

    क्यानाडद्धारा जारी पत्रमा नेपालमा राजनीतिक प्रदर्शनहरू सामान्य छन् र कहिलेकाहीँ हिंसात्मक बन्न सक्छन् भन्ने आशंका गर्दै राजनीतिक उद्देश्यले गरिएका प्रदर्शनहरू काठमाडौँ तथा भारतसँग सीमा जोडिएको नेपालको दक्षिणी क्षेत्रमा विशेष रूपमा उग्र हुने गरेका छन्, जसले कहिलेकाहीँ सीमा नाकाहरूमा असर पारेको दावी गरिएको छ । यो विषय निकै गंभीर भएकोले नेपाल सरकारले कुटनीतिक पहल गरी यस्ता विषय समाधान गर्न जरुरी छ । यसमा नेपाल सरकारले पहल कदमी गर्न जरुरी छ ।

    क्यानडाद्धारा जारी गरिएको विज्ञप्तिमा जस्ताको तस्तै हेर्न तलको लिंकमा गएर हेर्न सकिन्छ ।

    https://travel.gc.ca/destinations/nepal?fbclid=IwY2xjawOtgdVleHRuA2FlbQIxMABicmlkETExUkNubWRBRkZuTFdSS2dmc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHqCubEy3KGTRe87y5uQk0adppOeVR97qGjcryzKui8sknniZ8HSaSUiiDHh-_aem_pfH1OTJzLW4L2vV7THkc3A

    Post Views: 211
    प्रकाशित मिति: २०८२ पुष १, मंगलवार ०६:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.