• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा प्रतिबर्ष झण्डै ८ लाख आप्रवासीले नागरिकता लिन्छनः विश्वभर रहेकामध्ये १७ प्रतिशत अमेरिकामा !

  •  होम लम्साल
  • २०८२ पुष ५, शनिबार १०:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संयुक्त राष्ट्रसंघको जनसंख्या विभागको सबैभन्दा पछिल्लो तथ्यांकअनुसार, विश्वभरिका देशहरूमा भन्दा संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै आप्रवासीहरू बसोबास गर्छन्र । यो संख्या जर्मनी, साउदी अरेबिया, बेलायत र फ्रान्स यी चार देशहरूको संयुक्त संख्याभन्दा पनि बढी हो । सन् २०२४ मा विश्वको कुल जनसंख्यामा अमेरिकाको हिस्सा करिब ४ प्रतिशत मात्र भए पनि, विश्वका कुल अन्तर्राष्ट्रिय आप्रवासीहरूमध्ये १७ प्रतिशत अमेरिका मै बसोबास गरिरहेका छन ।

    अमेरिकाको आप्रवासी जनसंख्या संख्याका हिसाबले ऐतिहासिक उच्च तहमा पुगेको छ । यद्यपि कुल जनसंख्यामा यसको अनुपात भने धेरै होईन । पछिल्लो दशकमा जन्मदर घट्दै जाँदा अमेरिकाको जनसंख्या वृद्धि सुस्त हुँदै आएको छ । यस अवस्थामा आप्रवासन अमेरिकी जनसंख्या वृद्धिको महत्वपूर्ण आधार बनेको छ। वास्तवमा, २०२२ देखि २०२३ सम्मको अवधिमा अमेरिकाको कुल जनसंख्या वृद्धि पूर्ण रूपमा आप्रवासनकै कारण भएको थियो, जुन तथ्यांक संकलन सन् १८५० देखि सुरु भएयता पहिलो पटक हो।

    अमेरिकी जनगणना ब्यूरोको सबैभन्दा पछिल्लो अमेरिकन कम्युनिटी सर्वे २०२३ अनुसार, २०२३ सम्म संयुक्त राज्य अमेरिकामा ४ करोड ७८ लाख अर्थात ४७ दशमलव ८ मिलियन आप्रवासीहरू बसोबास गरिरहेका थिए। तीमध्ये करिब तीन चौथाइ आप्रवासीहरू कानुनी रूपमा रहेको देखाउँछ । जसले नागरिकता प्राप्त गरिसकेका स्थायी बसोबास अनुमति प्राप्त व्यक्ति हुन भने ग्रीन कार्ड धारक अस्थायी भिसा धारकमा पर्दछ ।

    यहाँ हालका वर्षहरूमा अमेरिकी नागरिकता प्राप्त गर्ने व्यक्तिहरूको वार्षिक संख्या र ऐतिहासिक प्रवृत्ति प्रस्तुत गरिएको छ । पछिल्ला वर्षहरूको नागरिकता लिएको तथ्यांकहरु हेर्दा २०२४ मा करिब ८ लाख १८ हजार ५०० जना अमेरिकी नागरिकता लिएको देखिन्छ । त्यसैगरी २०२३ करिब ८ लाख ,७८ हजार ५०० सन २०२२ मा करिब ९ लाख ६९ हजार ४०० जनाले नागरिकता पाए । यी तथ्यांकहरू ती आर्थिक वर्षहरूमा ग्रीन कार्डधारीहरूले नागरिकता प्रक्रिया पूरा गरी शपथ नागरिकता लिएको संख्या हो । अमेरिकी सरकारी तथ्यांकअनुसार पछिल्ला दशकहरूमा सन २००५ करिब ६ लाख ४ हजार जनाले नागरिकता प्राप्त गरेका थिए भने सन २००८ मा करिब १० लाख ४७ हजार ले नागरिकता लिएका थिए जुन अहिलेसम्मकै सबैभन्दा धेरै भएको उल्लेख छ । पछिल्ला २० वर्षको औसत संख्या हेर्दा हरेक वर्ष करिब ७ लाख ५८ हजार जनाले अमेरिकी नागरिकता लिएको देखिन्छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नागरिकता प्राप्त गरिसकेका अमेरिकीहरूको नागरिकता खोस्ने डिन्याचुरलाइजेशन प्रक्रियालाई तीव्र बनाउने योजना बनाएको भन्दै न्युयोर्क टाइम्सले समाचार प्रकासित गरेको छ । ट्रम्प प्रशासनले आन्तरिक सर्कुलर गरेको भन्दै प्रकासित समाचारमा राष्ट्रपति ट्रम्पको आप्रवासन कडाइ अभियानलाई अझ आक्रामक बनाइएको नयाँ चरणमा प्रवेश गराएको भनिएको छ ।

    गत मंगलबार यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेसका क्षेत्रीय कार्यालयहरूलाई जारी गरिएको उक्त मार्गदर्शनमा २०२६ आर्थिक वर्षमा प्रतिमहिना १०० देखि २०० वटा डिन्याचुरलाइजेशन मुद्दा आप्रवासन मुद्दा हेर्ने कार्यालयलाई उपलब्ध गराउन सख्या नै तोकेर आग्रह गरिएको दावी गरिएको छ । विज्ञहरूका अनुसार, यदि ती मुद्दाहरू सफल भए भने, यो आधुनिक कालमा डिन्याचुरलाइजेशनको ठूलो वृद्धि हुनेछ न्यूयोर्क टाईमले समाचार लेखेको छ । अमेरिकी न्याय विभागका अनुसार २०१७ देखि यस वर्षसम्म जम्मा १२० भन्दा केही बढी मात्र मुद्दा दायर हुँदै आएको बताइएको छ ।

    संघीय कानुनअनुसार, नागरिकता आवेदन गर्दा ठगी गरेको अवस्थामा वा केही अत्यन्त सीमित अन्य परिस्थितिमा मात्र व्यक्तिको नागरिकता खारेज गर्न सकिन्छ। तर ट्रम्प प्रशासनले वैधानिक र अवैधानिक दुवै आप्रवासीलाई लक्षित गर्न उपलब्ध सबै उपाय प्रयोग गर्ने उत्साह देखाएको छ। यसका कारण, यस्तो अभियानले नागरिकता कागजातमा इमानदार त्रुटि गरेका मानिसहरू पनि फस्न सक्ने र कानुन पालना गर्ने अमेरिकीहरूमा डर फैलिन सक्ने भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन ।

    यो आन्तरिक सर्कुलर त्यस्तो समयमा आएको हो, जब ट्रम्पले यस वर्षको ठूलो हिस्सा आप्रवासन प्रणालीका मुख्य नाका बन्द गर्न र देशमा प्रवेश गर्न वा बस्न चाहनेहरूका लागि अवरोध खडा गर्न खर्चिएका छन्। अवैध आप्रवासी हटाउने सीमाभन्दा पनि अगाडि बढेको यस व्यापक अभियानमा दक्षिणी सीमामा आश्रय असाइलम रोक, अमेरिकाभित्र आश्रय आवेदनमा अस्थायी रोक, तथा मुख्यतः अफ्रिकी र मध्यपूर्वी देशका यात्रुहरूलाई प्रवेश निषेध जस्ता कदमहरू समावेश छन्। अधिकारीहरूका अनुसार, यी कदमहरूले देशलाई सुरक्षित बनाउने र अमेरिकी मूल्यहरू जोगाउनेछन्। नागरिकता खोसिने अमेरिकी आप्रवासीहरूको संख्या बढाउने लक्षित अभियान भनेको पहिले नै महत्वाकांक्षी रहेको अभियानको अझ ठूलो विस्तार हो।

    “यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेसको ठगीविरुद्धको अभियानमा अवैध रूपमा अमेरिकी नागरिकता प्राप्त गर्नेहरूलाई विशेष गरी अघिल्लो प्रशासनको पालामा—प्राथमिकतामा राखिएको कुरामा गोप्य विषय होइन,” यूएससीआईएसका प्रवक्ता म्याथ्यु जे ट्राजेसरले बताएका छन । उनले “नागरिकता प्रक्रिया क्रममा झुट बोलेका वा गलत विवरण दिएका व्यक्तिहरूविरुद्ध हामी डिन्याचुरलाइजेशन कारबाही अघि बढाउने कुरा सामान्य भएको भन्दै यो नयाँ नभएको दावी गरेका छन ।

    अन्तर्वार्तामा, यूएससीआईएस नेतृत्वले अघि सारेको डिन्याचुरलाइजेशन मुद्दाको लक्ष्य संख्याप्रति केही पूर्व अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। कडा आप्रवासन कानुनका समर्थकहरूले भने गलत रूपमा नागरिकता प्रदान गरिएका व्यक्तिहरूलाई अझ आक्रामक रूपमा छानबिन गरी हटाउनु आवश्यक भएको बताएका छन्।

    जनगणना ब्यूरोका अनुसार, देशमा करिब २ करोड ६० लाख नागरिकता प्राप्त अमेरिकीहरू छन्। यूएससीआईएसका तथ्यांकअनुसार, गत वर्ष ८ लाखभन्दा बढी नयाँ नागरिकले शपथ लिए, जसमध्ये अधिकांश मेक्सिको, भारत, फिलिपिन्स, डोमिनिकन रिपब्लिक वा भियतनाममा जन्मिएका थिए। नागरिकता खोसिएका अधिकांश व्यक्तिहरू कानुनी स्थायी बासिन्दा ग्रीन कार्ड धारकको हैसियतमा फर्किन्छन्।

    मंगलबार जारी गरिएको नयाँ मार्गदर्शन २०२६ आर्थिक वर्षका लागि यूएससीआईएसका प्राथमिकताहरू समेटिएको दस्तावेजको हिस्सा हो । न्याय विभागले यस वर्ष डिन्याचुरलाइजेशनलाई प्राथमिकता बनाउने कुरा पहिले नै जनाएको थियो। गर्मीयाममा वितरण गरिएको स्मरणपत्रमा, नागरिकता प्राप्त गर्दा ठगी गरेको मात्र नभई अन्य विभिन्न श्रेणीका व्यक्तिहरूलाई पनि लक्षित गर्ने बताइएको थियो। विभागका अनुसार, योग्य श्रेणीमा ग्याङ सदस्य, आर्थिक ठगी गर्नेहरू, लागूऔषध कार्टेलसँग जोडिएका व्यक्ति र हिंसात्मक अपराधीहरू पर्ने भएकोले नागरिकता खोस्ने प्रक्रिया अझै व्यापक बनाइने बताइएको छ । “कानुनले अनुमति दिएको र प्रमाणले समर्थन गरेको सबै अवस्थामा डिन्याचुरलाइजेशन कारबाहीलाई प्राथमिकता दिँदै अधिकतम रूपमा अघि बढाइनेछ,” एजेन्सीले जुनमा लेखेको थियो।

     

    संघीय कानुनअनुसार, नागरिकता आवेदन गर्दा ठगी गरेको वा केही अत्यन्त सीमित अवस्थामा मात्र नागरिकता खारेज गर्न सकिन्छ। डिन्याचुरलाइजेशन प्रक्रियामा यूएससीआईएस मुख्य भूमिकामा हुन्छ—एजेन्सीले मुद्दा न्याय विभागलाई सिफारिस गर्छ, र न्याय विभागले संघीय अदालतमार्फत नागरिकता खोस्नुपर्छ। यो प्रक्रिया नागरिक वा आपराधिक दुवै तरिकाले हुन सक्छ। नागरिक मुद्दामा, सरकारी वकिलहरूले कसैले अवैध रूपमा नागरिकता पाएको वा प्रक्रियामा महत्त्वपूर्ण तथ्य लुकाएको स्पष्ट र निस्सन्देह प्रमाण पेश गर्नुपर्छ।

    कठिन अदालती प्रक्रियाका कारण, १९९० को दशकयता डिन्याचुरलाइजेशनका मुद्दा दुर्लभ रहँदै आएका छन्। ब्लुमबर्ग ल’को विश्लेषणअनुसार, सरकारद्वारा दायर गरिएका यस्ता मुद्दा २०१८ मा उच्चतम पुगेका थिए, जब ९० वटा आपराधिक र नागरिक मुद्दा दायर भएका थिए। राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमै पनि डिन्याचुरलाइजेशन बढाएका थिए। व्यापक रूपमा चर्चित एक घटनामा, भारतमा जन्मिएका न्यु जर्सीका बालजिन्दर सिंहको नागरिकता खोसियो । न्याय विभागले उनले यात्रा कागजात वा पहिचान प्रमाण बिना देश प्रवेश गरेको र फरक नाम प्रयोग गरेको पत्ता लगाएपछि उनको नागरिकता खोसिएको थियो ।

    एजेन्सीका प्रवक्ता च्याड गिलमार्टिनका अनुसार यस वर्ष न्याय विभागले १३ वटा डिन्याचुरलाइजेशन मुद्दा दायर गरेको र ८ वटा जितेको तथ्यांक छ । उनले यस वर्ष सामाजिक सञ्जालमा लेखेका थिए कि पहिलो ट्रम्प प्रशासनमा १०० भन्दा बढी मुद्दा अदालतमा दायर भएका थिए, जबकि बाइडेन प्रशासनमा २४ मात्र भएको देखिन्छ । सन् २०१७ मा सर्वोच्च अदालतले सरकारले कसैले नागरिकता आवेदनमा झुट बोलेको मात्र होइन, त्यो झुटले नागरिकता दाबीमा प्रभाव पारेको पनि प्रमाणित गर्नुपर्छ भनेर निर्णय दिएको थियो।

    विज्ञहरूका अनुसार, सिफारिस संख्या बढे पनि वास्तवमै नागरिकता खारेज गराउनु अझै कठिन नै रहने सम्भावना छ, जसले सरकार धेरै मुद्दा सफलतापूर्वक अघि बढाउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठाउँछ। यसरी लक्ष्य पुग्ने गरी आदेश दिंदा समान्य मानिस पनि त्यहि लफडामा पर्न सक्ने भन्दै अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन । स्मरणीय रहोस यस अघि पनि झुट विवरण पेस गरेर, नक्कली विवाह गरेर वा अन्य जालसाँझी गरिएको आरोपमा नागरिकता रद्द गरिएका तथ्यांकहरु रहेका छन । यो समाचार न्यूयोर्क टाईम्स, ईमिग्रेसन पोलिसी इन्ष्टिच्यूट र यूएससिआईएसको तथ्यांकहरुमा आधारित छ ।

    Post Views: 160
    प्रकाशित मिति: २०८२ पुष ५, शनिबार १०:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.