• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनएको १२औँ विश्व सम्मेलनमा नेपालमा शुरु, विगतमा तामझाम वर्तमानमा सुनसान !

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र १, आईतवार ०६:१८ प्रकाशित
    गैर आवासीय नेपाली सङ्घको शनिबारदेखि काठमाडौँमा आयोजित १२औँ विश्व सम्मेलनमा परराष्ट्रमन्त्री बालानन्द शर्मासहित सामूहिक तस्बिरमा । तस्बिर : कृष्णराज गौतम/रासस
    • अ-
    • अ
    • अ+

    विगतमा भव्य हुने एनआरएनको महाधिवेसन यस पटक सुनसान सम्पन्न हुँदै छ । कुनै बेला एनआरएनको निर्वाचन वा सम्मेलन हुँदा काठमाडौंको सडकका ट्याक्सी ड्राईभरदेखि प्रधानमन्त्रिसम्मका सबै व्यस्त हुन्थे तरअहिले फुटर गुटका कारण एनआरएन सम्मेलन होटलको एउटा कोठामा सिमित हुन पुगेको छ ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा नेपालमा लगानीको वातावरण अनुकूल बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी बढाउन आह्वान गरिएको छ । आज यहाँ कार्यक्रममा सहभागी उद्यमी तथा विज्ञहरूले नीतिगत स्थायित्व, विश्वासको वातावरण र संस्थागत संयन्त्र निर्माण गर्न सके प्रवासी नेपालीको लगानी बढ्न सक्ने धारणा राखेका छन् ।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको विश्वस्त आधार बनाउँदै सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । विगतमा अस्थिर सरकारका कारण नीतिगत एकरुपतामा केही समस्या रहे पनि अब करिब दुई तिहाइसहितको सरकार आउन लागेकाले लगानीकर्तामा आत्मविश्वास जगाउन सबै एकजुट हुनुपर्ने भन्दै उहाँल लगानी सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।

    नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा जोड्ने विषयमा सोच्नुपर्ने बताउनुभयो । उहाँले लगानीका लागि सुरक्षित वातावरण, बजार र विश्वासको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अब राजनीतिक स्थिरताको वातावरण बनेकाले प्रवासी नेपालीसँग सहकार्य गरेर नीतिगत सुधारमार्फत लगानी भित्र्याउन निजी क्षेत्र तयार रहेको बताउनुभयो ।

    नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन एनआरएनको लगानी महत्वपूर्ण हुने धारणा राख्नुभयो । चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिँदै गैरआवासीय लगानीका लागि संस्थागत संयन्त्र आवश्यक भएको धारणा राख्नुभयो ।

    एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले भावी पुस्ताको भविष्यलाई ध्यानमा राख्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । यसैबीच, सम्मेलनअन्तर्गत आयोजित ‘दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व’ सत्रमा वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले संस्कृतिको संरक्षण पुस्तान्तरणबाट हुने भन्दै प्रवासमा रहेका नेपालीका सन्ततिलाई संस्कृति र भाषासँग जोड्नुपर्ने बताउनुभयो ।

    संस्कृतिविद् प्राडा वीणा पौडेलले भाषा, कला र चाडपर्वमार्फत संस्कृति जोगाउन सकिने उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले प्रवासमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न सांस्कृतिक पर्यटन प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले युवालाई नेपालसँग जोड्न भाषा शिक्षा, सांस्कृतिक कार्यक्रम र खेलकुदजस्ता गतिविधि उपयोगी हुने धारणा राख्नुभयो ।

    कार्यक्रममा विभिन्न वक्ताले प्रवासी नेपालीको लगानी, सीप र ज्ञानलाई नेपालको आर्थिक विकाससँग जोड्न नीतिगत सुधार र सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए ।

    Post Views: 140
    प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार ०६:१८
    Advertisement
    संबन्धित शिर्षकहरु
    ईरान अमेरिका सहमतिका १४ बुँदा
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    Advertisement
    ताजा अपडेट
    • १. ईरान अमेरिका सहमतिका १४ बुँदा

    • २. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ३. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.