• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ग्रीसमा सम्पन्न घुम्ती शिविरमा अतिरिक्त शुल्क असुलेको आरोप

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ९, बुधबार ०७:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ग्रिसमा भर्खर सम्पन्न राहदानी नवीकरण घुम्ती शिविरमा राजस्वबाहेक अन्य शुल्क असुलेको आरोप लागेपछि छानवीनको प्रक्रिया शुरु भएको छ । घुम्ती शिविरको व्यवस्थापनमा सक्रिय सहभागिता रहेको ग्रिस नेपाल फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनले राजस्वबाहेक संस्थाको सदस्य शुल्कको नाममा सेवाग्राहीबाट अतिरिक्त रकम उठाएको आरोप लागेको हो।
    अप्रिल २ देखि ग्रिसको मानोलादाको कोमेनित्सोताङ्का २७०५२ रोयल क्लब होटलमा सुरु भएको शिविरमा एसोसिएसनका पदाधिकारीले रकम उठाएको सेवाग्राहीहरूले बताए। एसोसिएसनको सदस्य भन्दै थमाएको सदस्यता ह्वाट्सएपमा पठाउँदै एक सेवाग्राहीले नेपालखबरसँग भने, ‘१० युरो नदिएसम्म भित्र पस्नै दिएनन्। यो गलत हो भन्ने थाहा हुँदाहुँदै तिर्न बाध्य भइयो।’

    एसोसिएसनले सदस्यता भनी दिएको कार्डमा नामलगायत कुनै व्यक्तिगत विवरण उल्लेख छैन। केवल सदस्यता नम्बर र एक पदाधिकारीको हस्ताक्षर मात्र छ। ‘देशबाट ठगिन सुरु गरेका केवल रेमिट्यान्सका मेसिन हामीलाई विदेशीले त छोडेनन्, आफूलाई नेपाली भन्नेले पनि बाँकी राखेनन्’, ती सेवाग्राही आक्रोशित बन्दै टेलिफोन सम्पर्कमा भने, ‘हाम्रो रकम फिर्ता होस्।’

    अतिरिक्त रकम लिएको विषयले गम्भीर रूप लिएपछि शिविरको तेस्रो दिन अस्ट्रियाको नेपाली राजदूतावासले राहदानी दस्तुरबाहेक अन्य कुनै प्रकारको रकम सेवाग्राहीबाट नलिने भएकोले कोहीरकसैले कुनै पनि बहानामा अतिरिक्त रकम माग गरेमा नदिन तथा सचेत हुन भन्दै सूचना सार्वजनिक गरेको थियो।

    राजदूतावासले सेवा प्रवाहको बखत कुनै रकम नउठाउन र यस्तो क्रियाकलाप गैरकानुनी हुने जानकारी गराउँदै २६ मार्च २०२६ को सूचनामार्फत सचेत गराएको अस्ट्रियाको नेपाली राजदूतावासका नियोग उपप्रमुख लेखनाथ गौतमले बताएका छन।

    शिविरको लागि अनलाइन फारम भर्ने स्लट खोलेको बखत रकम उठाएको बारे सेवाग्राहीहरूबाट राजदूतावासको फेसबुक पेजमा कमेन्ट आएपछि उक्त सूचनामार्फत सचेत गराइएको उनको भनाइ छ। ‘सेवाग्राहीबाट रकम उठाएको दूतावासको जानकारीमा आएपछि कडाइका साथ रकम नउठाउन चेतावनी दिएको र यस्तो कार्य रोक्न राजदूतावासका प्रतिनिधिहरूले पटक पटक सचेत गराएका थियौँ,’ उपप्रमुख गौतमले नेपालखबरसँग भने, ‘यो दण्डनीय काम हो।’

    ग्रिसमा रहेका नेपालीमध्ये ७५ प्रतिशतभन्दा बढी अवैधानिक रहेका र धेरै नेपालीको आफ्नो बैङ्क खातासमेत छैन। ग्रिसमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको राहदानी नवीकरणमा भएको ढिलाइलगायत अन्य समस्या समेटेर नेपालखबरले भिडियोसहितको स्टोरी प्रकाशन गरेको थियो।

    Post Views: 103
    प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार ०७:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • २. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ३. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ४. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.