• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख १४, सोमबार ०३:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यतिखेर अमेरिकी सरकारले गंभीर अपराधिक घटनामा संलग्न पाइएका आप्रवासी नागरिकहरुको पनि नागरिकता खारेजी अभियान शुरु गरिएको छ । अमेरिकामा नागरिकता खारेज प्रक्रिया कडा कानुनी मापदण्डअन्तर्गत मात्र लागू हुने व्यवस्था रहेको छ। अमेरिकी न्या विभागका अनुसार विशेष अवस्थामा मात्र अदालतमार्फत नागरिकता खोस्न सकिने प्रावधान छ। अन्यथा नागकिता खोस्ने कार्य अमेरिकी कानुनमा निकै जटिल मानिनेछ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासन नीतिलाई थप कडा बनाउँदै देशमा बसोबास गरिरहेका विदेशी मूलका कम्तीमा ३०० जना अमेरिकी नागरिकहरूको नागरिकता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।

    अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसको स्रोतहरूका अनुसार नागरिकता प्राप्त गर्ने क्रममा व्यक्तिगत विवरण ढाँटिएको, झुटा कागजात पेश गरिएको वा जालसाजी गरिएको आशंकामा ती व्यक्तिहरूमाथि विस्तृत अनुसन्धान सुरु गरिएको हो। प्रारम्भिक छानबिनपछि उनीहरूको फाइलहरू पुनः मूल्याङ्कन गर्ने काम भइरहेको बताइएको छ।

    अधिकारीहरूका अनुसार नागरिकता खारेजी मुख्यतः प्राकृतिककरण प्रक्रियामा धोखाधडी वा गलत विवरण पेश गर्ने व्यक्तिहरूमा लक्षित हुन्छ। नागरिकता प्राप्त गर्दा आफ्नो आपराधिक पृष्ठभूमि, पहिचान वा अन्य महत्वपूर्ण विवरण लुकाएको प्रमाणित भएमा मात्र यस्तो कारबाही हुन सक्ने प्रावधान छ । यसैगरी, आप्रवासन ठगी—जस्तै नक्कली कागजात प्रयोग, झुटा विवाहमार्फत स्थायी बसोबास ग्रीन कार्ड प्राप्त गर्ने र पछि नागरिकता लिने—मुद्दामा पनि नागरिकता खारेज हुन सक्ने जनाइएको छ।

    गम्भीर अपराध, आतंकवाद, वा मानवअधिकार उल्लङ्घनसँग सम्बन्धित गतिविधिमा संलग्नता लुकाएर नागरिकता लिएको पाइएमा पनि सम्बन्धित व्यक्तिहरू कारबाहीको दायरामा पर्छन्। अमेरिकी अधिकारीहरूले सैन्य सेवासम्बन्धी झुटो दाबी गरेर नागरिकता लिने घटनाहरूलाई पनि अनुसन्धानको विषय बनाइएको बताएका छन्। कानुनविद्हरूका अनुसार जन्मसिद्ध नागरिकता भने सामान्यतः खारेज हुँदैन। नागरिकता खारेज गर्न अदालतको अन्तिम निर्णय आवश्यक हुने र आरोपित व्यक्तिलाई आफ्नो पक्षमा कानुनी बचाउ गर्ने अधिकार रहने व्यवस्था छ। मानवअधिकारकर्मीहरूले भने यस्तो प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्नेमा जोड दिएका छन्।

    पछिल्लो समय शुरु भएको नागरिकता खारेजीका कदमहरूले आप्रवासी समुदायमा डर उत्पन्न गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। यस विषयले अमेरिकामा आप्रवासन नीति र कानुनी प्रक्रियाबारे व्यापक बहसलाई पुनः सतहमा ल्याएको छ। यसो हा भने अमेरिकी नागरिकता खारेजी कस्ता व्यक्तिहरू परे कारबाहीको दायरामा आउनेछन त्यो पनि जान्नु जरुरी छ । खासगरी अमेरिकामा रहेका आप्रवासीहरुले यो विषयमा जानकार रहनु आवश्यक छ ।

    Post Views: 206
    प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार ०३:३५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.