• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख २९, मंगलवार ०८:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनेका छन्, ‘हामी शत्रुसामु कहिल्यै झुक्दैनौं र यदि वार्ता वा संवादको कुरा हुन्छ भने यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन ।’न्युयोर्क — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो शान्ति प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गरेपछि स्ट्रेट अफ हर्मुजमा थप हिंसा हुने र तेल आपूर्तिमा अवरोध उत्पन्न हुने सम्भावना बढेको छ ।

    यस हप्ता चीनको भ्रमणमा जान लागेका राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणलाई सम्भवतः इरान युद्धको अन्त्यका प्रयासका लागि केन्द्रित गर्ने देखिएको छ। उनले भने, ‘मैले भर्खरै इरानका तथाकथित ‘प्रतिनिधिहरू’ को प्रतिक्रिया पढेको छु। मलाई यो मन परेन । यो पूर्ण रूपमा अस्वीकार्य छ ।’

    इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनेका छन्, ‘हामी शत्रुसामु कहिल्यै झुक्दैनौं र यदि वार्ता वा संवादको कुरा हुन्छ भने यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन ।’

    ‘अमेरिकी राष्ट्रपति ट्रम्पले यी प्रतिमागहरूलाई तत्काल अस्वीकार गर्नुले दुवै पक्षबीचको फराकिलो खाडललाई दर्शाउँछ र यसले तनावलाई तीव्र गतिमा कम गर्नुको सट्टा दीर्घकालीन अनिश्चितताको जोखिमतर्फ लाने सङ्केत गर्दछ,’ जापानी बैङ्क एमयुएफजीका लोयड चानले भने । तेल बजारका लागि, यसले निरन्तर भू–राजनीतिक जोखिमको सम्भावनाको सङ्केत गर्दछ किनकि अब हर्मुजमा अवरोधहरू बढ्दै जानेछन्,’ चानले थपे ।

    जापनस्थित इन्धन बजार विश्लेषकहरूले भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिको भनाइ सार्वजनिक भएसँगै  निक्केई ०.४ प्रतिशत र ह्याङ सेङ ०.३४ प्रतिशतले घटेको थियो तर सियोलको कोप्सी चार प्रतिशतले बढेको थियो ।’

    टोकियोमा विशाल जापानी गेमिङ कम्पनीले शुक्रबार यस वर्ष कम नाफा कमाउने चेतावनी दिएपछि निन्टेन्डोको सेयरमा लगभग १० प्रतिशतले गिरावट आएको छ ।

    यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि तयारी गर्न चीन जानुअघि जापान र दक्षिण कोरिया भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    जापानमा बेसेन्टले मङ्गलबार प्रधानमन्त्री साने ताकाइचीलाई भेट्ने तयारी गरेका छन् । टोकियोले येनलाई सहयोग गर्न हालै बजार हस्तक्षेपको रिपोर्ट गरेको छ। सोलमा उनले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने बताएका छन् ।

    ‘आर्थिक सुरक्षा राष्ट्रिय सुरक्षा हो,’ बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । वासिङ्टन र बेइजिङले एक वर्षअघि एक अर्काको निर्यातमा व्यापक करवृद्धि गरेका थिए भने ट्रम्प र सीबीच अक्टोबरमा दक्षिण कोरियामा एक वर्ष लामो व्यापार युद्धविरामका लागि सहमति भएको थियो ।

    रासस/एपी

    Post Views: 8
    प्रकाशित मिति: २०८३ बैशाख २९, मंगलवार ०८:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !
    बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    • २. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • ३. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ४. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ५. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.