• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ८, शुक्रबार ०७:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पानमा हुमेक्सिकोबाट अमेरिका जान हिडेका हजारौं आप्रवासी यतिखेर मेक्सिकोको विभिन्न शहरहरुमा बस्न बाध्य भएका छन । अमेरिकी सीमा नीतिमा आएको कडाइ, मेक्सिको सरकारले बढाएको निगरानी तथा आश्रय प्रक्रियामा भइरहेको ढिलाइका कारण आप्रवासीहरूको अवस्था झन् जटिल बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

    विशेषगरी दक्षिण अमेरिकी तथा मध्य अमेरिकी देशहरूबाट आएका आप्रवासीहरू अमेरिका पुग्ने उद्देश्यले मेक्सिको प्रवेश गरे पनि सीमामा कडा सुरक्षा व्यवस्था भएपछि उनीहरू विभिन्न सीमावर्ती शहरहरूमा अस्थायी बसोबास गरी रहेको बताइएको छ । कतिपय विदेशी सन्चार माध्यमहरुमा उल्लेख गरिएका समाचार अनुसार धेरै जसो आप्रवासीहरु अमेरिकामा अनुकुल अवस्था नआएसम्म मेक्सिकोमा नै अस्थायी रुपमा बस्ने र अमेरिकामा अनुकुल भएपछि अमेरिका प्रबेश गर्ने बताउने गरेका छन ।
    अमेरिकाले पछिल्ला वर्षहरूमा दक्षिणी सीमामा सुरक्षा बलको उपस्थिति बढाउनुका साथै कागजातविहीन आप्रवासीलाई तत्काल फिर्ता पठाउने नीति लागू गरेपछि पनि सजिलै अमेरिका प्रबेश गर्न हिच्किचाउन थालेका छन ।

    अमेरिकामा आश्रय माग्ने प्रक्रियासमेत कठिन बनाइएकाले धेरै मानिस अमेरिकी सीमासम्म पुगेपछि पनि प्रवेश अनुमति नपाएर मेक्सिकोमै बस्न बाध्य भएका छन्। यसैबीच, अमेरिकाको दबाबपछि मेक्सिको सरकारले पनि आफ्ना दक्षिणी सीमामा निगरानी बढाएको छ। राष्ट्रिय गार्ड परिचालन, आप्रवासी बोक्ने सवारी साधनमा जाँच तथा कागजात नभएकाहरूलाई नियन्त्रणमा लिने अभियान तीव्र बनाइएको छ।

    विशेषगरी अमेरिका नजिकका देशका नागरिकहरू ठूलो संख्यामा प्रभावित भएका छन्। ती देशहरूमा बढ्दो आर्थिक संकट, बेरोजगारी, हिंसा तथा राजनीतिक अस्थिरताका कारण मानिसहरू अमेरिका पलायन हुन खोजिरहेका छन्। अमेरिकाले सीमामा डिजिटल अपोइन्टमेन्ट प्रणाली लागू गरेपछि पनि समस्या बढेको बताइएको छ। सीमित संख्यामा मात्र आवेदन स्वीकृत हुने भएकाले हजारौं आप्रवासीहरू पालो कुर्दै मेक्सिकोका विभिन्न शहरमा बसिरहेका छन्।

    मानव अधिकारकर्मीहरूले मेक्सिकोमा रोकिएका आप्रवासीहरू अपहरण, लुटपाट, मानव तस्करी तथा यौन हिंसाको जोखिममा रहेको चेतावनी दिएका छन्। सीमावर्ती क्षेत्रमा अस्थायी शिविरहरूमा बसोबास गर्नेहरूको संख्या बढ्दै गएको बताइएको छ। विश्लेषकहरूका अनुसार अमेरिकी आप्रवासन नीतिको कडाइ र मेक्सिकोमाथिको राजनीतिक दबाब आगामी दिनमा अझ बढ्न सक्ने भएकाले सीमा क्षेत्रमा मानवीय संकट थप गहिरिन सक्ने देखिएको छ।

    Post Views: 204
    प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार ०७:२६
    Advertisement
    संबन्धित शिर्षकहरु
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व
    इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट
    Advertisement
    ताजा अपडेट
    • १. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • २. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ३. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.