• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा दुई नेपाली बिधार्थीको कार दुर्घटनामा निधन

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ३१, आईतवार ०६:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    क्यानाडाको अन्टारियोस्थित एउटा हाइवेमा गुडिरहेको कार दुर्घटनामा परी त्यसमा आगो लाग्दा दुई जना नेपाली विद्यार्थीको ज्यान गएको प्रारम्भिक सूचना प्राप्त भएको छ। यो हिजो उज्यालो नहुँदैको घटना हो। अन्टारियो प्रहरीलाई उद्यृत गर्दै क्यानेडियन सञ्चारमाध्यमहरुले जनाएअनुसार, हाइवे ४०० मा जुन ११ तारिख बिहीबार बिहानका राती भएको दुर्घटनामा एक युवती र अर्का युवकको ज्यान गुमेको हो।

    दुर्घटना भएको स्थान सिक्स माइल लेक प्रादेशिक पार्कको ठीक उत्तर र मस्कोका रोड ३८ भन्दा केही दक्षिणमा पर्छ। यो क्षेत्र ब्यारीभन्दा झन्डै ७५ तथा टोरन्टोबाट १६० किलोमिटर उत्तरमा पर्छ। गुडिरहेको कार दुर्घटनामा परेपछि आगो लाग्दा त्यसमा सवार ती युवती र युवकको घटनास्थलमै ज्यान गएको अन्टारियो प्रहरीलाई उद्यृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
    उनीहरु टोरन्टोबाट थन्डर वे फर्किनेक्रममा दुर्घटनामा परेका थिए। विद्यार्थी भिसामा क्यानाडा आएर टोरन्टोस्थित फ्लेमिङ् कलेजमा अध्ययन पूरा गरेका उनीहरु काम र अरु अवसर खोजीमा थन्डर वे बस्दै आएका थिए। फ्लेमिङ् कलेजमा जुन ९ र १० तारिखमा दीक्षान्त समारोह थियो। त्यसमा सहभागी भइ फर्किनेक्रममा उनीहरु सवार कार दुर्घटनामा परेको बुझिएको छ। दुई नेपाली विद्यार्थीको ज्यान गुमेको यो दुर्घटनाबारे गैर आवासीय नेपाली संघ ९ एनआरएनए क्यानाडा० लाई जानकारी भइसकेको छ।

    एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटाले युवतीको शव नेपाल पठाउनेबारे प्रारम्भिक कुरा चलिरहेको ुनेपाल टचुलाई जानकारी दिए। युवक पक्षका अभिभावक भने स्वयं टोरन्टो आएर घटनाबारे बुझिरहेको सूचना पाएको सापकोटाले बताए। काठमाडौंबाट अभिभावक र आफन्तले सम्पर्क गरेर युवतीको शव उतै पठाइदिन आग्रह गर्नुभएको छ, अध्यक्ष सापकोटाले भने, यसका लागि थुप्रै प्रक्रिया, समय र खर्च लाग्छ। त्यसका लागि काम गर्न सुरु गरेका छौं।

    उनीहरुको शव टोरन्टोस्थित एउटा अस्पतालमा राखिएको छ। सउदर्न जर्जियन बे ओपिपीका अनुसार, जुन ११ बिहीबार बिहान ३ बजेपछि हाइवे ४०० को उत्तरतर्फ जाने लेनमा एउटा एसयुभी दुर्घटनामा परी आगो लागेको आकस्मिक सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचना पाउनसाथ उद्धार टोली र प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीका अनुसार कारमा सवार दुवै जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो। दुर्घटनाको गम्भीरतालाई हेर्दै ओपिपीको ट्राफिक युनिटले घटनास्थलमा प्राविधिकहरू खटाएर विस्तृत अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका लागि राजमार्ग ४०० को ह्वाइट फल्स रोड र मस्कोका रोड ३८ बीचको खण्ड धेरै घण्टासम्म पूर्ण रूपमा बन्द गरिएको थियो। अहिले पूर्ण रूपमा पुनः सञ्चालनमा आइसकेको छ। source nepaltouch online

    Post Views: 12
    प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार ०६:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क
    अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडामा दुई नेपाली बिधार्थीको कार दुर्घटनामा निधन

    • २. विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क

    • ३. अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने

    • ४. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • ५. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    चर्चित
    • १. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • २. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ३. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • ४. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ५. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.