• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

  •  खबरमाला संवाददाता
  • २०८३ असार २३, मंगलवार ०७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल कृषि अनुसन्धान परिषद् नार्कले अध्ययनका लागि भन्दै बिदेसिएका १८ जनालाई जागिरबाट निलम्बन गरी हटाइसकेको छ। थप २५ जना वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। नार्कले यसै साता राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिक १० तहका नमीता भट्टराई र कृषि अनुसन्धान निर्देशनालय, सुनसरीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको बताइएको छ ।

    नार्कका प्रवक्ता डा भानुभक्त पोखरेलका अनुसार भट्टराई र जोशी अध्ययन बिदामा बिदेसिएको ५ वर्ष पूरा भइसकेको छ। तर, नफर्किएपछि सेवाबाट हटाउने निर्णय गरिएको पोखरेलले बताए। विदेश अध्ययनका लागि वैज्ञानिकलाई सुरुमा ३ वर्ष बिदा दिइन्छ। तर, भट्टराई र जोशीले अध्ययनका लागि थप गरी ५ वर्षको बिदा लिएर गएका थिए। बिदामा जाने मनपरी विदेश बस्ने अनि तलव पनि खाई रहनेहरुलाई सरकारले हटाएको हो । अध्ययन पूरा गरे पनि स्वदेश नफर्केपछि उनीहरूलाई सेवाबाट हटाउने निर्णय भएको पोखरेलले जानकारी दिए। पोखरेलले भने, ‘समयभित्र नआएपछि सेवाबाट हटाउने गरेका छौं। उनीहरूले खाएको तलब फिर्ता गर्नुपर्ने हुन्छ।’ जोशी अध्ययनको सिलसिलामा अमेरिका गएकी थिइन्।

    पोखरेलले भने, ‘अध्ययनका लागि बिदेसिएर सम्पर्कमा नआएका १८ जना कर्मचारीलाई सेवाबाट हटाइसकेको छ। थप २५ जनालाई हटाउने प्रक्रिया अघि बढेको छ।’ अध्ययनका क्रममा बिदामा बसेको समय अर्को कर्मचारी राख्न मिल्दैन। कर्मचारी रिक्त हुँदा काममा पनि अवरोध हुन्छ । त्यसैले त्यस्ता कर्मचारीलाई हटाउनुपर्ने अवस्था आउँछ। पोखरेलका अनुसार अध्ययन गर्न विदेश गएपछि उनीहरूले प्रत्येक ६ महिनामा रिपोर्ट पठाउनुपर्ने हुन्छ। ६ महिनामा रिपोर्ट नपठाएमा उनीहरूको तलब काटिन्छ । उनीहरूले आफैंले रिपोर्ट नपठाएमा उनीहरूलाई पढाउने प्रोफेसरलाई सम्पर्क गर्ने गरिन्छ। त्यसपछि अखबारमा सूचना प्रकाशित गरेर सम्पर्कमा आउन आह्वान गरिन्छ। त्यति गर्दा पनि सम्पर्कमा नआउने कर्मचारीहरूलाई सेवाबाट हटाइने गरेको नार्कले जनाएको छ।

    समाचार अनुसार कतिपय वैज्ञानिकहरू अध्ययनका क्रममा जाने र घरपरिवारलाई आफैंसँग लगेर उतै पढाउने गर्छन्। कतिपयले घरपरिवार पनि उतै सेटल गर्ने गर्छन्। अध्ययन सकेपछि विश्वविद्यालयहरूले कामका लागि प्रस्ताव गर्छन्। त्यसैकारण पनि उनीहरू फर्किएर आउँदैनन्। विदेशमा नै अध्ययन, तालिम र अनुसन्धानपछि उनीहरूले अब्बल भइसकेका हुन्छन् र उतै राख्न खोज्छन्। त्यसैले पनि फर्किँदैनन्। त्यसका लागि राज्यले लगानी गरेर वैज्ञानिकहरूका लागि राम्रो वातावरण बनाउन खोजिरहेको उनले बताए। नार्कले पनि राम्रो अवसरका लागि पहल गरिरहेको छ । यसरी दिेश गएर सरकारी तलव खानेहरु सरकारी जागिरेदेखि सरकारी कोटाबाट स्कलरसिप पाएकाहरु पनि छन ।

    सरकारले पछिल्लो समय केहि सरकारी कर्मचारीहरुमाथी विदेशी पिआर लिनेहरुको शुक्ष्म तरिकाले छानवीन गरी रहेको छ । केहि सांसदहरु पनि विदेशी पिआर रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र शसक्त आवाज उठ्न थालेको छ ।

    Post Views: 22
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार ०७:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.